४ असार २०८३, बिहीबार
,
Latest
रासायनिक मलमा कालोबजारी नियन्त्रण गर्न पहल स्वास्थ्य बिमाको पुनःसंरचनाका लागि तयारी सुरु गण्डकी प्रदेशसभाः बजेटमाथि छलफल सुरु फोटोपत्रकार वन्त ‘कर्पोरेट फोटोग्राफी एक्सीलेन्स अवार्ड’बाट सम्मानित संविधान संशोधन बहसपत्र तयारी कार्यदलद्वारा पूर्वप्रधानमन्त्री डा भट्टराईसँग छलफल सार्वजनिक ऋण परिचालन गर्नुको विकल्प छैनः अर्थमन्त्री डा वाग्ले नेपाली चिया निर्यातको अवरोध हटाउन पहल गर्न परराष्ट्रमन्त्रीलाई महासंघको आग्रह मौरीपालक किसानलाई प्रविधिका सामग्री वितरण प्रधानमन्त्रीको जवाफ अर्थमन्त्रीमार्फत: एमालेको प्रश्न-औपचारिक जिम्मेवारी हस्तान्तरण भयो? सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप जारीः तेस्रो दिन सुवास शिर्ष स्थानमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

डा.महतले भने- देशको अखण्डताको सुरक्षा गर्न नसक्ने निकम्मा सरकार !



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका सहमहामन्त्री डा.प्रकाशशरण महतले यो सरकारले देशको अखण्डताको सुरक्षा गर्न नसकेको भन्दै बर्तमान सरकारलाई निकम्मा सरकार भनेका छन् । पूर्वपरराष्टमन्त्री समेत रहेका डा.महतले भने- देशको अखण्डताको सुरक्षा गर्न नसक्ने यो सरकारको अकर्मण्यता निन्दनीय छ, देशको सीमाको पनि रक्षा गर्न नसक्ने यो निकम्मा सरकार हो। 

उनले आज आफ्नो फेसबुक स्टाटसमा राष्ट्रियताको नारा लिएर सत्तामा पुगेको यो सरकारले जनतालाई ढाँटेको आरोप लगाएका छन् । उनले भनेका छन्- यो सरकारमा बस्नेहरु जे भन्छन् त्यो गर्दैनन्, उनीहरु जनतालाइ नारामा छल्न सकिन्छ काम गर्नुपर्दैन भन्नेमा विश्वास गर्छन । 

पूर्वमन्त्री डा.महतले भनेका छन्- अब यो सरकारमा बस्नेहरुले लिपुलेकमा जे भयो त्यसबारे थाहा नभएको बहाना गर्नेछन र अब समाधानका लागि पहल गर्ने भन्ने छन् नक्सा प्रकरणमा जस्तै, तर केही गर्ने छैनन् । सहमहामन्त्री डा.महतले देशको अखण्डताको सुरक्षा गर्न नसक्ने यो सरकारको अक्रमन्यता निन्दनीय रहेको बताएका छन्।