१२ भाद्र २०८३, शुक्रबार
,
Latest
कठिन घडीमा प्रत्येक प्रभावित नागरिकसम्म राज्य पुग्नेछ : प्रधानमन्त्री तनहुँमा आज थप तीन शव फेला, पहिचानको प्रक्रिया अघि बढाइयो रसुवाको भोटेकोशी बाढीपछि दुप्चेश्वर धामको मानवीय साथ, राहत सहयोग गर्ने पहिलो धार्मिक संस्था बन्दै पाँच… भोटेकोशी बाढी प्रभावितका लागि सखुवाप्रसौनीद्वारा पाँच लाख सहयोग चार दिनको जिम्मेवारी, अब जीवनभरको पर्खाइ ओखलढुङ्गामा हर्षोल्लासका साथ ढ्वाङकुम पर्व मनाइयो बाढीपीडितका लागि एडिबीले ५० लाख अमेरिकी डलर अनुदान दिने भोटेकोशी बाढीः पोखरामा तीन शव पहिचान, एउटा आफन्तलाई बुझाइयो उद्योग परिसङ्द्वारा पाँच करोड २९ लाख बाढीपीडितका लागि सहयोग लागुऔषधसहित एक जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

विधायन समितिको बैठक बस्दै



अ+ अ-

काठमाडौँ । सङ्घीय संसद्को विधायन व्यवस्थापन समितिको बैठक बस्दैछ । आजका लागि तय भएको बैठकमा ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१’ को मस्यौदा प्रतिवेदनमा छलफल हुने कार्यसूची छ ।

सो विधेयक, २०८१ पुस २३ गते राष्ट्रियसभामा दर्ता भएको थियो ।

जैविक वा निर्जीव वस्तु, प्रमाण, कुनै लिखत, मालसामान, भौतिक वस्तु तथा विद्युतीय सामग्री वा अनुसन्धानसँग सम्बन्धित राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा परीक्षणका लागि प्राप्त वस्तुलाई वैज्ञानिक विधि र पद्धतीको प्रयोगद्वारा प्रमाण सङ्कलन गर्न प्रयोगशाला स्थापना गरिनेछ ।

प्रयोगशालाको स्थापना, काम कर्तव्य र अधिकार, सञ्चालक समितिको गठन तथा काम कर्तव्य र अधिकार, परीक्षणसम्बन्धी व्यवस्था, कार्यकारी निर्देशक र कर्मचारीको व्यवस्था, प्रयोगशालाको कोष, लेखा तथा लेखापरीक्षणलगायतको व्यवस्था विधेयकमा प्रस्ताव गरिएको छ ।