१ भाद्र २०८३, सोमबार
,
Latest
विश्व बैंकको सहयोगमा पोखरामा दुई सडक निर्माण, एक निर्माणाधीन राष्ट्रिय ब्याडमिन्टनमा क्षितिज र प्रिन्सबीच फेरि भेट मन्त्री लम्साललाई हेलिकप्टरमार्फत धनगढी लगियो नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलियातर्फ  बस्ती पसेको बाघ नियन्त्रणमा सुदूरपश्चिममा वर्षाको सम्भावनाः सतर्कता अपनाउन आग्रह जनकपुरधामको फोहोर व्यवस्थापनमा बर्सेनि करोडौं खर्च, अहिलेसम्म छैन ल्यान्डफिल साइट गुल्मीमा दुई महिनादेखि हवाई सेवा प्रभावित मानवीय सहायताका लागि सात सयभन्दा बढी ट्रक पाकिस्तान हुँदै अफगानिस्तान भित्रिए ‘बङ्गलादेशः हसिना फिर्ता नभएसम्म प्रधानमन्त्री रहमान भारत भ्रमण नगर्ने ‘
तपाईं के खोज्दै हुनुहुन्छ ?

मटिहानी मठ व्यवस्थित गर्ने मन्त्री अधिकारीको प्रतिबद्धता



अ+ अ-

महोत्तरी। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले मटिहानीस्थित लक्ष्मीनारायण मठ व्यवस्थित गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।

आज यहाँ आइपुग्नुभएका उहाँले मठको अनुगमन निरीक्षणपछि यसको सम्भार र व्यवस्थापनको तत्काल पहलकदमी लिने प्रतिबद्धता व्यक्त गर्नुभएको हो ।

“मठका भवनहरुको मर्मतसम्भार, रङ्गरोगन र तारबारसहित कर्मचारीहरुको सुविधा वृद्धिका कुरा यहाँ आएको छ”, उहाँले भन्नुभयो, “यी तत्काल गरिनुपर्ने काम देखिएका छन् । सरकारले पहलकदमी लिन्छ ।”

यसअघि मटिहानी नगरपालिकाका प्रमुख हरिप्रसाद मण्डल, मठका उत्तराधिकारी महन्थ डा रवीन्द्रदास वैष्णव र सन्तहरुले मन्त्री अधिकारीको स्वागत गर्दै यहाँका तत्काल गरिनुपर्ने कामबारे ध्यानाकर्षण गराउनुभएको थियो ।

लक्ष्मीनारायण मठ धार्मिक रितिथिति, संस्कृति र परम्पराको सम्वाहक तथा संरक्षक मानिन्छ । यसको साख जोगाइ राख्न स्थानीय तह, मठ प्रशासन र मटिहानी नगरवासीको पहिलो कर्तव्य हुने मन्त्री अधिकारीले बताउनुभयो ।रासस