१५ भाद्र २०८३, सोमबार
,
Latest
बुद्धशान्ति गाउँपालिकाद्वारा उद्धार कोषमा रु ३२ लाख ५५ हजार सहयोग भोटेकोशी बाढीः सम्पर्कविहीनको खोज तथा उद्धार तीव्र भोटेकोशी बाढीः गोरखामा थप सात शव व्यवस्थापन सूचना दिने नाममा पीडितका आँखामा आँशु नथपौँ लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीहरूद्वारा पारिश्रमिकबाट बाढीपीडितलाई सहयोग वर्षाैँसम्म ठेक्का अलपत्र पार्ने प्रवृत्तिको अन्त्य गर्छाैँः मुख्यमन्त्री भट्ट प्रधानमन्त्री दैवी प्रकोप कोषमा सहयोग संकलन जारी बाढी प्रभावित क्षेत्रका अधिकांश स्थानमा विद्युत् र सञ्चार सेवा पुनःस्थापना बाढी प्रभावितको उद्धार र पुनर्स्थापनाका लागि सिप्रदी र भोटेकोशी पावरद्वारा ५ करोड १ लाख सहयोग जलविद्युत् आयोजनामा खोज तथा उद्धार जारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

पार्टी प्रति नकारात्मकता फैलाउनेहरुलाई छुट दिन सकिँदैन: अध्यक्ष नेपाल



अ+ अ-

काठमाडौ । नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नेपालको कम्युनिष्ट आन्दोलन गम्भीरसंकट र चुनौतीबाट गुज्रिरहेको बताउनु भएको छ ।

सोमवार काठमाडौंमाआयोजित ‘आजको सन्दर्भमा नेपाली विशेषताको समाजवाद’ विषयक विचार गोष्ठीकार्यक्रममा बोल्दै अध्यक्ष नेपालले यस्तो बताउनु भएको हो ।

उहाँले कम्युनिष्ट पार्टीभित्रमात्र नभई हालको राजनीतिक परिस्थिति सबै राजनीति दलहरुको लागि चुनौतीपूर्ण रहेको टिप्पणी गर्नुभयो । राजनीतिक संकट र चुनौतीहरुको सामना गर्नको लागि पार्टीका प्रत्येक नेताहरुले सार्वजनिक कार्यक्रमहरुबाट आम नागरिक र कार्यकर्तामा सकारात्मकसन्देश दिनुपर्नेमा उहाँको जोड छ । उहाँले पार्टीका आन्तरिक समस्याका विषयहरुलाई पार्टी कमिटीमा राखेर यथार्थतामा अघि बढ्नुपर्ने बताउनु भयो । उहाँले पार्टी संगठन निर्माणलाई तिव्रता दिनका निम्ति जिम्मेवारी पाएका नेताहरुको कार्यसम्पादनकोप्र भावकारी अनुगमन आवश्यक रहेको पनि बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘नेपालको कम्युनिष्ट आन्दोलन अहिलेनिकै ठूलो संकटको अवस्थामा छ । चुनौतीको बीचमा छ । नेपालको कम्युनिष्टआन्दोलन मात्रै होइन । नेपालको राजनीति र नेपालका राजनीतक दलहरुका सामु पनि यस्तैसंकट र चुनौतीहरु छन् । चुनौती नै चुनौतीहरुको माझबाट हामी अगाडि बढिरहेका छौं। त्यसकारण चुनौतीबाट आत्तिनुपर्ने, संकटबाट तर्सिनुपर्ने कुनै आवश्यकता छैन । संकटकहिले आएन ? चुनौती कहिले थिएन ? चुनौती र संकटहरुलाई पन्छ्याउँदै हामीअगाडि बढिरहेका छौं । त्यसकारण चुनौती र संकटको सामना गर्ने आँटका साथ अगाडिबढाउनुपर्छ । कुनैपनि नेताले जिम्मेवारी लिईसकेपछि त्यो जिम्मेवारीलाई पुरा गर्नुपर्छ। जिम्मेवारी पुरा गरिएको छ कि छैन ? सोअनुसार काम गरिएको छ कि छैन भन्ने कुराकोअनुगमन पनि हुनुपर्छ । त्यसलाई प्रभावकारी बनाउन कार्यसम्पादन बुझायउने प्रणालीलाईव्यवस्थित गर्नुपर्छ । त्यसरी प्रतिवेदन नबुझाउनेलाई आवश्यक कारबाहीको प्रक्रिया पनिअगाडि बढाउनुपर्छ । यी सबै काम गर्न सकेको अवस्थामा मात्र पार्टीलाई गतिशील बनाएर अघिलैजान सकिन्छ । काम गर्नेहरु पनि छन् । गरेर देखाइरहेका पनि छन् । काम गर्नेहरुकोप्रसंशा पनि गर्नुपर्छ ।’

पार्टीको पक्षमा दृढता साथ बोल्न नेता कार्यकर्ताहरुलाई निर्देशन समेत दिनुभयो । अध्यक्ष नेपालले पार्टीसिद्धान्तमा आँच आउने काम गर्ने कसैलाई पनि छुट दिन नसकिने चेतावनी समेत दिनुभयो ।पार्टीप्रति नकारातमकता फैलाएर पार्टीलाई सिध्याउन खोज्ने प्रवृत्तिलाई कुनैपनि हालतमा छुट दिन नसकिने उहाँको भनाइ छ ।