१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar निर्माणाधीन ट्रान्समिसन लाइनको अवरोध फुकाउँदै ऊर्जा मन्त्रालय, १२ प्रसारण लाइनको काम यसै वर्ष सकिने News Polar खोप सेवाको सुक्ष्म कार्ययोजना तयार गर्दै काठमाडौँ महानगरपालिका News Polar जुम्लामा एक हजार ४९ क्विन्टल नुन मौज्दात News Polar हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित News Polar गाउँमै रोजगारीको बाटो खोज्दै भोजपुरका युवा News Polar तनहुँमा चैते धान प्रवर्द्धन गरिँदै News Polar रेलेखोलाको बाँधमा बाढी, विद्युत् उत्पादन बन्द   News Polar म्याग्दीमा प्रसारण लाइन मर्मत सुरु News Polar तटबन्धले जोगायो गैँडाकोटको बस्ती News Polar नेपाली क्रिकेट टोली जापानबाट स्वदेश फिर्ता News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कालीगण्डकीको भेलले बगाएको फर्सेवासीको सपना News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar गोकर्णेश्वर–४ का महाधिवेशन प्रतिनिधि उम्मेदवार श्रेष्ठद्वारा कांग्रेसको निर्वाचन प्रक्रिया छानबिन गर्न माग News Polar पोर्चुगलमा एनआरएनए राष्ट्रिय समन्वय परिषद्को कार्यालय सञ्चालनमा आउने News Polar कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशनः तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न News Polar बाँध भत्किएपछि जलेश्वर जलमग्न News Polar भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय समितिको कार्यविधि पारित News Polar कोरला सडक अवरुद्ध हुँदा भन्सारमा १५० बढी कन्टेनर रोकिए News Polar ३५ वर्षीया युवा महिला नेतृ बसन्ती भाट कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्विरोध

लकडाउनभित्र ४० अर्बको आयात

लकडाउनभित्र ४० अर्बको आयात
अ अ+ अ-

काठमाडौँ । नेपालमा बन्दाबन्दी (लकडाउन)को अवधिमा मात्रै विभिन्न मुलुकबाट ४० अर्ब रुपियाँभन्दा बढीको अति आवश्यकीय वस्तु भित्र्याइएको छ । उद्योग, आपूर्ति तथा वाणिज्य मन्त्रालयका अनुसार लकडाउनको अवधि गत चैत ११ गतेदेखि वैशाख २१ गतेसम्म ४० अर्ब २४ करोड ३२ लाख ९२ हजार रुपियाँ बराबरको अति आवश्यकीय वस्तु नेपाल भित्रिएको हो । मन्त्रालयका अनुसार नेपालमा लकडाउनमा अति आवश्यकीय वस्तु भारतबाट मात्रै नभएर चीनबाट समेत भित्र्याएको छ । यस अवधिमा नेपाल भित्रिएको अति आवश्यकीय वस्तुमध्ये चीनको तातोपानी नाकाबाट चार करोड ६२ लाख ४७ हजार रुपियाँ बराबरका र अन्तर्राष्ट्रिय विमानस्थलबाट ११ करोड ४४ लाख ३९ हजार रुपियाँ बराबरको औषधिको कच्चा पदार्थ र तयारी औषधि भित्रिएको छ । बाँकी सबै भारतबाट भित्रिएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार यस अवधिमा खाद्यान्न, दलहन, गेडागुडी, तरकारी, फलफूल, दुग्धजन्य पदार्थ, औषधिको कच्चा पदार्थ, तयारी औषधि, एलपी ग्यास, पेट्रोल, डिजेललगायतका सामान भित्रिएका छन् ।

मन्त्रालयका सहसचिव नवराज ढकालले लकडाउनमा आपूर्तिमा कुनै समस्या नभएको, सबै सामान निर्बाध रूपमा आइरहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “अहिले खाद्यान्नबाहेकका सामान पनि आइरहेको छ । हामीलाई सम्हाल्नै गाह्रो भएको छ । वीरगञ्ज भन्सारको आईसीडी भरिएर कता राख्ने भन्ने समस्या भएको छ । अन्य भन्सारको पनि लगभग यस्तै अवस्था छ ।” यस्तै ४० दिनको अवधिमा औषधिको कच्चा पदार्थ ३४ करोड ८८ लाख ४७ हजारको आयात भएको छ भने तयारी औषधि एक अर्ब ७९ करोड ३४ लाख ७८ हजार बराबरको भित्रिएको छ । त्यसैगरी यस अवधिमा एक लाख ३० हजार २४२ मेट्रिक टन खाद्यान्न, ३७ हजार मेट्रिक टन दलहन र गेडागुडी भित्रिएको छ भने ५३ हजार ५६९ मेट्रिक टन तरकारी र १७ हजार ९०७ मेट्रिक टन फलफूल भित्रिएको छ । एलपी ग्यास ४२ हजार ८४९ मेट्रिक टन, डिजेल ५० हजार ९२८ केएल, पेट्रोल आठ हजार ७५६ केएल भित्रिएको छ भने दुग्धजन्य पदार्थ ११ हजार १०८ मेट्रिक टन भित्रिएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार यस अवधिमा सबैभन्दा धेरै ६८ करोड १० लाख ६९ हजार बराबरको सामान वीरगञ्ज भन्सारमा भित्रिएको छ । मन्त्रालयका वाणिज्य तथा आपूर्ति महाशाखा प्रमुख एवं सहसचिव ढकालले दैनिक उपभोग्य सामान आपूर्तिमा कुनै समस्या नभएको बताए । नेपालमा अति आवश्यकीय वस्तु भारत र चीनबाट बढी भित्रिने गरेको उनको भनाइ छ ।

सार्क मुलुकसँग अनलाइन कारोबार सुरु

यस अवधिमा सार्क मुलुकसँग सबै प्रकारका कारोबार अनलाइनबाट गर्न सकिने गरी व्यवस्था गरिएको उहाँले जानकारी दिए। ढकालले भने, “मैले आफैँ सार्क मुलुकका प्रतिनिधिसँग भिडियोमार्फत छलफल गरेर अनलाइन कारोबार कार्यान्वयनमा ल्याइएको छ ।” यसअघि जुनुसुकै कारोबार पैसा होस् वा बिलबिजन होस्, त्यसका लागि सक्कली कागजातसहित सम्बन्धित व्यक्ति स्वयं भौतिक रूपमा उपस्थिति हुनुपथ्र्यो, पछिल्लोपटक भने अनलाइन प्रणालीमार्फत सबै कारोबार गर्न सकिने गरी कानुनमै व्यवस्था गरेका छौँ, यसले अब सधैंलाई सहज हुनेछ । लकडाउनका अवधिमा चीनबाट आउने तातोपानी नाका पनि खुलेको छ । भूकम्पपछि बन्द भएको तातोपानी नाकाबाट लकडाउनदेखि सामान भित्रिन थालेको मन्त्रालयले जनाएको छ । गोरखापत्र दैनिक