२१ भाद्र २०८३, आईतवार
,
Latest
भोटेकोशी बाढीः यसरी भइरहेको छ खोज, उद्धार र राहत कार्य तिब्बत क्षेत्रमा बाढीबाट मृत्यु हुनेको सङ्ख्या ४३ पुग्यो, ५१९ जना बेपत्ता गाजाबाट प्यालेष्टिनीलाई निष्कासन गर्ने योजनाका कारण शान्ति प्रस्ताव प्रभावित हुने न्यायाधीश नियुक्तिको अधिकार प्रधानन्यायाधीशलाई दिनुपर्छः संविधानविद् अधिकारी भदौ १० गतेको विपद्मा दिवंगतप्रति श्रद्धाञ्जली, स्वयम्भूमा स्मृति तथा दीप प्रज्वलन कार्यक्रम गोरखाको चुमनुब्री–४ मा बाढीपीडितका लागि राहत पठाइँदै राप्रपाका महामन्त्री शरदराज पाठकद्वारा पार्टीका सबै जिम्मेवारी परित्याग ओलीको तस्बिर दुरुपयोग गरी एआईबाट भ्रामक सामग्री बनाइएकोमा एमालेको आपत्ति भोटेकोसी बाढी प्रभावित क्षेत्रमा सुरक्षाकर्मी र स्वास्थ्यकर्मीलाई चार्जिङ सामग्री सहयोग बाढीले मनास्लु पदमार्ग अवरुद्ध
तपाईं के खोज्दै हुनुहुन्छ ?

संघ संस्थामाथि आघात पुर्‍याउने विधेयक फिर्ता गर्न बारको माग



अ+ अ-

काठमाडौं । नेपाल बार एसोसिएशनले हाल सार्वजनिक सरोकारका विषय बनेको “संघ संस्था व्यवस्था, संचालन तथा नियमन सम्बन्धी ऐन, २०८१” को विधेयकमा रहेका कतिपय प्रावधान संघीयता, स्वायत्तता र लोकतान्त्रिक अभ्यासविरुद्ध रहेको भन्दै तत्काल सच्याउन सरकारसँग माग गरेको छ।

बारले विज्ञप्ति जारी गर्दै संविधानको धारा १७, ५१ र २७१ (४) अनुसार संघ, संस्था, स्वतन्त्र नागरिक समाज तथा गैरसरकारी संस्थाहरूको स्वतन्त्र अस्तित्वलाई सुनिश्चित गर्ने संवैधानिक व्यवस्थामाथि नै प्रहार हुने गरी प्रस्तुत विधेयक ल्याइएको बताएको छ।

महासचिव वरिष्ठ अधिवक्ता केदार प्रसाद कोइरालाले हस्ताक्षर गरेको विज्ञप्तिमा भनिएको छ, “विधेयकमा रहेका प्रावधानहरूले संघ/संस्था र नागरिक समाजको भूमिकालाई संकुचित गर्ने, बालबालिकाको अधिकारसमेत कुण्ठित गर्ने खालका व्यवस्था राखिएको पाइन्छ, जसले संविधानको मर्म नै कमजोर पार्ने खतरा छ।”

नेपाल बार एसोसिएशनले संविधानले सुनिश्चित गरेको संघ संस्था तथा नागरिक समाजको स्वतन्त्रता, मौलिक हक र लोकतान्त्रिक अभ्यासलाई कुण्ठित गर्ने प्रयास स्वीकार्य नहुने स्पष्ट पारेको छ।

बारले विधेयक तत्काल फिर्ता लिन, पुनःसमिक्षा गरी संविधान र लोकतान्त्रिक मूल्य–मान्यताअनुरूप संशोधन गर्न आग्रह गरेको छ।