६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

पाँच कलाकारका कला: काठमा बालुवा भरेको थाङ्कादेखि धार्मिक र मिथिला कलासम्म

पाँच कलाकारका कला: काठमा बालुवा भरेको थाङ्कादेखि धार्मिक र मिथिला कलासम्म
अ+ अ-

काठमाडौँ । क्यानभास वा आर्ट पेपरमा चित्र सिर्जना हुन्छ । तर काठमा पनि क्यानभासमा झै महसुस हुने कला कोर्ने अभ्यास निक्कै नौलो हो । यसमाथि रङ पोतेर होइन, बालुवा चालेर । त्यो पनि थाङ्का कला सिर्जना गर्न दृष्यचित्र उतार्नभन्दा निक्कै कठिन काम हो । नयाँनयाँ कलाको अभ्यास गर्न रुचनाउने कलाकार छेपाल दोर्जे शेर्पाले यसपाली ठमेलमा भइरहेको कला प्रदर्शनीमा त्यही नौलो प्रस्तुति दिनुभएको छ ।

सिसौको काठमा उहाँले पहिले रेखा कोर्नुभयो । यसमा गम लगाउनुभयो । फरक फरक रङ मिसाएर तयार पारिएको रङ्गिन बालुवा चुहाएर उहाँले मण्डला तयार पार्नुभयो । मण्डलाकोबीच भागमा हरित तारा ९ग्रीन तारा० बनाउनुभएको छ ।

ठमेलस्थित छायाँ सेन्टरमा रहेको ‘द कला सलोन’मा पाँच जना कलाकारमध्ये शेर्पाको एउटा मात्रै कला प्रस्तुत भएको छ, ‘हरित तारा मण्डला’ । झट्ट हेर्दा ‘वाउ लाग्ने’ कला क्यान्भासमा बनाइएको ठानिए पनि चित्र काठको फ्ल्याकमा रङ्गिन बालुवाको प्रयोग गरी सिर्जना गरिएको हो । बालुवामा पनि थाङकाको प्रभाव राम्ररी प्रस्तुत गर्न कलाकार सक्षम देखिनुहुन्छ । मण्डला जस्तो कला पनि बालुवाबाट बनाइएको सिर्जना हेर्न लायक छ ।

उहाँ भन्नुहुन्छ, “केही नयाँ दिउँ भनेर यो कला सिर्जना गरिएको हो, धार्मिक मान्यता अनुसार ने बालुवाको यो थाङ्का तयार पारिएको हो ।”विविधता बोकेको नेपालमा कलाको पनि विविधता रहेको छ । थाङ्का पौभा जस्ता मौलिक परम्परागत कलाका साथै थारु, अवधि, मिथिला जस्ता लोक कलाका साथै आधुनिक, समसामयिक कलाले नेपाललाई चिनाइरहेको छ । यस्तै कलाकृतिहरुसँग बनेको छ यहाँको कला प्रदर्शनी ‘द हिमालयन नाउ’ ।

ठमेल स्थित ‘द कला सलोन’मा जारी प्रदर्शनीमा ३२ थान कलाकृतिहरु सजिएका छन् । प्रदर्शनी संयोजक अर्का कलाकार उमेश श्रेष्ठका आठ थान कलाकृति प्रदर्शनीमा राखिएका छन् । घण्टीलाई मुख्य विषय बनाइ आफ्नो भावना पोख्नुहुने श्रेष्ठले प्रदर्शनीमा धार्मिक विषयलाई समाजसँग जोडेर कला सिर्जना गर्नुभएको छ । उहाँका ‘द होली किस’, लिभिङ गणेस, ‘विट्विन डिभोशन एण्ड सर्कल, दोलखाको भीमसेन, कुमारीजस्ता चित्रमा नेपाली कलामा आधुनिक चेतको आभाष पाउन सकिन्छ । उहाँ भन्नुहुन्छ, “नेपाली समसामयिक तथा आधुनिक कलामा आफ्नोपन कसरी ल्याउने अभ्यास भएका कलालाई कसरी आधुनिक रुपमा परिभाषा गर्ने भन्ने सोच आफ्नो रहेकाले हिमालयनलाई जोडेर पहिचान विश्वमा पुर्‍याउने आफ्नो प्रयास हो ।” उहाँले यो विषयमा सिरिजमा कला प्रदर्शनी गर्ने योजना रहेको सुनाउनुभयो ।

उहाँले नेपाली समसामयिक कलालाई पुर्नरपरिभाषित गरेर नेपाली कलालाई विश्व पहिचान दिने यात्रामा लागेको उहाँले बताउनुभयो । १३ वर्ष अघिको एउटा युवतीका वास्तविक कथालाई उतारेर उहाँले ‘प्रणय दिवस’ शीर्षकमा चोखो माया के हो त भनेर प्रस्तुत गर्नुभएको छ । आफ्नै घरमा डेरा गरेर बसेका केटासँग ती युवतीको लभ पर्छ । दुई वर्ष जीवित रह्यो । त्यसपछि खटपट भयो । तर पनि ती केटीले उसका लागि उपहार दिनका लागि कुरिरहेकी हुन्छिन् । चिमा ती युवती हिउँ परिरहेका बेला पनि केटालाई उपहार दिन कुरिरहेको दृष्य निक्कै मार्मिक लाग्छ ।

अर्की वीरगञ्जकी कलाकार राखी कर्णका १० वटा कलाकृतिमा मिथिला कलाको सुगन्ध यहाँ पाइन । उहाँले विष्णुलोक, दश अवतार, राधाकृष्ण, मयुर, भगिरथ गङ्गा, छिन्नमस्ता जस्ता विषयमा कलाकृति सिर्जना गर्नुभएको छ । भगिरथ गङ्गा जब पहिलोपटक धर्तीमा अवतरण गर्दा, गङ्गाले भन्नुभयो–“मेरो भार धर्तीले थाम्न सक्दैन, त्यसकारण भागीरथले तपस्या थाल्नुभयो, भगवान शङ्करले आफ्नो जटाले साथ दिएर थाम्नुहुन्छ भनेपछि भागिरथ गङ्गा धर्तीमा अवतरण गर्नुभएको धार्मिक विषयलाई उहाँले मिथिला कलाको सुगन्धका साथ प्रस्तुत गर्नुभएको छ ”।

अर्का कलामा कलाकार कर्णले प्राय सुतिरहने नारायणको जागृत मुद्रालाई समेटेर प्रस्तुत गर्नुभएको छ । अर्को कलामा बुद्धका जन्म, बाल्यकाल, घर छाडेको र देहावसानलाई एउटै क्यान्भासमा समेट्नुभएको छ । उहाँ भन्नुहुन्छ, “टिपिकल मिथिला आर्टबाट अलिकति फरक कन्सेप्चुअल आर्टलाई अगाडि बढाउँदै छु, दुनियाँको अगाडि मिथिला कला राम्रो मूल्यमा पठाउन सकिन्छ भन्ने उद्देश्य मेरो हो, कलरलाई पनि खेलाएर प्रस्तुत गरेकी छु ।”

सानैमा भित्तामा कला कोरेर कला सिर्जनामा लाग्नुभएकी कर्ण १० वर्षदेखि भने क्यान्भासमा कला भर्दै आउनुभएको छ । उहाँले यमा मिथिलालाई फ्यूजन गर्नुभएको छ । मिथिया आर्टको विशेषता स्टोरी टेलिङ हो अनि कला आकर्षक हुन्छ । त्यही कलालाई आर्ट भ्यालु जोडेर उहाँले नयाँ प्रयोग गरिरहनुभएको छ ।

त्यस्तै कलाकार शुभाद्री शुभाले पनि मिथिला शैलीमै ११ थान कला प्रदर्शनीमा राख्नुभएको छ । उहाँका कलामा माछा, कृष्ण बाललिला, मयुर, दश अवतार जस्ता विषयलाई समावेश गर्नुभएको छ । यस्तै कलाकार कुमार थापाका दुई थान आधुनिक मूर्ति राखिएका छन् । मुर्तिहरु ‘स्टेनलेस स्टिल’बाट बनाइएको छ । विविध धारमा बगिरहेको कलामा नेपालीपनको खोजी प्रदर्शनीको उद्देश्य रहेको प्रदर्शनी संयोजक उमेश श्रेष्ठ बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ,“यसै कारण विविध विधामा काम गरिरहेका कलाकारलाई एकै स्थानमा ल्याउने प्रयास गरिएको हो ”। सो स्टुडियोले प्रदर्शनीको संयोजन तथा योजना बनाएको जनाउँदै श्रेष्ठले जारी प्रदर्शनी आगामी भदौ २४ गतेसम्म रहने बताउनुभयो ।