१९ मंसिर २०८२, शुक्रबार
,
Latest
सहरी क्षेत्रको माटोको गुणस्तर अभिवृद्धि गर्नु जरुरी छः मन्त्री परियार मुस्ताङ भन्सारमा चार अर्ब ४१ करोड बढी राजस्व सङ्कलन कारागारमा सुरक्षाकर्मीसँग चिनजान, घरमा गएर विभत्स हत्या हेटौँडाको मुख्य सडक विस्तारको सूचना कार्यान्वयन नगर्न सर्वाेच्च अदालतको अन्तरिम आदेश विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न माग एक्साइड ब्याटमोबाइल सेवा ५०,००० ग्राहकसम्म पुर्‍याउँदै इतिहास रच्यो एनपीएलः जनकपुरलाई हराउँदै लुम्बिनी प्लेअफमा उपराष्ट्रपति यादवसँग सार्क महासचिवको शिष्टाचार भेट महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली आयोगद्वारा निर्वाचनमा समावेशिता र सुशासन सुनिश्चित गर्न दललाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

न्यायपालिकाको हस्तक्षेपकारी सक्रियताका कारण कार्यपालिका र व्यवस्थापिकाले प्रभावकारी काम गर्न सकेनन्ः सचिव भट्टराई



अ+ अ-

काठमाडौं । नेकपा (एमाले)का सचिव योगेश भट्टराईले नेपालको राज्य प्रणाली असफल भयो भनेर गरिने टिप्पणीहरु बेतुकको भएको बताउनुभएको छ ।

बुधवार काठमाडौंमा आयोजित ‘संविधान कार्यान्वयनको दश वर्षको समिक्षाः उपलब्धि, समस्या तथा चुनौती र सुझाव’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

नेपालको संघीय राज्य प्रणाली सफल्तापूर्वक अघि बढिरहेको उल्लेख गर्दै उहाँले अझै प्रभावकारी बनाउनुपर्ने आवश्यकता रहेको बताउनु भयो । संविधान घोषणापछि भएका दुई पटकका निर्वाचनलाई निर्वाचन आयोगले सफलतापूर्वक सम्पन्न गरेको स्मरण उहाँले राज्य संयन्त्र निरन्तर गतिशील रहेको बताउनु भयो । उहाँले कर्मचारीतन्त्र, सुरक्षा निकाय, अदालत र राज्यका अन्य संयन्त्र प्रभावकारी रूपमा काम गरिरहेको भएपनि केही सुधारको आवश्यकता रहेको पनि बताउनु भयो । सचिव भट्टराईले संविधान कार्यान्वयनको प्रक्रिया ठिकै दिशामा रहेको भएपनि केही प्रावधानहरू हतारमा लेखिएका वा पर्याप्त छलफलबिनै संविधानमा समावेश टिप्पणी गर्नुभयो ।

उहाँले नेपालको संघीयताको मोडल उपयुक्त भएपनि सहभागिमूलक बनाउन नसकिएको टिप्पणी गर्नुभयो । उहाँले समानुपातिक प्रणालीको माध्यमबाट राज्य संयन्त्रबाट बञ्चित समुदायलाई जोड्न खोजिएको भएपनि त्यस्तो हुन नसकेको बताउनु भयो । उहाँले कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीचका अधिकार सीमामा हस्तक्षेप देखिएको टिप्पणी पनि गर्नुभयो । उहाँले न्यायपालिकाले सक्रियताभन्दा बढी क्रियाकलाप देखाउँदा अन्य संयन्त्रलाई प्रभावकारी रूपमा काम गर्न कठिन हुने पनि तर्क गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘कतिपयले स्टेट फेल भयो भन्छन् । यो बेतुकको कुरा हो । हाम्रो स्टेट फेल छैन । हाम्रो स्टेटले अझै धेरै धेरै काम गर्नुपर्ने होला । निर्वाचन आयोगले संविधान घोषणापछि पनि दुई वटा निर्वाचनहरु एकदमै सफलताका साथ सम्पन्न गरेको छ । यदि हाम्रो प्रदेशहरुले काम गरिराखेको छैन भने यो काम कसरी भइराखेको छ । हाम्रो कर्मचारीतन्त्र, हाम्रो सुरक्षा निकाय, हाम्रा आदलात, हाम्रो स्टेटका मेकानिज्महरु राम्रोसितले काम गरिरहेका छन् । हाम्रो आवश्यकता के हो भने अझै त्योभन्दा राम्रो होस् भन्ने हो ।  ४० हजारलाई जना जनप्रतिनिधिलाई निर्वाचित भयौं भनेर आयोगले प्रमाणपत्र दिएको छ । दुई पटक गर्दा ८० हजारलाई दिइसक्यो । यो चानचुने कुरा होइन । त्यसकारण हाम्रो संविधानको कार्यान्वयन पनि ठिक ढंगले नै भएको छ ।’

‘राजनीतिक गतिविधिहरु स्थायित्वतिर पनि गएका छन् । तर अभ्यासबाट के देखियो भने कतिपय कुराहरु हाम्रो संविधानमा हामीले हतारमा लेख्यौं अथवा त्यसको पुष्टि नभईकन लेख्यौं । यो कुराहरु हुनसक्छ । हाम्रो संघीयताको मोडल पनि ठिक छ । तर यसलाई अझै सहभागितामूलक कसरी बनाउने ? सहभागितामा पनि लक्षित समूह कसरी आउँछ ? अहिले जति समानुपातिक छ । यो पनि वञ्चित समुदायलाई राज्य संयन्त्रमा जोड्नको लागि दिइएको हो नि । तर छनौट गर्दा हर्ताकर्तातिरबाट आयो कि भन्ने छ । यसलाई कानूनी रुपमा व्यवस्थित गर्नुपर्छ । न्यायपालिका, कार्यपालिका र कार्यपालिकाहरु यो दश वर्षमा एकअर्काको अधिकारभित्र घुसेको जस्तो लाग्छ । न्यायपालिकाले यसमा अझ सक्रियता देखाएको जस्तो लाग्छ । न्यायपालिकाले एक्टिभिज्म देखाइदियो भने स्टेटका अरु संयन्त्रहरुलाई काम गर्न समस्या हुन्छ ।’

उहाँले संविधान संशोधनको माध्यमबाट मुलुकमा देखिएका समग्र समस्याको हल निकाल्नुपर्नेमा जोड दिनुभयो ।