६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

‘अन्य विद्यार्थीसँगै पढ्छन् अपाङ्गता भएका विद्यार्थी’

‘अन्य विद्यार्थीसँगै पढ्छन् अपाङ्गता भएका विद्यार्थी’
अ+ अ-

दोधारा चाँदनी, (कञ्चनपुर) । कञ्चनपुरको लालझाँडी गाउँपालिका–३ बल्मीस्थित पूर्णिमा आधारभूत विद्यालयमा शारीरिक अपाङ्गता भएका विद्यार्थीलाई पनि अन्य विद्यार्थीहरुसँगै कक्षाकोठामा राखिएको छ । यस्ता विद्यार्थीका लागि छुट्टै शिक्षकको व्यवस्था गरिए पनि अन्य विद्यार्थीहरुसँगै राखेर पढाइन्छ ।

शारीरिक रूपमा अशक्त बालबालिका शिक्षाबाट वञ्जित नहोऊन् भन्ने उद्देश्यले अन्य विद्यार्थीसँगै कक्षा कोठामा राखेर पठनपाठन गर्ने गरिएको पूर्णिमा आधारभूत विद्यालयका प्रधानाध्यापक लोकबहादुर वडायकले जानकारी दिनुभयो । उहाँका अनुसार यस वर्ष मात्रै विद्यालयले चार जना अपाङ्गता भएका बालबालिकालाई विद्यालयमा भर्ना गरेको छ ।

बालविकास कक्षामा अपाङ्गता भएका बालबालिकालाई पठनपाठनका लागि दातृ निकायको सहयोगमा छुट्टै शिक्षकको व्यवस्था गरिएको छ । “हामीले वडामा रहेका अपाङ्गता भएका बालबालिकाको पत्ता लगाएर विद्यालयमा भर्ना गर्न लगायाँै,” प्रधानाध्यापक वडायकले भन्नुभयो, “अरूलाई देखेर पनि बालबालिकाको मनोबल बढ्छ कि भनेर हामीले विद्यालयमा भर्ना गरेका हौँ ।”

विद्यालय भर्ना भएपछि बालबालिकामा सुधार आइरहेको उहाँको भनाइ छ । “कक्षा ५ मा एक जना बच्चा देख्न र बोल्न सक्दैनन्, तर पनि हामीले पढाइमा लगाव बढाउन उत्प्रेरित गरिरहेका छौँ”, वडायकले भन्नुभयो ।

अपाङ्गता भएकै कारण घरको कोठाबाट बाहिर आउन नसक्ने लालझाडी गाउँपालिका–३ बल्मीकामयन्क राना हाल कक्षा कोठामा अन्य विद्यार्थीसँगै पढाइ गर्नुहुन्छ । “मैले त छोरा यसरी विद्यालयमा भर्ना होला भन्ने कल्पनासमेत गरेकी थिएन”, आमा श्रीमतु रानाले भन्नुभयो, “हाल छोरा अलिअलि हिँड्छ, विद्यालयमा भर्ना भएको छ  । विद्यालयमा ल्याउने लिने काम म आफैँले गरिरहेकी छु ।”

उहाँले छोराको खुट्टामा समस्या भएका कारण विगतमा हिँडडुल गनए सकिँदैन भनेर घरमै राख्ने गरेको भए पनि नजिकैको विद्यालयले भर्नौ लिने र पढाउने भनेपछि हाल केही सहज भएका भन्दै खुसी व्यक्त गर्नुभयो । “छोरो बस्न र हिँड्डुल गर्न सक्दैन थियो,धेरै अस्पतालमा उपचारका लागि गए, केही सुधार भएन । विद्यालय भर्ना भएपछि पहिलाको तुलनामा धेरै फरक आएको छ । धेरै खुसी छु”, रानाले भन्नुभयो ।

हाल उक्त विद्यालयको बालविकास कक्षामा तीन जना अपाङ्गता भएका बालबालिका छन् ।

यहाँको भानु माध्यमिक विद्यालयमा पनि अपाङ्गता भएका विद्यार्थीलाई अन्य विद्यार्थीसँगै राखेर अध्यापन गरिँदै आइएको छ ।  विद्यालयका प्रधानाध्यापक वेदप्रसाद उपाध्यायले हाल अपाङ्गता भएका विद्यार्थीलाई लक्षित कक्षा कोठा व्यवस्थापन गरेर पठनपाठन भइरहेको जानकारी दिनुभयो ।

“कक्षामा कम सुन्ने, पछाडिबाट बोर्डमा लेखेको नदेख्ने र शारीरिक अपाङ्गता भएका विद्यार्थीलाई कक्षामा छुट्टै बस्ने व्यवस्थापन गरेर पठनपाठन गरिरहेका छौँ”, उहाँले भन्नुभयो, “अझै पनि धेरै अपाङ्गता भएका विद्यार्थीहरू शिक्षाको पहुँच बाहिर छन् । यस पटक हामीले विद्यार्थी भर्ना अभियानमा अपाङ्गता भएका बालबालिकालाई समेत भर्ना गरेका छौँ । यहाँ २३ जना अपाङ्गता भएका विद्यार्थीले अध्ययन गर्ने अवसर पाएका छन् ।”

सामान्यत: अपाङ्ता भएका बालबालिकाका लागि छुट्टै विद्यालय हुनुपर्ने व्यवस्था छ, तर यस क्षेत्रमा त्यस्तो विद्यालय छैन । जसले गर्दा धेरैजसो अभिभावक शिक्षाबाट वञ्चित भइरहेका छन् । यहाँका दुई विद्यालयले अन्य विद्यार्थीसँगै राखेर अपाङ्गता भएका बालबालिकालाई पनि अध्ययन गराउन थालेपछि केही सहज भएको छ । रासस