१८ आश्विन २०८३, आईतवार Sunday, October 4, 2026
१८ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar बदलिएको कांग्रेसले देश पनि बदल्छ भन्ने विश्वास लिएर महाधिवेशनबाट जानुपर्छ : गगन थापा News Polar देउवाका लागि कुर्सी खाली राखेका थियौँ, आउनुभएन : गगन थापा News Polar म्युजिकल चियरजस्तो बनेको राजनीतिले सबै पार्टी र नेता एउटै हुन् भन्ने सन्देश गयो जसले भदौ २३ र २४ आयो : गगन थापा News Polar संसद बन्द छ, पार्टी बन्द छ, त्यसैले देशलाई खुलामञ्च चाहिएको छ : गगन थापा News Polar सरकार ढल्दैन, ढल्छ भन्नेहरू नै बेहोस भएर ढल्छन् : रवि लामिछाने News Polar देउवालाई छोडिदिँदा राम्रो हुन्छ, म सुझाव दिन चाहन्छु : रवि लामिछाने News Polar कांग्रेसको इतिहास नै उसको ठूलो राजनीतिक पुँजी हो : रवि लामिछाने News Polar रवि लामिछानेको व्यंग्य– ‘निष्ठा मात्रै पुँजी मानिएको भए म पनि कांग्रेस हुन्थेँ’ News Polar प्रचण्डको चेतावनी : देश, लोकतन्त्र र संविधान गम्भीर अप्ठेरोमा छ News Polar गगन थापाले कांग्रेसमा निरन्तरताको क्रमभंग गरे, अब देशको नेतृत्व गर्ने बाटोमा हिँड्नुस् : प्रचण्ड News Polar महाधिवेशन यात्राको सुरुवात हो, बलियो कांग्रेससहित अगाडि आउने छौँ : विश्वप्रकाश शर्मा News Polar कांग्रेसद्वारा ज्येष्ठ सदस्य मथुराप्रसाद श्रेष्ठलाई सम्मान News Polar लोकतन्त्रको विकल्प लोकतन्त्र मात्रै हुन सक्छ, यसमा कांग्रेसकै नेतृत्व हो : राजेन्द्र लिङ्देन News Polar कांग्रेससँग मिलेर लोकतन्त्रको रक्षा गर्न फेरि सहकार्य गर्ने समय आएको छ : शंकर पोखरेल News Polar राजनीतिक दलहरूलाई लिङदेनको चेतावनीः ‘देश अध्यारो सुरुङतर्फ जाँदैछ, निषेधको राजनीति त्यागेर राष्ट्रिय सहमति खोजौँ’ News Polar ‘नियन्त्रित लोकतन्त्र नेपाली जनताको नियति हुन सक्दैन’ : शरतसिंह भण्डारी News Polar २० वर्षभित्र नेपाललाई विकसित देश बनाउने योजना बनाउनुपर्छ : भट्टराई News Polar गगनले देशको नेतृत्व गर्न सक्छन्, मलाई विश्वास छ : रेशम चौधरी News Polar नियन्त्रित लोकतन्त्र नेपाली जनतालाई स्वीकार्य हुँदैन : शरतसिंह भण्डारी News Polar रेशम चौधरीको प्रश्न : गणतन्त्रसँगै हाम्रो पहिचान र धर्म किन साटियो ?

न्यायपालिकाको हस्तक्षेपकारी सक्रियताका कारण कार्यपालिका र व्यवस्थापिकाले प्रभावकारी काम गर्न सकेनन्ः सचिव भट्टराई

न्यायपालिकाको हस्तक्षेपकारी सक्रियताका कारण कार्यपालिका र व्यवस्थापिकाले प्रभावकारी काम गर्न सकेनन्ः सचिव भट्टराई
अ अ+ अ-

काठमाडौं । नेकपा (एमाले)का सचिव योगेश भट्टराईले नेपालको राज्य प्रणाली असफल भयो भनेर गरिने टिप्पणीहरु बेतुकको भएको बताउनुभएको छ ।

बुधवार काठमाडौंमा आयोजित ‘संविधान कार्यान्वयनको दश वर्षको समिक्षाः उपलब्धि, समस्या तथा चुनौती र सुझाव’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

नेपालको संघीय राज्य प्रणाली सफल्तापूर्वक अघि बढिरहेको उल्लेख गर्दै उहाँले अझै प्रभावकारी बनाउनुपर्ने आवश्यकता रहेको बताउनु भयो । संविधान घोषणापछि भएका दुई पटकका निर्वाचनलाई निर्वाचन आयोगले सफलतापूर्वक सम्पन्न गरेको स्मरण उहाँले राज्य संयन्त्र निरन्तर गतिशील रहेको बताउनु भयो । उहाँले कर्मचारीतन्त्र, सुरक्षा निकाय, अदालत र राज्यका अन्य संयन्त्र प्रभावकारी रूपमा काम गरिरहेको भएपनि केही सुधारको आवश्यकता रहेको पनि बताउनु भयो । सचिव भट्टराईले संविधान कार्यान्वयनको प्रक्रिया ठिकै दिशामा रहेको भएपनि केही प्रावधानहरू हतारमा लेखिएका वा पर्याप्त छलफलबिनै संविधानमा समावेश टिप्पणी गर्नुभयो ।

उहाँले नेपालको संघीयताको मोडल उपयुक्त भएपनि सहभागिमूलक बनाउन नसकिएको टिप्पणी गर्नुभयो । उहाँले समानुपातिक प्रणालीको माध्यमबाट राज्य संयन्त्रबाट बञ्चित समुदायलाई जोड्न खोजिएको भएपनि त्यस्तो हुन नसकेको बताउनु भयो । उहाँले कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीचका अधिकार सीमामा हस्तक्षेप देखिएको टिप्पणी पनि गर्नुभयो । उहाँले न्यायपालिकाले सक्रियताभन्दा बढी क्रियाकलाप देखाउँदा अन्य संयन्त्रलाई प्रभावकारी रूपमा काम गर्न कठिन हुने पनि तर्क गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘कतिपयले स्टेट फेल भयो भन्छन् । यो बेतुकको कुरा हो । हाम्रो स्टेट फेल छैन । हाम्रो स्टेटले अझै धेरै धेरै काम गर्नुपर्ने होला । निर्वाचन आयोगले संविधान घोषणापछि पनि दुई वटा निर्वाचनहरु एकदमै सफलताका साथ सम्पन्न गरेको छ । यदि हाम्रो प्रदेशहरुले काम गरिराखेको छैन भने यो काम कसरी भइराखेको छ । हाम्रो कर्मचारीतन्त्र, हाम्रो सुरक्षा निकाय, हाम्रा आदलात, हाम्रो स्टेटका मेकानिज्महरु राम्रोसितले काम गरिरहेका छन् । हाम्रो आवश्यकता के हो भने अझै त्योभन्दा राम्रो होस् भन्ने हो ।  ४० हजारलाई जना जनप्रतिनिधिलाई निर्वाचित भयौं भनेर आयोगले प्रमाणपत्र दिएको छ । दुई पटक गर्दा ८० हजारलाई दिइसक्यो । यो चानचुने कुरा होइन । त्यसकारण हाम्रो संविधानको कार्यान्वयन पनि ठिक ढंगले नै भएको छ ।’

‘राजनीतिक गतिविधिहरु स्थायित्वतिर पनि गएका छन् । तर अभ्यासबाट के देखियो भने कतिपय कुराहरु हाम्रो संविधानमा हामीले हतारमा लेख्यौं अथवा त्यसको पुष्टि नभईकन लेख्यौं । यो कुराहरु हुनसक्छ । हाम्रो संघीयताको मोडल पनि ठिक छ । तर यसलाई अझै सहभागितामूलक कसरी बनाउने ? सहभागितामा पनि लक्षित समूह कसरी आउँछ ? अहिले जति समानुपातिक छ । यो पनि वञ्चित समुदायलाई राज्य संयन्त्रमा जोड्नको लागि दिइएको हो नि । तर छनौट गर्दा हर्ताकर्तातिरबाट आयो कि भन्ने छ । यसलाई कानूनी रुपमा व्यवस्थित गर्नुपर्छ । न्यायपालिका, कार्यपालिका र कार्यपालिकाहरु यो दश वर्षमा एकअर्काको अधिकारभित्र घुसेको जस्तो लाग्छ । न्यायपालिकाले यसमा अझ सक्रियता देखाएको जस्तो लाग्छ । न्यायपालिकाले एक्टिभिज्म देखाइदियो भने स्टेटका अरु संयन्त्रहरुलाई काम गर्न समस्या हुन्छ ।’

उहाँले संविधान संशोधनको माध्यमबाट मुलुकमा देखिएका समग्र समस्याको हल निकाल्नुपर्नेमा जोड दिनुभयो ।