२४ जेष्ठ २०८३, आईतवार
,
Latest
शैक्षिक परामर्श क्षेत्रलाई राज्यले नै अपराधीकरण गर्न खोज्योः इक्यान अध्यक्ष पौडेल स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री धुर्मुसलाई साथ दिन र न्याय खोज्नमा सहयोग गर्न कुञ्जना घिमिरेको आग्रह रास्वपाको महाधिवेशनमा गोरखामा सांसद सुधन गुरुङको सहभागिता बाथरोगबाट बच्न सचेतना र शीघ्र उपचारमा जोड टीकापुरमा अन्तर–व्यवस्थापिका मञ्च सम्पन्न, ‘डिजिटल पार्लियामेन्ट’ विकाससहित नौबुँदे सन्देशपत्र जारी कमला पुल १५ वर्षदेखि अधुरै, मन्त्रीको निरीक्षणपछि पनि स्थानीयकाे असन्तुष्टि कायम रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता
तपाईं के खोज्दै हुनुहुन्छ ?

विद्या भण्डारीलाई अध्यक्ष बनाउन सकिँदैनः ओली



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टीको अध्यक्ष बनाउन नसकिने स्पष्ट पार्नुभएको छ ।

काठमाडौं जिल्लाबाट प्रतिनिधित्व गर्ने महाधिवेशन प्रतिनिधिहरुसँगको अनौपचारिक छलफलका क्रममा बोल्दै नेकपा एमाले अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री ओलीले यस्तो बताउनुभएको हो ।

उहाँले राष्ट्रपति भइसकेको व्यक्तिको सम्मानका लागि पनि फर्किएर आएर उम्मेदवार बन्ने र बनउने गल्ती गर्न नहुने बताउनु भयो । उहाँले महाधिवेशनमा जित्दा धेरै राम्रो भएपनि जित्ने आधार नरहेको तर्क गर्नुभयो । महाधिवेशनमा हारेपछि भीम रावलको तरिकाबाट असन्तुष्ट हुने, खाँबो चिथोर्ने काम गर्न शुरु गर्ने बताउनु भयो । पछि पार्टीले स्पष्टीकरण सोध्दा राष्ट्रपति भइसकेको सम्मानित व्यक्तिलाई स्पष्टीकरण सोध्नुपर्ने ठाउँमा पुग्नु नहुने उहाँको भनाइ छ ।

प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘उहाँको सम्मानका लागि हामी सबैले, उहाँलाई फर्किएर आएर उम्मेदवार बन्ने, बनाउने गल्ती नगरौँ । उहाँ आएर महाधिवेशनमा ल जित्नुभयो भने त बहुत राम्रो । तर जित्ने स्थिति छ, हुन्छ जित्ने स्थिति ? अनि उहाँ आएर चुनाव हार्ने र भीम रावलको तरिकाले चुनाव हार्ने असन्तुष्ट हुने अनि खाँबो चिथोर्ने बस्ने अलिक समय । पार्टीले स्पष्टीकरण सोध्नुपर्छ । एउटा राष्ट्रपति भइसकेको सम्मानित व्यक्तिलाई स्पष्टीकरण सोध्नुपर्ने ठाउँमा पु¥याउने ? अहिले उहाँको सदस्यता छैन, हामी स्पष्टीकरण सोध्दैनौँ । बरु यही ठिक छ नि । उहाँलाई स्पष्टीकरण सोध्ने र कारबाही गर्ने बिन्दुमा पार्टी पुग्यो भने कति नराम्रो सुनिन्छि, कति नराम्रो देखिन्छ । हारेर कुनै पनि पोजिसनमा नहुँदा केन्द्रिय कमिटीमा हार्नुभयो भने के हुन्छ ? उहाँ केन्द्रिय कमिटीको सदस्य भएर बस्नुभयो भने के हुन्छ ? उहाँलाई अध्यक्ष दिन सकिँदैन । उहाँ चुनाव लड्नुभयो भने हार्नुहुन्छ । नराम्ररी हार्नुहुन्छ । उहाँ हार्नुपर्छ पार्टीको आफ्नो हितको लागि छ । लालगेडी भएर त चल्दैन नि । यो त संघर्षको मैदान हो नि । सबैको आँखामा हाल्दा नबिझाउने लालगेडी भएर चल्छ, आन्दोलन ?’

प्रधानमन्त्री ओलीले संघर्षको मैदानमा सबैको आँखामा हाल्दा नबिझाउने लालगेडी भएर आन्दोलन नचल्ने टिप्पणी गर्नुभयो ।