१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित News Polar गाउँमै रोजगारीको बाटो खोज्दै भोजपुरका युवा News Polar तनहुँमा चैते धान प्रवर्द्धन गरिँदै News Polar रेलेखोलाको बाँधमा बाढी, विद्युत् उत्पादन बन्द   News Polar म्याग्दीमा प्रसारण लाइन मर्मत सुरु News Polar तटबन्धले जोगायो गैँडाकोटको बस्ती News Polar नेपाली क्रिकेट टोली जापानबाट स्वदेश फिर्ता News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कालीगण्डकीको भेलले बगाएको फर्सेवासीको सपना News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar गोकर्णेश्वर–४ का महाधिवेशन प्रतिनिधि उम्मेदवार श्रेष्ठद्वारा कांग्रेसको निर्वाचन प्रक्रिया छानबिन गर्न माग News Polar पोर्चुगलमा एनआरएनए राष्ट्रिय समन्वय परिषद्को कार्यालय सञ्चालनमा आउने News Polar कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशनः तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न News Polar बाँध भत्किएपछि जलेश्वर जलमग्न News Polar भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय समितिको कार्यविधि पारित News Polar कोरला सडक अवरुद्ध हुँदा भन्सारमा १५० बढी कन्टेनर रोकिए News Polar ३५ वर्षीया युवा महिला नेतृ बसन्ती भाट कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्विरोध News Polar नेपाल टेलिकमले ल्यायो भर्चुअल सेट–टप बक्स News Polar नापी कार्यालय कलङ्कीका सर्भेक्षक श्रेष्ठविरुद्ध चार करोड ७४ लाखको बिगोसहित आरोपपत्र News Polar क्यान-११ सँग भुटानको राष्ट्रिय क्रिकेट टोली पराजित

नेकपामा नयाँ विवाद

नेकपामा नयाँ विवाद
अ अ+ अ-

काठमाडौं । सत्तासीन दलभित्र मत्थर भएको भनिएको विवाद पुनः नयाँ सिराबाट बल्झिएको छ। बिहीबारलाई तय भएको पार्टी स्थायी समिति बैठक राख्ने/नराख्ने विषयमा सचिवालयभित्र विवाद भएपछि प्रधानमन्त्री केपी ओली बैठक छाडेर बाहिरिएका थिए। यसले नेकपाभित्रको विवाद पुनः उत्कर्षमा जाने देखिएको छ। निर्धारित समयभन्दा आधा घण्टापछि बैठक कक्षमा प्रवेश गरेका प्रधानमन्त्री ओलीले बैठकको अध्यक्षता गर्दै स्थायी समिति बैठक रोक्नेबारे छलफल गर्न चाहेका थिए। ‘संसद्को अधिवेशन बोलाइएको छ, सरकारको नीति तथा कार्यक्रम र बजेटको तयारी गर्नुपर्नेछ। कोरोनाविरुद्धको लडाईंलाई अझै प्रभावकारी बनाउनु पर्नेछ’, सचिवालयका एक सदस्यले प्रधानमन्त्री ओलीलाई उद्धृत गर्दै भने, ‘अहिलेका प्राथमिकता यी हुन्। पार्टी एकतालाई मजबुत बनाउने र मिलेर जाने कुरा भएकै छ, साथीहरूले अहिलेको अवस्थामा सरकारको बाध्यता बुझिदिनुपर्छ। बैठक बस्ने कुरा रामै्र हो।’

बैठकमा ओलीले भनेका थिए, ‘अहिले प्रस्ताव बनाउने साथीहरूले तयार गरेर भ्याउनु पनि भएको छैन। पहिले प्रस्ताव तयार होस्, त्यसपछि सचिवालयमा छलफल गरौं, त्यसपछि स्थायी समितिमा जाऔंला।’ प्रधानमन्त्रीले कोरोना वाहेक अन्य विषयमा अहिले जानु नै बेकार हुने भन्दै प्राथमिकताका सूचीका आधारमा राजनीतिक दल आगाडि जानुपर्ने मत बैठकमा राखेका थिए। स्थायी समिति बैठक पछि धकेल्ने प्रधानमन्त्रीको प्रस्तावपछि सचिवालय बैठकमा विवाद बढेको एक सचिवालय सदस्यले जानकारी दिए। प्रधानमन्त्रीको त्यस्तो प्रस्तावमा अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेताद्वय माधव नेपाल, झलनाथ खनालले विरोध जनाएका थिए।

‘विधि प्रक्रिया अनुसार चल्ने भन्ने, बैठक पनि छल्न खोज्ने रु प्रस्तावमा छलफलमा जान नचाहने अनि कसरी हुन्छ ? २० गतेको सचिवालयको निर्णयको मर्म अनुसार एजेण्डा तय गरौं, प्रस्ताव त्यही अनुसार बनाऔं, स्थायी समिति बैठकमा छलफलमा जाऔं,’ दाहाल र नेपालले प्रधानमन्त्री ओलीको प्रस्तावमा असहमति जनाउँदै भनेका थिए। नेताहरूले बैठकमै जोड गरेपछि प्रधानमन्त्रीले बैठकमा फेरि थपे, ‘सहमति अनुसार जाने हो भने फेरि किन तपाईंहरूले मेराविरुद्ध गुटबन्दी गर्दै हिँडेको ? बाहिर गुट भेला गर्दै हिँड्ने। यसरी पार्टी चल्छ, अहिले ध्यान केमा दिने ? संसद्मा नीति तथा कार्यक्रम र बजेटमा की अन्य विषयमा रु अहिले मलाई दौडधुप पनि छ। जिउ पनि दुखेको छ, आराम गर्छु। तपाईंहरू बस्दै गर्नुस्।’

निस्किएपछि फर्केनन् ओली

प्रधानमन्त्रीले स्थायी समिति बैठकमा पेश गर्ने प्रस्ताव तयार भएपछि सचिवालयमा छलफल गरी स्थायी समिति बैठक राख्न सकिने धारणा राखेको जानकारी महासचिव विष्णु पौडेलले दिए। ‘प्रस्ताव तयार गरेर बोलाऔं भन्ने प्रधानमन्त्रीको कुरा थियो। उहाँले आफ्नो कुरा राखिसकेपछि म अलिकति आराम गर्छु, बैठक सञ्चालन गर्नुस् भनेर निस्कनु भएको हो’, पौडेलले भने। सचिवालयका बहुमत सदस्यले प्रधानमन्त्री आरम गर्न भन्दै बैठक कक्षबाट निस्केपछि सहमतिका आधारमा मात्र बैठक बस्नुपर्ने मत राखेका थिए। उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, वामदेव गौतम र पौडेललगायत नेताले प्रधानमन्त्रीसँगै सल्लाह गरी बैठकमा जानु पर्ने बताए। उनीहरूकै मतमा अध्यक्ष दाहाल, वरिष्ठ नेता खनाल र नेपालले पनि सहमति जनाए।

‘अब तपाईहरू दुई अध्यक्ष छलफल गर्नुहोस्, सल्लाह गर्नुहोस् अनि हामीलाई खबर गर्नुहोला’, महासचिव पौडेले आफूले राखेको विषयबारे जानकारी दिए। ‘स्थायी समिति सदस्यले बैठक बोलाउन माग गरेको सन्दर्भलाई ध्यान दिएर २० गतेको सचिवालयको मर्म अनुरूप प्रक्रियाका सन्र्दभमा दुई अध्यक्ष कमरेडले अझै गृहकार्य गर्न बाँकी रहेको जानकारी बैठकलाई गराइयो। दुई अध्यक्षलाई कार्यसूची र बैठकका विषयमा निर्णय लिन जिम्मा दिइएको थियो’, पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठकपछि भने।

त्यसपछि ओली–दाहालले गरेको छलफलले बिहीबार बिहान ११ बजेका लागि तय भएको स्थायी समिति बैठक स्थगित गर्ने निर्णय लिएका थिए। अब प्रस्ताव तयार पारेर सचिवालयमा छलफल गरेपछि मात्र स्थायी समिति बैठक बस्नेछ। प्रधानमन्त्री ओलीले गत वैशाख ८ गते ल्याएको अध्यादेश प्रकरणपछि नेकपाका स्थायी समिति सदस्यले बैठकको माग गर्दै अध्यक्षद्वयलाई लिखित पत्र बुझाएका थिए। सोही आधारमा २० वैशाखको सचिवालयले बिहीबारका लागि स्थायी समितिको बैठकको मिति तय गरेको थियो। तर यो बैठक अनिश्चितकालका लागि स्थगित भएको छ। अन्नपुर्णपोष्ट दैनिक