काठमाडौँ । नेपाली कांग्रेसले ईश्वरी न्यौपानेलाई राज्यव्यवस्था तथा सुशासन समितिको सभापति बनाउने कांग्रेसले निर्णय गरेको छ ।
सभापति शेरबहादुर देउवा निवासमा बसेको पदाधिकारी बैठकले न्यौपानेलाई राज्यव्यवस्था समिति सभापति बनाउने निर्णय गरेको हो । न्यौपानेले संसदीय सुनुवाइ समितिको सभापति पनि हुनुहुन्छ ।
निजामती विधेयकमा समावेश गरिएको कुलिङ पिरियडको गडबडीबारे छानबिन गर्न गठित जीवन परियार नेतृत्वको समितिले निवर्तमान सभापति रामहरि खतिवडा र समितिका सचिव सुरजकुमार दुरालाई मुख्य नैतिक जिम्मेवार ठहर्याएको थियो । त्यसलगत्तै खतिवडाले राजीनामा दिनु भएपछि सभापति रिक्त रहेको छ ।










