२४ असार २०८३, बुधबार
,
Latest
जंगली विषालु च्याउले बर्सेनि लिन्छ ज्यान, सचेतनाका लागि छैन छुट्टै कार्यक्रम औषधि आपूर्तिमा अनियमितता गरेको आरोपमा आठ कर्मचारीविरुद्ध मुद्दा ध्रुवे हात्ती नियन्त्रणका लागि चौबीसै घण्टा अनुगमन, मृतक परिवारलाई राहत छानबिन प्रतिवेदन नआउँदासम्म बसपार्कको जग्गा दाबी गर्न मिल्दैनः पोखरा महानगरपालिका प्रदेश खेलकुद बोर्डद्वारा एक सय खेलाडी सम्मानित कोशी प्रदेश सरकारको निर्णय सभामुखसमक्ष बुझाइएको प्रतिवेदन कार्यान्वयनका लागि सचिवालयलाई निर्देशन शैक्षिक परामर्श संस्थामा कडाइ, २५ लाख धरौटी र ‘डिजिटल’ कारोबार अनिवार्य सुडानमा ड्रोन आक्रमणबाट कम्तीमा २० सर्वसाधारणको मृत्यु राहदानी सेवा दुई दिन बन्द हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वराष्ट्रपति भण्डारीद्वारा तीजको शुभकामना



अ+ अ-

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली महिलाको महान् पर्व हरितालिका तीजको अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ ।

पूर्वराष्ट्रपति भण्डारीले आज विज्ञप्ति जारी गर्दै हरितालिका तीज पर्वले हाम्रो जीवनशैली, संस्कृति र सहिष्णुताको उज्जवल परम्परा रहेको बताउनुभएको हो । उहाँले विवाहित महिलाहरुले आफ्ना जीवनसाथी तथा परिवारको सुस्वास्थ्य, दीर्घायु र कल्याणको कामना गर्दै ब्रत बस्ने धार्मिक आस्था यो पर्वसँग गहिरो रुपमा जोडिएएको उल्लेख गर्नुभएको छ ।

विवाहपश्चात महिलाले जन्मघर छाडे कर्मघरमा जीवन बिताउँदा उत्पन्न हुने भावनात्मक दूरीलाई कम गर्ने अवसरमा रुपमा तीजलाई लिइन्छ,’ पूर्वराष्ट्रपति भण्डारीले आफ्नो शुभकामना सन्देशमा भन्नुभएको छ– ‘यो पर्वले चेली र माइतीबीचको आत्मीयता, परिवार र साथीसंगीबीचको न्यानो सम्बन्ध तथा समाजभित्रको भावनात्मक एकतलाई अझ प्रगाढ बनाउन महत्वपूर्ण भूमिका खेल्छ ।’

उहाँले महिलामाथि हुने विभेद, हिंसा र कुरितिहरुको अन्त्य गर्दै समतामूलक समाज निर्माण गर्ने प्रेरणा यो पर्वले लिने विश्वास व्यक्त गर्नुभएको छ । ‘पछिल्ला वर्षहरुमा तीज पर्व मनाउने क्रममा देखिएको केही भड्किलोपना र खर्चिलोपन चिन्ताको विषय बनेको छ, हामी सबैले यस पर्वसँग गाँसिएका धार्मिक र सांस्कृतिक मूल्यहरुलाई संरक्षण गर्दै समाजमा देखिने विकृति र विसंगतिहटाउन प्रयास गर्नुपर्छ,’ पूर्वराष्ट्रपति भण्डारीको शुभकामना सन्देशमा भनिएको छ ।