६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

सरकार कुनै पनि प्रकारको आपराधिक कार्यको पक्षमा छैन : उपनेता नेम्वाङ

सरकार कुनै पनि प्रकारको आपराधिक कार्यको पक्षमा छैन :  उपनेता नेम्वाङ
अ+ अ-

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले सरकार कुनै पनि प्रकारको आपराधिक कार्यको पक्षमा नरहेको स्पष्ट पार्नुभएको छ । 

संघीय संसदको छटौ अधिवेशन अर्थात बजेट अधिवेशनको पहिलो दिन शुक्रबारको प्रतिनिधिसभा बैठकमा शुभकामना मन्तव्य दिदै उपनेता नेम्वाङले सरकार संविधान कार्यान्वयनमा प्रतिवद्ध रहेको र आपराधिक कार्यको पक्षमा नरहेको बताउनुभएको हो । प्रमुख प्रतिपक्षी दल नेपाली काग्रेसका नेता शेरबहादुर देउवाले बैठकमा बोल्दै सांसद अपहरण जस्तो अवाञ्छित र आपराधिक गतिविधिमा सरकार संलग्न रहेको आरोप लगाएपछि उपनेता नेम्वाङले सरकारको बचाउ गर्नुभएको हो । उहाँले ‘सांसद अपहरण’को यथार्थ यसै अधिवेशनमा आउने पनि बताउनुभयो ।

उहाँले भन्नुभयो “सांसदको अपरहणको कुरा विवादै छैन । कुनै पनि नाममा यस्ता  खालका कामहरु हुनु हुदैन । तर भएको के हो ? यथार्थ के हो ? त्यस सम्बन्धी कुराहरु पनि यही संसद चल्दा चल्दैको अवस्थामा यथार्थ कुरा आउँछ भन्ने मलाई विश्वास छ । हामी कुनै प्रकारका आपराधिक कार्यहरुको पक्षमा छैनौ । ”

उहाँले घुमाउरो शैलीमा सरकार जवाफदेही र पारदर्शी भएको दाबी पनि गर्नुभयो । उहाँले भन्नुभयो “यो अधिवेशनले एउटा राम्रो निष्कर्षमा हामीलाई पुराउन सकोस् । देशलाई जवाफदेहीता र पारदर्शीताको टुंगोमा, निष्कर्षमा पुर्याउन यो अधिवेशनले महत्वपुर्ण भूमिका निर्वाह गर्न सकोस् । यसमा हाम्रो भुमिका रहन्छ । हाम्रो सहयोग रहन्छ । ”

उहाँले मुलुक अत्यन्तै अप्ठ्यारो र चुनौतिपुर्ण अवस्थामा रहेकाले समस्या सम्बोधन गर्ने सन्र्दभमा सबै एकजुट भएर अघि बढ्नुपर्ने आवश्यकता औल्याउनुभयो । उहाँले कारोना संक्रमण रोकथाम र नियन्त्रणका लागि लकडाउन विकल्पहिन बाध्यता र आवश्यकता भएको बताउनुभयो । उहाँले कोरोनाले क्षति पुराएको विविध पक्षको सम्बोधन गर्नका यो अधिवेशनमा आधारहरु तय गर्दै अघि बढ्नुपर्ने आवश्यता रहेकाले त्यस अभियानमा सबैको सहयोग प्राप्त हुने विश्वास आफुले लिएको बताउनुभयो । प्रमुख प्रतिपक्षी लगायत सम्पुर्ण प्रतिपक्षी दललाई कोरोना विरुद्धको लडाईमा एकजुट भएकोमा सरकारको तर्फबाट धन्यवाद दिनुभयो ।

उहाँले यो अधिवेशनले बजेट संगै शान्ति प्रक्रियाका बांकी कामलाई पनि अन्तिम टुंगोमा पुर्याउने विश्वास व्यक्त गर्नुभयो । सत्य निरुपण तथा मेलमिलाप र वेपत्ता आयोग सम्बन्धी कानुन निर्माण अन्तिम चरणमा पुगेको यसै अधिवेशले टुंगो लगाउने विश्वास आफुले लिएको बताउनुभयो ।