१९ मंसिर २०८२, शुक्रबार
,
Latest
चुरे क्षेत्रको अवैध उत्खनन रोक्न अनुगमन भदौमा त्यो स्थिति जे आयो, त्यो न तपाईँको हातमा थियो, न हाम्रो हातमा कांग्रेस सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन स्थानियतह देखी प्रदेश तथा संघलाई कानून निर्माणका सहजीकरण गर्दे कानून समाज छ दिनमा १२ जना फरार प्रतिवादी पक्राउ सहरी क्षेत्रको माटोको गुणस्तर अभिवृद्धि गर्नु जरुरी छः मन्त्री परियार मुस्ताङ भन्सारमा चार अर्ब ४१ करोड बढी राजस्व सङ्कलन कारागारमा सुरक्षाकर्मीसँग चिनजान, घरमा गएर विभत्स हत्या हेटौँडाको मुख्य सडक विस्तारको सूचना कार्यान्वयन नगर्न सर्वाेच्च अदालतको अन्तरिम आदेश विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

कवि डा नवराज लम्सालको चौथो महाकाव्य ‘कल्प’ आउँदै



अ+ अ-

काठमाडौँ । मदन पुरस्कार विजेता कवि डा नवराज लम्सालको चौथो महाकाव्य ‘कल्प’ यही भदौ २० गते सार्वजनिक हुने भएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठानको सभाहलमा ‘कल्प’ सार्वजनिक हुन लागेको लम्सालले जानकारी दिनुभयो ।

डा लम्सालका कर्ण, धरा र अग्नि महाकाव्य प्रकाशित छन् । लेख्नैका लागि रेडियो नेपालको निर्देशक तहको जागिर छोडेका डा लम्सालले ‘कल्प’का लागि झण्डै पाँच वर्ष खर्चेको बताउनुभयो ।

महाभारतका पात्र कर्णलाई नायकत्व दिएर लेखिएको कर्ण, देशको बहुलता र वैचारिक परम्परामाथि केन्द्रित धरा, आरनबाट उठेको सीपमा देशको इतिहास कुँदिएको अग्निपछि सार्वजनिक हुने कल्पलाई विशेष प्रतीक्षाका साथ हेरिएको छ ।

कल्प शिखा बुक्सले प्रकाशन गरेको हो । शिखा बुक्सका पुष्पराज पौडेलका अनुसार कल्पमा वैश्विक चेतना भेट्न सकिन्छ । “कल्प नेपाली कविले विश्वका महत्वपूर्ण घटनाक्रम र त्यसबाट मान्छेमाथि परेको प्रभाव कस्तो हुन्छ भनेर आकलन गरे लेखेको काब्य हो”, उहाँले भन्नुभयो, “विषयवस्तु, भाषा र शैलीका हिसाबले कल्प नयाँ हुनेमा मेरो विश्वास छ ।” उहाँले कल्पले आजको विश्वको समस्यामाथि बहस प्रारम्भ गर्नेमा विश्वास व्यक्त गर्नुभयो ।

सूचना, समाचार र साहित्यिक कर्मका लागि रेडियो नेपालमा ३० वर्ष र बिबिसीमा १० वर्ष बिताउनुभएका डा लम्साल विगत ४० वर्षदेखि गीत र कविता लेखनमा क्रियाशील छन् । लम्सालको यो चौथो महाकाव्य र नवौँ कृति हो । डा लम्सालले अग्नि महाकाव्यका लागि २०७८ को मदन पुरस्कार प्राप्त गर्नुभएको थियो । रासस