२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
हिमालय एयरलाइन्सद्वारा काठमाडौँ–शेन्जेन सिधा उडान सुरु अभिनेता हमालले भने: ‘सीमापार अतिक्रमण’ र ‘राज्य–प्रायोजित भू–अतिक्रमण’ अलग विषय हाे निजी क्षेत्र बिना १० वर्षमा ३० हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य पूरा गर्न असम्भवः गणेश… कानून बनाएर मात्र न्यायधीशहरूको सम्पत्ति छानविन गरिनुपर्छ,नत्र प्रत्युत्पादक हुन्छः पूर्वप्रधानन्यायाधीश पराजुली प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियोः पूर्वप्रधानमन्त्री कार्की जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन आत्मसमीक्षा आवश्यक छ: महासचिव पोखरेल घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा
तपाईं के खोज्दै हुनुहुन्छ ?

रेशमप्रति रञ्जिताको कटाक्ष : गीतले होइन, जनताको विश्वासले जित भएको हो



अ+ अ-

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ र संरक्षक रेशम चौधरीबीचको मनमुटाव अझै साम्य भएको छैन । दुवै जना श्रीमान–श्रीमती भए पछि एकले अर्कोमाथि आक्षेप लगाउन र खण्डन गर्न माहिर मानिन्छन् । सामाजिक सञ्जालमा उनीहरुबीचको जुहारी चलिरहेको हुन्छ ।

चौधरीले भनेको एउटा विषयलाई लिएर श्रेष्ठले कटाक्ष गरेकी छन् । एक कार्यक्रममा रेशम चौधरीले आफूले बनाएको ‘बाबा तुहार छोरा जेलम्परलवा’ बोलको गीतकै कारण १६ सांसद जितेको दाबी गरेका थिए ।

कारागारमा पार्टी स्थापना गरेको, निर्वाचनका लागि पैसा नभएपछि गीत तयार गरेर सांसद जिताएको उनको भनाइ थियो । ‘थारु कलाकार बैनीहरूलाई बोलाएँ । गीत रेकर्ड गरेँ । गाउन पठाएँ । कसैले केही प्रचार गर्नु परेन । मात्र त्यही गीत बजाइदिँदा यत्रो जनताको विश्वास र भरोसाले १६ सांसदले चुनाव जिते,’ रेशमले भनेका थिए ।

पार्टी अध्यक्ष रञ्जिताले भने त्यसको खण्डन गरेकी छन् । उनले गीतकै आधारमा पार्टीले सिट नजितेको बताएकी छन् ।

रञ्जिताले सामाजिक सञ्जालमा लेखेकी छन्–

२०७२ सालको पीडादायी घटनापछि थारु समुदायले अपार घाउ बोकेका छन्। निर्दोष दाजुभाइ र दिदीबहिनीहरू जेलमा थुनिनु, विस्थापित हुनु, घर–परिवार टुट्नु—यी पीडाहरू अझै पनि ताजा छन्। यस्ता संवेदनशील घटनालाई हल्का पार्ने शैलीमा प्रस्तुत गर्नु केवल पीडित परिवारलाई होइन, सम्पूर्ण थारु समाजलाई आहत पार्ने कुरा हो ।

आज हामीले १६ सांसद जित्नु कुनै ‘गीत बजाएर’ वा क्षणिक मनोरञ्जनको कारण होइन। यो त थारु समुदायको साहस, आँसु, बलिदान र राजनीतिक चेतनाको प्रतिफल हो। यससँगै, हाम्रो प्रत्येक कार्यकर्ता साथीहरूको अथक परिश्रम र निरन्तर समर्पणले यो सम्भव भएको हो। म सबै कार्यकर्तालाई हृदयदेखि आभार व्यक्त गर्दछु ।

यस जितमा केवल थारु मात्र होइन, पहाडी समुदायको पनि विश्वास, साथ र आशीर्वाद जोडिएको छ। थारु र पहाडी दुवैलाई समान रूपमा धन्यवाद छ—हामी सबै मिलेर अघि बढ्ने साझेदार हौँ। हामी भाइ–भाइ हौँ। जातीयता भडकाउने हरेक प्रवृत्तिको घोर विरोध गर्छु ।

हामीलाई जनताले दिएको जित गीतले होइन, जनताको विश्वासले सम्भव भएको हो। गीत, नाराबाजी वा प्रचार त माध्यम मात्र हुन्—तर मूल शक्ति भनेको जनताको भरोसा, माया र त्याग हो। यसमा थारु समाजसँगै पहाडी समुदायले पनि विश्वास र साथ दिनुभएको छ, त्यसका लागि हृदयदेखि आभार व्यक्त गर्दछु ।

राजनीतिमा शब्दको वजन हुन्छ। असावधानीपूर्वक गरिएको अभिव्यक्ति केवल व्यक्ति होइन, सम्पूर्ण समुदायलाई आहत पार्छ। त्यसैले जिम्मेवार स्थानमा रहँदा अझ संवेदनशीलता आवश्यक हुन्छ ।”

राजनीति भनेको विभाजन होइन, एकताको भाषा हो। शब्दहरूको तौल हुन्छ। असावधानीपूर्वक बोलेका शब्दहरूले समुदायबीच विभाजन सिर्जना गर्न सक्छन्। त्यसैले जिम्मेवार स्थानमा रहेका प्रत्येक व्यक्तिले आफ्ना अभिव्यक्तिमा संवेदनशीलता, इमानदारी र सम्मानको भावना राख्नु अत्यावश्यक हुन्छ ।”

जय नागरिक ।




भर्खरै