९ आश्विन २०८१, बुधबार
,
Latest
अध्यागमनको ‘इमेज’ सुधार आवश्यकः गृहमन्त्री लेखक राष्ट्रिय एकताका लागि खेल र सांस्कृतिक क्षेत्रको भुमिका महत्वपूर्ण: अध्यक्ष दाहाल ललितपुर महानगरपालिकालाई विपद् व्यवस्थापनमा ‘नम्बर वान’ बनाउन चाहन्छौं: मेयर महर्जन नेपालको आर्थिक वृद्धि ४.९ प्रतिशत हुने एडीबी प्रक्षेपण ‘लकडाउन’देखि चित्रकार बनेकी एरिका उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडैल र चीनका उपप्रधानमन्त्री हि लिफेङबीच बेइजिङमा भेटवार्ता दाङमा चट्याङ लागेर एकको मृत्यु, दुईजना घाइते प्रधानमन्त्रीविरुद्ध सामाजिक सञ्जालमा भइरहेका गतिविधि देशहित विपरीत छन्: महासचिव पोखरेल मधेस प्रदेश सरकारका सय दिने कार्य विवरण सार्वजनिक श्रीलंकाका नयाँ राष्ट्रपतिले संसद भंग गरे
तपाईं के खोज्दै हुनुहुन्छ ?

जेठ २ गते सरकारको नीति तथा कार्यक्रम



अ+ अ-

काठमाडौं । सरकारले नयाँ आर्थिक वर्षका लागि जेठ २ गते नीति तथा कार्यक्रम ल्याउने भएको छ । संघीय संसद्ले अघि सारेका कार्यक्रमहरुमा नीति तथा कार्यक्रम ल्याउने संभावित मिति जेठ २ गते उल्लेख छ । सरकारले ल्याउन लागेको बजेटबारे संसद्मा हुने प्रि–बजेट छलफल भने संसद्मा २८ वैशाखबाट शुरु हुने भएको छ । सरकारका नीति तथा कार्यक्रम र बजेट संघीय संसद्को संयुक्त बैठकमा पेस गर्ने प्रावधान छ । नीति तथा कार्यक्रम राष्ट्रपति विद्यादेवी भण्डारीले सार्वजनिक गर्नुहुनेछ । जेठ १५ गते सरकारको बजेट सार्वजनिक गर्ने संवैधानिक व्यवस्था छ । प्रि–बजेट छलफल प्रतिनिधि सभामा २८, २९ र ३० वैशाखमा तथा राष्ट्रियसभामा २८ र २९ वैशाखमा हुनेछ । प्रि–बजेट छलफल बजेट आउनुभन्दा १५ दिन अगाडि शुरु गर्नुपर्ने व्यवस्था छ ।

संघीय संसद्को छैटौं अधिवेशन शुरु हुनुअघि सांसद तथा कर्मचारीमा कोभिड–१९ संक्रमण रहे नरहेको बारे पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिएको छ । उच्च स्वास्थ्य सुरक्षाका बीच अधिवेशन आह्वान भएको उल्लेख गर्दै सचिवालयले प्रतिनिधिसभाका सांसद, राष्ट्रिय सभा सदस्य, सचिवालयका कर्मचारी, सुरक्षाकर्मीसहित ४ सय ४१ जनाको स्वाब संकलन गरेको हो । संसद् सचिवालयका अनुसार १ सय ७९ प्रतिनिधिसभा सांसद, ३३ राष्ट्रिय सभा सदस्य तथा कर्मचारी र मर्यादापालक गरी २ सय २९ जनाको स्वाब संकलन भएको र उनीहरुको परीक्षण शुरु भएको छ । बाँकी रहेका सांसद, सुरक्षाकर्मी र कर्मचारीको स्वाब संकलन आज शुक्रबार विहान ८ बजेदेखि १० बजेसम्म गर्ने सचिवालयले जनाएको छ ।

प्राथमिकताका आधारमा संक्रमित क्षेत्रका सांसद, संक्रमणका समय काठमाडौं बाहिर गएका सांसदको पहिलो चरणमा परीक्षण गर्ने संसद् सचिवालयले जनाएको छ । संक्रमण देखिए उनीहरुलाई तत्काल आईसोलेसनमा पठाउने र नदेखिए भोलिबाट शुरु हुने अधिवेशनमा सहभागी हुन सक्ने सचिवालयको भनाइ छ ।