९ आश्विन २०८१, बुधबार
,
Latest
इरानबाट मेरो जीवन ‘ठूलो खतरा’ मा छ– ट्रम्प पूर्वसभामुख अग्नि सापकोटाविरुद्धको मुद्दामा आज फैसला आउला ? साल्ट ट्रेडिङको सहकार्यमा नेपाली जुत्ताको सुपथ मूल्य पसल मलयालम अभिनेता सिद्दिकीविरुद्ध पक्राउ पुर्जी जारी सुनको मूल्यले १ लाख ६० हजार नाघ्यो मन्त्री राणा र अमेरिकी उपमन्त्री वासबीच भेटवार्ता हेटौँडा कुलेखानी सिस्नेरी हुँदै काठमाडौँ जाने सडक पुन: सञ्चालन बहिरा विद्यार्थीको भविष्य कोर्दै बहिरा शिक्षिका गौतम युएई दिराम र मलेसियन रिङ्गेटको भाउ घट्यो, अन्य विदेशी मुद्राको कति छ विनिमय दर? अन्नपूर्ण क्षेत्र सरसफाइ अभियान: सिसा र प्लाष्टिकका बोतलमा प्रतिबन्ध
तपाईं के खोज्दै हुनुहुन्छ ?

२० सदस्यको ‘स्थायी समिति बैठक’ पार्टी कार्यालय धुम्बाराहीमा



अ+ अ-

काठमाडौँ । सत्तारुढ नेकपाका २० जना स्थायी समितिका सदस्य आज पार्टी कार्यालय धुम्बाराहीमा जम्मा भए । पार्टीले नै आज ११ बजेका लागि बोलाएको स्थायी समिति बैठक हिजो साँझ सचिवालयमा उत्पन्न किचलोले गर्दा स्थगित हुन पुगेको थियो । तर पनि यो बैठकको माग अधिकांश सदस्यले गरेका थिए । यसअघि तत्काल स्थायी कमिटी बैठक बोलाउन माग गरेका २० जना सदस्य पार्टी कार्यालयमा बसेका हुन् । 

हुनत यो संयोग पनि हुनसक्छ । तर पनि उनीहरुले पार्टीलाई ब्यंग्य गर्नका लागि पनि गएको २० गते नै आज बिहीबार ११ बजे बस्ने भनी तय भएको बैठक स्थगित गरिएकोले सोही समय पारेर पार्टी कार्यालयमै बसेका थिए । उनीहरुले आज पनि अबिलम्ब नै स्थायी समिति बैठक बोलाउनुपर्ने माग सार्वजनिक गरेका छन् ।

पार्टीको नेतृत्व बर्गलाई र विशेषगरी अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीलाई दबाब दिनका लागि आजको यो बैठक गरिएको थियो । पार्टी कार्यालय धुम्बाराहीमा नै भएको उनीहरूको बैठकले स्थायी कमिटी बोलाउन ढिला गर्न नहुने ठहर गरेको स्थायी कमिटी सदस्य युवराज ज्ञवालीले जानकारी दिए । उनले भने, अनौपचारिक भए पनि यो हामीहरुको एक किसीमको बैठक नै हो र हामीले अरु केही नभएर पार्टीलाई बैठक बोलाउन मात्र माग गरेका छौँ ।  

उनले यसअघि बैठकको माग गर्ने अधिकांश साथीहरू सो बैठकमा बसेको जानकारी दिए । साथै आजको सो भेलामा पनि बैठकमै सबै विषयमा छलफल हुनु पर्नेमा हाम्रो एकमत भएको उनको भनाई थियो । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र बरिष्ठ नेता माधवकुमार नेपालनिकटका स्थायी कमिटी सदस्यहरू धुम्बाराहीमा भेला भएका हुन्।

यसअघि वैशाख १० गते भीम रावल, सुरेन्द्र पाण्डे, मातृका यादव, टोपबहादुर रायमाझी, अष्टलक्ष्मी शाक्यलगायत २० जना स्थायी कमिटी सदस्यले तत्काल पार्टीको स्थायी कमिटी बैठक बोलाउन माग गरेका थिए। वैशाख २० गते बसेको नेकपा सचिवालयको बैठकले स्थायी कमिटी बोलाउने निर्णय गरेको थियो।

आज हुने भनिएको उक्त बैठकमा पेस गर्ने एजेन्डा र प्रतिवेदन तयार पार्ने जिम्मा अध्यक्ष प्रचण्ड र महासचिव विष्णु पौडेललाई दिइएको 
 बताइएको भए पनि अन्तिममा आएर अध्यक्षद्धय ओली र दाहालबीच नै विवाद उत्पन्न भएको थियो । जसका कारण पूर्व निर्धारित यो बैठक रोकिएको थियो ।