२४ असार २०८३, बुधबार
,
Latest
औषधि आपूर्तिमा अनियमितता गरेको आरोपमा आठ कर्मचारीविरुद्ध मुद्दा ध्रुवे हात्ती नियन्त्रणका लागि चौबीसै घण्टा अनुगमन, मृतक परिवारलाई राहत छानबिन प्रतिवेदन नआउँदासम्म बसपार्कको जग्गा दाबी गर्न मिल्दैनः पोखरा महानगरपालिका प्रदेश खेलकुद बोर्डद्वारा एक सय खेलाडी सम्मानित कोशी प्रदेश सरकारको निर्णय सभामुखसमक्ष बुझाइएको प्रतिवेदन कार्यान्वयनका लागि सचिवालयलाई निर्देशन शैक्षिक परामर्श संस्थामा कडाइ, २५ लाख धरौटी र ‘डिजिटल’ कारोबार अनिवार्य सुडानमा ड्रोन आक्रमणबाट कम्तीमा २० सर्वसाधारणको मृत्यु राहदानी सेवा दुई दिन बन्द हुने अफगानिस्तानमा पहिलो द्रुत डीएनए फोरेन्सिक प्रणाली सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

इन्द्रजात्राको लिंगो वसन्तपुर ल्याइँदै



अ+ अ-

काठमाडौं । भक्तपुरको सूर्यविनायकस्थित चित्तपोल जंगलबाट छानिएको लिंगो परम्पराअनुसार विधिपूर्वक बसन्तपुर ल्याइँदै छ । यो सिंगोलाई य:सिं भनिन्छ ।

इन्द्र जात्रामा चित्तपोल जंगलबाट ल्याइएको ३२ फिट अग्लो लिंगोलाई वसन्तपुरमा ठड्याइने प्रचलन छ । यसलाई जात्राको मुख्य आकर्षण पनि मानिन्छ ।

हरेक वर्षको भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोकामा लिङ्गो ठड्याए पछि मात्र इन्द्रजात्रा पर्वको सुरुवात गर्ने गरिन्छ ।

भाद्र शुक्ल द्वितीय तिथिमा साइत निकालेर काठ लिन गएपछि इन्द्रजात्रा प्रारम्भ हुन्छ । हनुमानढको दरबारभित्रको नासलचोकमा मानन्धर समुदायले विधिवत् पूजा गरेर य: सिंका लागि काठ लिन जाने चलन छ । टाउकोमा सेतो फेटा बाँधेर जम्मा भएका मानन्धर समुदायलाई पण्डितले टीका लगाएर बिदा गर्ने चलन छ ।

गुरुजी पल्टनका सेना कालो पोसाक लगाएर तैनाथ सेना अघि लाग्छन् । गुरुजी पल्टनकै पण्डितले टीका लगाएर बिदा गर्ने चलन छ । हनुमानाढोका दरबारको पश्चिमतिर पञ्चमुखी हनुमानको मूर्ति भएको ढोकाबाट एक–एक गरेर निस्करे काठ काट्न निस्केपछि काठ नल्याएसम्म भित्र मानन्धर समुदायभित्र छिर्न नहुने परम्परा छ । इन्द्रजात्रामा विभिन्न जातजाति मिलेर व्यवस्थापन गर्छन् । त्यसमध्ये य: सिं व्यवस्थापन गर्ने काम मानन्धर समुदायको हो ।