१९ मंसिर २०८२, शुक्रबार
,
Latest
चुरे क्षेत्रको अवैध उत्खनन रोक्न अनुगमन भदौमा त्यो स्थिति जे आयो, त्यो त न तपाईँको हातमा थियो, न हाम्रो हातमा थियो कांग्रेस सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन स्थानियतह देखी प्रदेश तथा संघलाई कानून निर्माणका सहजीकरण गर्दे कानून समाज छ दिनमा १२ जना फरार प्रतिवादी पक्राउ सहरी क्षेत्रको माटोको गुणस्तर अभिवृद्धि गर्नु जरुरी छः मन्त्री परियार मुस्ताङ भन्सारमा चार अर्ब ४१ करोड बढी राजस्व सङ्कलन कारागारमा सुरक्षाकर्मीसँग चिनजान, घरमा गएर विभत्स हत्या हेटौँडाको मुख्य सडक विस्तारको सूचना कार्यान्वयन नगर्न सर्वाेच्च अदालतको अन्तरिम आदेश विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वराष्ट्रपति भण्डारीसँग रास्वपाका प्रवक्ता मनिष झाको भेट, के भयो कुरा ?



अ+ अ-

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसंग राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता मनिष झाले भेटवार्ता गर्नुभएको छ । मंगलबार बिहान पूर्वराष्ट्रपति निवास भंगालमा उहाहरूबीच करिब २ घण्टा छलफल भएको थियो ।

भेटमा पूर्वराष्ट्रपति भण्डारीले रास्वपा सभापति रवि लामिछानेलाई पुर्पक्षका लागि कारागारमा राखिएकोमा आफू सन्तुष्ट नरहेको बताउनु भएको झाले जानकारी दिनुभयो । पूर्वराष्ट्रपति भण्डारीको भनाई उद्दृत गर्दे झाले न्यूजपोलारसंग भन्नुभयो “रविजीमाथि जे भइरहेको छ, त्यसमा म सन्तुष्ट छैन, उहाँप्रति मेरो सद्भाव छ ।

पूर्वराष्ट्रपति भण्डारीले सहकारीका बचतकर्ताहरूको बचत सरकारले फिर्ता गर्न सुरू नगरेको पनि बताउनु भयो । उहाँले भन्नुभयो ‘सहकारीको विषयलाई राजनीतिक मुद्दामात्रै बनाइयो, बचतकर्ताहरूको बचत सरकारले फिर्ता गरेको छैन,’ उनले भनिन्, ‘चाडपर्वको मुख छ, बचतकर्ताहरूले आफ्नो बचत फिर्ता पाउनुपर्ने हो नि ।’

सहकारी बचत रकम अपचलन मुद्दामा सुरूमा रूपन्देही कारागारमा राखिएका रविलाई हालै नख्खु कारागार राखिएको छ ।

पूर्वराष्ट्रपति भण्डारीले राजनीतिमा युवा पुस्ता नयाँ विचारसहित आएको भन्दै प्रशंसासमेत गर्नुभएको जानकारी दिनुभयो । प्रवक्ता झाले आफूले एमालेको पार्टी सदस्यताबारे पनि चासो राखेको न्यूजपोलारलाई जानकारी दिनभयो ।

उहाँले भन्नुभयो -केपी ओलीसँग केही समयअघि ऋषि धमलाले लिएको अन्तर्वार्ता र त्यहाँ उल्लेख गरिएका विषयका सन्दर्भबारे कुरा राख्नुभयो, आफ्नो सदस्यता एमालेले रोक्नुपर्ने कुनै कारण नरहेको र विगतमा केपी ओलीले नै पार्टीमा फर्कन कुनै समस्या नरहेको अभिव्यक्ति दिएको कुरा पूर्वराष्ट्रपति भण्डारीले बताउनु भयो ।