२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौंमा कवाड व्यवसायीहरूको प्रदर्शन, ‘रोजीरोटी खोसियो’ भन्दै आक्रोश



अ+ अ-

काठमाडौं । राजधानी काठमाडौंमा आज कवाड व्यवसायीहरूले विरोध प्रदर्शन गरेका छन् । कवाड व्यवसायी संघर्ष समितिको अगुवाइमा भएको उक्त प्रदर्शनमा सहभागीहरूले काठमाडौं महानगरपालिकाले गरेको निर्णय खारेज गर्न माग गरेका छन् ।

प्रदर्शनकारीहरूले भृकुटीमण्डपदेखि कमलादीस्थित काठमाडौं प्लाजासम्म र्याली निकाल्दै ‘हाम्रो व्यवसाय बचाऊ’, ‘रोजीरोटी खोस्न पाइँदैन’ ,’कवाड संकलकलाई वैकल्पिक व्यवस्था गर’ भन्ने नारासहित नाराबाजी गरेका थिए ।

काठमाडौं महानगरपालिकाले पछिल्लो समय आफ्नो क्षेत्रभित्र कवाड संकलन र भण्डारणमा पूर्ण प्रतिबन्ध लगाएको छ । यसलाई अन्यथा व्यवहार गर्दै कवाड संकलक र व्यवसायीहरू निरन्तर आन्दोलनरत रहेका छन् । उनीहरूले कवाड संकलन मात्र होइन, यसैबाट हजारौं परिवारको जीवननिर्वाह हुने भन्दै प्रतिबन्धले प्रत्यक्ष रूपमा गरिब तथा श्रमिक वर्गमाथि आघात पुयाएको आरोप लगाएका छन् ।