१८ आश्विन २०८३, आईतवार Sunday, October 4, 2026
१८ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar बदलिएको कांग्रेसले देश पनि बदल्छ भन्ने विश्वास लिएर महाधिवेशनबाट जानुपर्छ : गगन थापा News Polar देउवाका लागि कुर्सी खाली राखेका थियौँ, आउनुभएन : गगन थापा News Polar म्युजिकल चियरजस्तो बनेको राजनीतिले सबै पार्टी र नेता एउटै हुन् भन्ने सन्देश गयो जसले भदौ २३ र २४ आयो : गगन थापा News Polar संसद बन्द छ, पार्टी बन्द छ, त्यसैले देशलाई खुलामञ्च चाहिएको छ : गगन थापा News Polar सरकार ढल्दैन, ढल्छ भन्नेहरू नै बेहोस भएर ढल्छन् : रवि लामिछाने News Polar देउवालाई छोडिदिँदा राम्रो हुन्छ, म सुझाव दिन चाहन्छु : रवि लामिछाने News Polar कांग्रेसको इतिहास नै उसको ठूलो राजनीतिक पुँजी हो : रवि लामिछाने News Polar रवि लामिछानेको व्यंग्य– ‘निष्ठा मात्रै पुँजी मानिएको भए म पनि कांग्रेस हुन्थेँ’ News Polar प्रचण्डको चेतावनी : देश, लोकतन्त्र र संविधान गम्भीर अप्ठेरोमा छ News Polar गगन थापाले कांग्रेसमा निरन्तरताको क्रमभंग गरे, अब देशको नेतृत्व गर्ने बाटोमा हिँड्नुस् : प्रचण्ड News Polar महाधिवेशन यात्राको सुरुवात हो, बलियो कांग्रेससहित अगाडि आउने छौँ : विश्वप्रकाश शर्मा News Polar कांग्रेसद्वारा ज्येष्ठ सदस्य मथुराप्रसाद श्रेष्ठलाई सम्मान News Polar लोकतन्त्रको विकल्प लोकतन्त्र मात्रै हुन सक्छ, यसमा कांग्रेसकै नेतृत्व हो : राजेन्द्र लिङ्देन News Polar कांग्रेससँग मिलेर लोकतन्त्रको रक्षा गर्न फेरि सहकार्य गर्ने समय आएको छ : शंकर पोखरेल News Polar राजनीतिक दलहरूलाई लिङदेनको चेतावनीः ‘देश अध्यारो सुरुङतर्फ जाँदैछ, निषेधको राजनीति त्यागेर राष्ट्रिय सहमति खोजौँ’ News Polar ‘नियन्त्रित लोकतन्त्र नेपाली जनताको नियति हुन सक्दैन’ : शरतसिंह भण्डारी News Polar २० वर्षभित्र नेपाललाई विकसित देश बनाउने योजना बनाउनुपर्छ : भट्टराई News Polar गगनले देशको नेतृत्व गर्न सक्छन्, मलाई विश्वास छ : रेशम चौधरी News Polar नियन्त्रित लोकतन्त्र नेपाली जनतालाई स्वीकार्य हुँदैन : शरतसिंह भण्डारी News Polar रेशम चौधरीको प्रश्न : गणतन्त्रसँगै हाम्रो पहिचान र धर्म किन साटियो ?

काँग्रेस–एमाले अझै पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा जान तयार छैनन्ः सांसद सापकोटा

काँग्रेस–एमाले अझै पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा जान तयार छैनन्ः सांसद सापकोटा
अ अ+ अ-

काठमाडौँ ।नेकपा (माओवादी केन्द्र) का केन्द्रिय सदस्य एवं सांसद माधव सापकोटाले मुलुकमा विद्यमान राजनीतिक समस्याहरुको समाधान पूर्ण समानुपातिक निर्वाचन प्रणाली र प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रप्रमुखमार्फत मात्र सम्भव हुने बताउनुभएको छ ।

बुधवार काठमाडौंमा आयोजित ‘संविधान कार्यान्वयनको दश वर्षको समिक्षाः उपलब्धि, समस्या तथा चुनौती र सुझाव’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले पूर्ण समानुपाति निर्वाचन प्रणालीमा नजाँदासम्म संविधानबारे भइरहेका बहसहरु अर्थहीन हुने टिप्पणी गर्नुभयो । उहाँले सत्तारुढ प्रमुख दुई दल नेपाली काँग्रेस र नेकपा (एमाले) अझैसम्म पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा जाने निर्णयमा पुग्न नसकेको औंल्याउनु भयो । उहाँले माओवादीको स्पष्ट दृष्टिकोण नै प्रत्यक्ष निर्वाचित राष्ट्रप्रमुख र पूर्ण समानुपातिक निवार्चन प्रणाली जाने रहेको दोहोर्याउनु भयो । उहाँले सांसदहरुलाई मन्त्री बन्न नपाउने व्यवस्था गर्न सके विधायिकी काम प्रभावकारी हुने पनि तर्क गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा नजाँदासम्म संविधानबारे जुन बहस गरिरहेका छौं यो अन्त्यहीन प्रकारको बहस हुन्छ । नेपाली काँग्रेस र नेकपा (एमाले) आजको दिनमा तयार हुनुभयो भने पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा जाने कुरा धेरै ठूलो कुरा पनि होइन । तर ति दुई पार्टी त्यहाँ पुगिसक्नुभएको छैन । यद्धपी दलका तर्फबाट अहिले पनि हाम्रो स्पष्ट दृष्टिकोण के छ भने पूर्ण समानुपातिक निर्वाचन प्रणाली र प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति बनाउने हो । राष्ट्रप्रमुख राष्ट्रपति बनाउने कि प्रधानमन्त्री बनाउने भन्ने विषयमा आवश्यक छलफल गर्न सकिन्छ । त्यस्तै सांसदहरु मन्त्री नहुने व्यवस्था गर्नसक्यो भने विधायिकी काम प्रभावकारी हुन्छ भन्ने हाम्रो बुझाई छ । नत्र भने सांसदहरुको काम नै निगरानी गर्ने, खबरदारी गर्ने अनि आफैं मन्त्रीको लाइनमा बस्छ भोलि आफैंमाथि  निगरानी गर्ने मनोविज्ञानमा जाँदा कसरी उसले अनुगमन र खबरदारी गर्छ ? त्यसकारण संविधानको समिक्षा र संविधानलाई समृद्ध तुल्याउने सन्दर्भमा माओवादीको प्रष्ट दृष्टिकोण भनेको प्रत्यक्ष निर्वाचि कार्यकारी राष्ट्रप्रमुख, सांसदहरुले मन्त्री नहुने र पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा गएर मात्रै आजको दिनमा उठेका समस्याहरुको हल गर्न सकिन्छ भन्ने स्पष्ट दृष्टिकोण छ ।’

सापकोटाले संविधानलाई समयानुकुल संशोधन गरी जनतामुखी बनाउन प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रप्रमुख, सांसदहरुले मन्त्री नहुने र पूर्ण समानुपातिक निर्वाचन प्रणालीलाई नै माओवादी केन्द्रको दीर्घकालीन दृष्टिकोणको रुपमा अघि सारिरहेको पनि बताउनु भयो ।