४ असार २०८३, बिहीबार
,
Latest
विपक्षी सांसदको गुनासो : संसद्मा उठाएका विषयको सुनुवाइ भएन मनसुनजन्य विपद्मा शून्य मानवीय क्षतिको लक्ष्यः गृहमन्त्री गुरुङ मनसुन विपद्का लागि सरकारको उच्च सतर्कता, हेलिकप्टरसहित सबै स्रोत परिचालन हुने आगामी सातादेखि मनसुन प्रतिकार्यमा जुट्नुपर्नेछः प्रमुख कोईराला रास्वपा महाधिवेशनका प्रतिनिधि टुंग्याउने तयारी तीव्र, नयाँ नेतृत्व चयनको प्रक्रिया सुरु कानुन निर्माणको प्राथमिकताबारे श्रममन्त्री यादवसँग मन्त्री गौतमको छलफल सभामुख अर्यालसँग संयुक्त अरब इमिरेट्सका राजदूतको शिष्टाचार भेट विद्युत् परियोजनामा पारदर्शिता बढाउन सूचनापाटी राख्न ऊर्जा मन्त्रीको सुझाव निकुञ्ज घुम्न आउने आन्तरिक पर्यटक बढे अधिकार सम्पन्न यातायात प्राधिकरण गठन नभएसम्म सुधार सम्भव छैन
तपाईं के खोज्दै हुनुहुन्छ ?

पहिलो पटक पुरुषको वीर्यमा पनि देखियो कोरोना भाइरस



अ+ अ-

काठमाडौं । कोरोनाभाइरस (कोभिड-१९) निको हुन लागेका पुरुषको वीर्यमा भने भाइरस रहिरहनसक्ने नयाँ अध्ययनले देखाएको छ । चिनियाँ अनुसन्धानकर्ताहरुका अनुसार यस अध्ययनले यौन सम्पर्कमार्फत पनि कोरोना सर्नसक्ने सम्भावना औंल्याएको छ ।  

कोरोना महामारी उच्च रहेका बेला अर्थात् जनवरी र फेब्रुअरीमा साङक्यु नगरीय अस्पतालमा उपचार गराएका ३८ पूरुषहरुमा अनुसन्धानकर्ताले अध्ययन गरेका थिए । 

त्यसमध्ये १६ प्रतिशतको वीर्यमा कोरोनाको जीवाणु देखिएको यस अध्ययन टोलीले जर्नल जामा नेटवर्क ओपनलाई जानकारी गराएको छ । तीमध्ये ९ एकचौथाई गम्भीर अवस्था र झन्डै ९ प्रतिशत निको हुने अवस्थामा थिए । 

‘कोभिड–१९ भएका बिरामीको विर्यमा सार्स–कोभ–२ देखिन सक्ने भेटियो र निको हुँदै गरेका बिरामीमा पनि यस्तो देखिनसक्ने पाइयो,’ बेइजिङस्थित चिनियाँ जनमुक्ती सेना जनरल अस्पतालका डियानजेङ लि र उनको टोलीले लेखेको छ । 

यो नौलो खोजि भने होइन । पुरुषको प्रजनन क्षेत्रमा यसअघि अन्य भाइरस पनि भेटिएका थिए । इबोला र जिका भाइरस दुबै विर्यसम्म फैलिएको देखिएको थियो । विर्यबाट कोरोना फैलने विषय भने अझै स्पष्ट छैन । ‘यदि भविष्यमा सार्स–कोभ–२ यौन सम्पर्कमार्फत फैलन्छ भनेर प्रमाणित भयो भनेर रोकथामका हकमा यौन सम्पर्क गम्भीर पक्ष हुनेछ ,’ टोलीले लेखेको छ । 

यौन सम्पर्क नगर्ने वा कण्डमको प्रयोग गर्ने विषय रोकथामका लागि अबलम्बन गर्न सकिने यो टोलीले जनाएको छ । 

–सीएनएन