काठमाडौँ । समाजवादी पार्टीका नेता एवं पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले प्रधानमन्त्री केपी ओलीलाई राजीनामा दिन सुझाव दिएका छन् । आजको संसदमा बोल्दै उनले भने, प्रधानमन्त्रीज्यू अब धेरै लोभ नगर्नुस्, हामी पूर्व प्रधानमन्त्रीहरु पनि कसैले लोभ नगरौँ, अब नयाँ पुस्तालाई दिउँ, तपाई विरामी पनि हुनुहुन्छ राजीनामा दिनुस् ।
प्रधानमन्त्री ओलीले विरामी अवस्थामा र जीर्ण शरीर लिएर शासन गर्न खोज्नुले आफैलाई पनि अन्याय गरेको बताए ।
बजेट अधिवेशनको पहिलो बैठकलाई सम्बोधन गर्दै उनले भने, जीर्ण शरीरलाई आराम दिनोस्, अब धेरै लोभ नगर्नुस्, दशेमा अराजकता र अप्रजातान्त्रिक काम धेरै भएका छन् तपाइँले राजीनामा दिएमा मात्र देशके निकास पाउँछ ।
सबै शासन व्यवस्थाका अंगहरु नियन्त्रणमा राख्ने र त्रासमा राखेर एक किसीमले राज्य आतंक मच्चाउने काम यो सरकारले गरेको उनले बताए । डा.भट्टराईले सांसद अपहरणको केशमा उजुरी दिन जाँदा नमान्ने, जाहेरी पनि नलिने अवस्था प्रहरी संगठनमा भएको भन्दै प्रधानमन्त्रीका कारणले नै यस्तो भएको उनले आरोप लगाए ।