१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित News Polar गाउँमै रोजगारीको बाटो खोज्दै भोजपुरका युवा News Polar तनहुँमा चैते धान प्रवर्द्धन गरिँदै News Polar रेलेखोलाको बाँधमा बाढी, विद्युत् उत्पादन बन्द   News Polar म्याग्दीमा प्रसारण लाइन मर्मत सुरु News Polar तटबन्धले जोगायो गैँडाकोटको बस्ती News Polar नेपाली क्रिकेट टोली जापानबाट स्वदेश फिर्ता News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कालीगण्डकीको भेलले बगाएको फर्सेवासीको सपना News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar गोकर्णेश्वर–४ का महाधिवेशन प्रतिनिधि उम्मेदवार श्रेष्ठद्वारा कांग्रेसको निर्वाचन प्रक्रिया छानबिन गर्न माग News Polar पोर्चुगलमा एनआरएनए राष्ट्रिय समन्वय परिषद्को कार्यालय सञ्चालनमा आउने News Polar कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशनः तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न News Polar बाँध भत्किएपछि जलेश्वर जलमग्न News Polar भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय समितिको कार्यविधि पारित News Polar कोरला सडक अवरुद्ध हुँदा भन्सारमा १५० बढी कन्टेनर रोकिए News Polar ३५ वर्षीया युवा महिला नेतृ बसन्ती भाट कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्विरोध News Polar नेपाल टेलिकमले ल्यायो भर्चुअल सेट–टप बक्स News Polar नापी कार्यालय कलङ्कीका सर्भेक्षक श्रेष्ठविरुद्ध चार करोड ७४ लाखको बिगोसहित आरोपपत्र News Polar क्यान-११ सँग भुटानको राष्ट्रिय क्रिकेट टोली पराजित

कूटनीतिक पहल कदमीमा चुक्दा स्वास्थ्य सामग्रीमा ल्याउन ढिलाइ

कूटनीतिक पहल कदमीमा चुक्दा स्वास्थ्य सामग्रीमा ल्याउन ढिलाइ
अ अ+ अ-

काठमाडौं । सेनाले जिम्मा पाएको समयभन्दा १५ गुणाले कोरोना भाइरस संक्रमण बढीसक्दा पनि स्वास्थ्य सामग्री भित्र्याउन सकेको छैन। उसले चीनको पाँच दिने सार्वजनिक बिदालाई बहाना बनाएको छ। सरकारले गत चैत १६ मा नेपाली सेनालाई स्वास्थ्य उपकरण आपूर्तिको जिम्मेवारी दिएको थियो। सेनाले गत चैत २५ मा मात्र औषधि खरिद प्रक्रिया अघि बढाएको र २२ वैशाख भित्र सामाग्री ल्याउने सार्वजनिक गरेको थियो। परराष्ट्र अधिकारीका अनुसार प्रक्रियासँगै कूटनीतिक पहल कदमीमा चुक्दा यस्तो समस्या आएको हो। ‘अझै दश दिन औषधि आउने नै देखिँदैन’, परराष्ट्र एक अधिकारीले भने, ‘हाम्रो कुटनीतिक हैसियत र पहलकदमीको प्रभावहिनता यहाँ देखिएको छ।’ यद्यपी यस विषयमा परराष्ट्र सचिव शंकरदास बैरागीले भने कूटनीतिक पहल भइरहेको बताए। प्रधानसेनापति पूर्णचन्द्र थापा स्वयंले बुधबार चिनियाँ दूतावासका सैनिक सहचारी (डीए) लगायतलाई जंगी अड्डामा बोलाएर स्वास्थ्य सामग्री जतिसक्दो छिटो ल्याउने वातावरण मिलाइदिन आग्रह गरे।

उनले बेइजिङस्थित आफ्नो डीएलाई पनि तत्काल पहलकदमी अघि बढाउन निर्देशन दिएको सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले अन्नपूर्णलाई बताए। चिनियाँ डीएले छिटोभन्दा छिटो स्वास्थ्य सामग्री ल्याउन पहल गर्ने उनले जानकारी दिए। ‘प्रधानसेनापतिले डीएसँग वातावरण मिलाउन आग्रह गर्नुभएको छ। परराष्ट्र मन्त्रालयले पनि कुटनीतिक नोट तथा फोनमार्फत पनि चीनसँग पहल गरिरहेको छ’, प्रवक्ता एवं सहायक रथी पाण्डेले भने, ‘चीनमा पाँच दिन सार्वजनिक बिदा पर्नाले ढिलाइ भएको हो। छिट्टै सामग्री आउँछ। वायर हाउस पाइसकेका छौं। भन्सार क्लियर हुने वित्तिकै हामी दुई वाइडबडी त्यहाँ (क्वाङचाओ÷गोञ्जाओ) पठाउनेछौं।’

सडकमार्गबाट आउने सामग्री गत २२ गते सात ट्रक, २४ र २५ गते गरेर ३२ चीनबाट हिँडिसकेको जानकारी उनले दिए। ती सामग्री १० दिनभित्र काठमाडौं आइपुग्ने उनको दाबी छ। जहाजबाट ल्याउने सामग्रीमा भने ५ दिन सार्वजनिक बिदाले ढिलाइ भएको बताउने कुरा बाझिएको छ।

विश्वमै चीनबाट सामग्री

विश्वलाई चीनमा उत्पादित स्वास्थ्य सामग्री आवश्यक परेको र एकैपटक आपूर्ति गर्न खोज्नाले समस्या परेको धारणा परराष्ट्र अधिकारीको छ। विमानस्थलमा ट्राफिक समस्या समेत रहेको, चेकजाँच समयमा नहुने, वायरहाउस नपाउने कारणले पनि समस्या भएको बताइएको छ। गोन्जाओ पुगेका कैयन मुलुकका जहाज सामान नै नबोकी फर्कनु परेकाले सबै पक्ष ध्यान दिएर जानुपर्ने सुझाव परराष्ट्रको छ। तर, गोन्जाओ एयरपोर्टमा नेपाल ल्याउने सामग्री जम्मा गर्न वायरहाउस पाएकोमा प्रवक्ता पाण्डेले खुसी ब्यक्त गर्दै भने, ‘चीनको प्राथमिकतामा छौं। ८१ औं नम्बरको हामीले छिट्टै पाउनुको कारण छिमेकी नै भएर हो।’

सेनाले उडान र सडक मार्ग फरक फरक कम्पनीलाई जिम्मा दिएको छ। विमानबाट पहिलो खेप १४ थरीका १८ टन र दोस्रो खेप १७ थरीका २८ टन स्वास्थ्य सामग्री रहनेछ। हवाइमार्गबाट साढे चार करोड र सडकमार्गबाट पाउने तीन करोड रकम भाडामा खर्चेको छ। सेनाले चीनको सरकारी कम्पनी साइनो फर्म इन्टरनेसनल कर्पोरेसनबाट जीटुजी प्रक्रियामार्फत ६७ थरीका स्वास्थ्य सामग्री ल्याउने सम्झौता गरेको थियो।

भारतबाट पनि हिँडेको छैन

त्यसको तीन दिनपछि सेनाले अर्को छिमेकी भारतसँग पनि औषधि खरिदको प्रक्रिया अघि बढाएको थियो। तर भारतसँग पनि औषधि सम्झौता गरेको कम्पनीले नेपालसम्म ल्याउन नसक्ने भएपछि उसले दूतावासमा बुझाउने र त्यहाँबाट नेपाल ट्रकमा ल्याउने तयारी गरेको छ। सेनाले खरिद जिम्माको सबै प्रक्रिया दिल्लीस्थित नेपाली दूतावासलाई दिएको हो। भारतीय औषधि विभाग अन्तर्गतको बीपीपीआईले सेनाले मागेको औषधि दिने सहमति गरेको थियो तर उक्त कम्पनीले निर्यात गर्न नपाउने भएपछि सबै कार्यको जिम्मा दिल्ली दूतावासले टुंग्याउने सेनाले बताएको थियो। दूतावासका डीएमार्फत सेनाले त्यसमा काम गरेको हो। उत्पादक कम्पनी बीपीपीआईले औषधिको तयारी गरेपछि सेनाले पुनः ढुवानी प्रक्रिया थाल्नेछ। दिल्लीबाट आउने सामान थोरै हुन भएकाले दुई ट्रकमा नै आउने प्रवक्ता पाण्डेले बताए। अन्नपुर्णपोष्ट दैनिक