२० जेष्ठ २०८३, बुधबार
,
Latest
फिर्के खोला वरपरका १६० संरचना हटाइयो खेलकुदका माध्यमबाट अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारमा महत्त्वपूर्ण योगदान पुग्छ : राष्ट्रपति तापक्रममा वृद्धि, काठमाडौँमा पनि बढ्यो गर्मी छल्न बर्दिबासका विद्यालय बन्द अन्नपूर्ण आरोहण दिवसमा लमजुङको दोर्दीमा पर्वतारोहीहरू सम्मानित इरानी आक्रमणमा कुवेत विमानस्थलमा एकको मृत्यु, ६३ घाइते गाजाको ७० प्रतिशत क्षेत्र नियन्त्रण गर्ने विषय अमेरिकी शान्ति योजनामा समावेश छैन : रुबियो अष्ट्रेलियामा विद्युतीय सवारी बजारमा तीव्र वृद्धि दुर्गम क्षेत्रमा इन्टरनेट विस्तारसँगै इन्डोनेसियाको नयाँ डिजिटल नीति पोखरा–जोमसोम हवाई सेवा तीन महिना बन्द
तपाईं के खोज्दै हुनुहुन्छ ?

कवि डा नवराज लम्सालको चौथो महाकाव्य ‘कल्प’ आउँदै



अ+ अ-

काठमाडौँ । मदन पुरस्कार विजेता कवि डा नवराज लम्सालको चौथो महाकाव्य ‘कल्प’ यही भदौ २० गते सार्वजनिक हुने भएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठानको सभाहलमा ‘कल्प’ सार्वजनिक हुन लागेको लम्सालले जानकारी दिनुभयो ।

डा लम्सालका कर्ण, धरा र अग्नि महाकाव्य प्रकाशित छन् । लेख्नैका लागि रेडियो नेपालको निर्देशक तहको जागिर छोडेका डा लम्सालले ‘कल्प’का लागि झण्डै पाँच वर्ष खर्चेको बताउनुभयो ।

महाभारतका पात्र कर्णलाई नायकत्व दिएर लेखिएको कर्ण, देशको बहुलता र वैचारिक परम्परामाथि केन्द्रित धरा, आरनबाट उठेको सीपमा देशको इतिहास कुँदिएको अग्निपछि सार्वजनिक हुने कल्पलाई विशेष प्रतीक्षाका साथ हेरिएको छ ।

कल्प शिखा बुक्सले प्रकाशन गरेको हो । शिखा बुक्सका पुष्पराज पौडेलका अनुसार कल्पमा वैश्विक चेतना भेट्न सकिन्छ । “कल्प नेपाली कविले विश्वका महत्वपूर्ण घटनाक्रम र त्यसबाट मान्छेमाथि परेको प्रभाव कस्तो हुन्छ भनेर आकलन गरे लेखेको काब्य हो”, उहाँले भन्नुभयो, “विषयवस्तु, भाषा र शैलीका हिसाबले कल्प नयाँ हुनेमा मेरो विश्वास छ ।” उहाँले कल्पले आजको विश्वको समस्यामाथि बहस प्रारम्भ गर्नेमा विश्वास व्यक्त गर्नुभयो ।

सूचना, समाचार र साहित्यिक कर्मका लागि रेडियो नेपालमा ३० वर्ष र बिबिसीमा १० वर्ष बिताउनुभएका डा लम्साल विगत ४० वर्षदेखि गीत र कविता लेखनमा क्रियाशील छन् । लम्सालको यो चौथो महाकाव्य र नवौँ कृति हो । डा लम्सालले अग्नि महाकाव्यका लागि २०७८ को मदन पुरस्कार प्राप्त गर्नुभएको थियो । रासस