९ आश्विन २०८१, बुधबार
,
Latest
इरानबाट मेरो जीवन ‘ठूलो खतरा’ मा छ– ट्रम्प पूर्वसभामुख अग्नि सापकोटाविरुद्धको मुद्दामा आज फैसला आउला ? साल्ट ट्रेडिङको सहकार्यमा नेपाली जुत्ताको सुपथ मूल्य पसल मलयालम अभिनेता सिद्दिकीविरुद्ध पक्राउ पुर्जी जारी सुनको मूल्यले १ लाख ६० हजार नाघ्यो मन्त्री राणा र अमेरिकी उपमन्त्री वासबीच भेटवार्ता हेटौँडा कुलेखानी सिस्नेरी हुँदै काठमाडौँ जाने सडक पुन: सञ्चालन बहिरा विद्यार्थीको भविष्य कोर्दै बहिरा शिक्षिका गौतम युएई दिराम र मलेसियन रिङ्गेटको भाउ घट्यो, अन्य विदेशी मुद्राको कति छ विनिमय दर? अन्नपूर्ण क्षेत्र सरसफाइ अभियान: सिसा र प्लाष्टिकका बोतलमा प्रतिबन्ध
तपाईं के खोज्दै हुनुहुन्छ ?

डा.महतले भने- देशको अखण्डताको सुरक्षा गर्न नसक्ने निकम्मा सरकार !



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका सहमहामन्त्री डा.प्रकाशशरण महतले यो सरकारले देशको अखण्डताको सुरक्षा गर्न नसकेको भन्दै बर्तमान सरकारलाई निकम्मा सरकार भनेका छन् । पूर्वपरराष्टमन्त्री समेत रहेका डा.महतले भने- देशको अखण्डताको सुरक्षा गर्न नसक्ने यो सरकारको अकर्मण्यता निन्दनीय छ, देशको सीमाको पनि रक्षा गर्न नसक्ने यो निकम्मा सरकार हो। 

उनले आज आफ्नो फेसबुक स्टाटसमा राष्ट्रियताको नारा लिएर सत्तामा पुगेको यो सरकारले जनतालाई ढाँटेको आरोप लगाएका छन् । उनले भनेका छन्- यो सरकारमा बस्नेहरु जे भन्छन् त्यो गर्दैनन्, उनीहरु जनतालाइ नारामा छल्न सकिन्छ काम गर्नुपर्दैन भन्नेमा विश्वास गर्छन । 

पूर्वमन्त्री डा.महतले भनेका छन्- अब यो सरकारमा बस्नेहरुले लिपुलेकमा जे भयो त्यसबारे थाहा नभएको बहाना गर्नेछन र अब समाधानका लागि पहल गर्ने भन्ने छन् नक्सा प्रकरणमा जस्तै, तर केही गर्ने छैनन् । सहमहामन्त्री डा.महतले देशको अखण्डताको सुरक्षा गर्न नसक्ने यो सरकारको अक्रमन्यता निन्दनीय रहेको बताएका छन्।