६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

हवाईमार्गबाट ३७ टन स्वास्थ्य सामग्री ल्याउँदै नेपाली सेना

हवाईमार्गबाट ३७ टन स्वास्थ्य सामग्री ल्याउँदै नेपाली सेना
अ+ अ-

काठमाडाैंः नेपाली सेनाले चीनको ग्वान्जाओबाट हवाईमार्ग हुँदै कूल ३७ मेट्रिक टन अत्यावश्यक स्वास्थ्य सामग्री ल्याउने गरी आवश्यक प्रक्रिया मिलाएको छ ।

नेपाली सेनाका प्रवक्ता सहायक रथी विज्ञानदेव पाण्डेका अनुसार नेपाल ल्याउन लागिएको स्वास्थ्य सामग्रीको भन्सार जाँच तथा आवश्यक लेबलिङको काम आजदेखि चीनको ग्वान्जाओमा शुरु भएको छ ।

नेपाली सेनाले कोभिड–१९ को सक्रमणसँग जुध्न आवश्यक पर्ने स्वास्थ्य सामग्री स्थल तथा हवाई गरी दुवै मार्गबाट ल्याउने व्यवस्था मिलाएको छ । प्रवक्ता पाण्डेका अनुसार चीनको ग्वान्जाओमा भन्सार प्रक्रियाका लागि लेबलिङको कार्य शुरु भएको छ । चीन सरकारले गत अप्रिल १० देखि मेडिकल सामग्री निर्यात गर्नुपूर्व भन्सारबाट ‘लेबलिङ र सर्टिफिकेशन’ प्रक्रियालाई थप कडाइ गरेको छ ।

सेनालाई चीनबाट प्राप्त विवरणअनुसार सो प्रक्रिया पूरा गर्न तीनदेखि पाँच दिन लाग्न सक्ने बुझिएको छ । नेपाल सरकारका तर्फबाट परराष्ट्र मन्त्रालय तथा नेपाली सेनाका तर्फबाट बेइजिङस्थित सैनिक सहचारी तथा नेपाली सेनाका प्रधानसेनापतिबाट आआफ्नो माध्यमबाट भन्सार प्रक्रिया यथाशिघ्र गरिदिन अनुरोध गरिएको छ । भन्सारको प्रक्रिया सम्पन्न हुने वित्तिकै नेपाल वायु सेवा निगमको वाइडबडी जहाजले दुई वटा उडान गरी ३७ मेट्रिक टन सामान ल्याउने गरी योजना बनाइएको छ ।

हाल मित्रराष्ट्र चीनबाट दिइने सुविधामा हवाई ढुवानीको वास्तविक मिति तय हुने सेनाले जनाएको छ । “हामीलाई तयारी सकियो भन्ने जानकारी प्राप्त हुने वित्तिकै हवाई जहाज उडाउने गरी तम्तयारी हालतमा राखिएको छ” प्रवक्ता पाण्डेले भन्नुभयो ।

नेपालतर्फ हिँडे केही कन्टेनर

चीनको ग्वान्जाओबाट स्थलमार्ग हुँदै २४० क्यूबिक मिटर सामान नेपालतर्फ आइरहेको जानकारी प्राप्त भएको छ ।

स्थलमार्गबाट बुधबार १३० क्यूबिक मिटर र यही वैशाख २२ गते ११० क्यूबिक मिटर सामग्री पनि नेपालतर्फ आउँदै गरेको जानकारी प्राप्त भएको छ । यस्तै ३०० क्यूबिक मिटर स्वास्थ्य सामग्री आजै नेपालतर्फ आउने तयारी गरिएको छ । चीनको ग्वान्जाओमा छिमेकी मित्र राष्ट्र चीनमा अन्तरराष्ट्रिय मजदूर दिवसलगायतका सार्वजनिक बिदा परेका कारण स्वास्थ्य सामग्री ल्याउन केही दिन ढिलाई भएको हो ।

चीनमा मे १–५ तारिखसम्म सार्वजनिक बिदा दिइएको थियो । सार्वजनिक बिदाका कारण भन्सारलगायतका आवश्यक प्रक्रिया पूरा गर्न नसकिने भएकाले केही दिन थप समय लागेको हो । सेनाले स्वास्थ्य सामग्री खरिदका लागि सरकारी– सरकारी तह (जिटुजि) मा प्रक्रिया अगाडि बढाएको थियो । तत्कालका लागि आवश्यक पर्ने स्वास्थ्य सामग्री हवाई माध्यमबाट ल्याइने र अन्य सामग्री भने स्थलमार्गबाट ल्याउने गरी व्यवस्था मिलाइएको हो ।

चीनबाट ३४२ टन स्वास्थ्य सामग्री जिटुजी प्रक्रियाबाट खरिद गर्न लागिएको हो । हवाई मार्गबाट कूल ३७ टन सामान आयात गरिने र बाँकी रहेका ३०५ टन सामान भने स्थलमार्ग हुँदै नेपाल– चीन सिमाना तातोपानी ल्याइनेछ ।

ग्वान्जाओबाट हिँडेको सामान सात दिनमा तातोपानी आइपुग्नेछ । सेनाले केही दिन पहिले नै नेपाल राष्ट्र बैंकमार्फत पैसा चीन पठाएको थियो । ढुवानीका लागि लाग्ने रकमका सम्बन्धमा रक्षा मन्त्रालय हुँदै अर्थ मन्त्रालयमा आग्रह गरिएको थियो । अत्यावश्यक सामान खरिदका लागि सेनाले एक करोड ८४ लाख ४१ हजार ७०६।३५ अमेरिकी डलर भुक्तानी गरिसकेको छ । त्यसमा ढुवानी भाडा भने जोडिएको थिएन ।

नेपालले भुक्तानी गरेको रकम पाइसकेको पनि चिनियाँ पक्षले जानकारी दिइसकेको छ । कूल ६७ प्रकारका स्वास्थ्य सामग्री खरिद गर्न लागिएको हो । स्वास्थ्य सामग्री खरिदका लागि चीन सरकारको स्वामित्वमा रहेको चाइना साइनोफार्म इन्टरनेशनल कर्पोरेशनसँग सम्झौता भएको छ ।

अत्यावश्यक सामग्री तातोपानी नाकामा ल्याएर अर्को गाडी राखेर नेपाल ल्याउनेभन्दा पनि सकभर चिनियाँ ढुवानीकर्ताको साधनबाट एकैचोटी डिपोमा ल्याउने तवरले कुराकानी भएको छ । चीनले नेपाललाई आवश्यक स्वास्थ्य सामग्री उपलब्ध गराउन प्राथमिकता दिएको छ ।

कोरोनाले विश्वव्यापी महामारीको रूप लिएसँगै प्रभावित मुलुकमा चीनले स्वास्थ्य सामग्री आपूर्ति गरिरहेको छ । चीनबाट व्यक्तिगत सुरक्षाका सामग्री (पिपिई), मास्क, कोरोना परीक्षणका लागि आवश्यक कीटलगायत अत्यावश्यक सामग्री हवाई र अन्य सामग्री सडकमार्ग हुँदै ल्याउने तयारी गरिएको छ ।

त्यस्तै भारतबाट ५३ प्रकारका औषधि ल्याउने तयारी गरिएको छ ।