१९ मंसिर २०८२, शुक्रबार
,
Latest
मधेश प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा बालुवाटारमा सर्वपक्षीय बैठक सुरु भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन मधेशको मुख्यमन्त्रीमा कांग्रेस सांसद कृष्णप्रसाद यादवको दाबी पेश भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की जेनजी आन्दोलनका सहिद: एउटा सपनाको अन्त्यसँगै देशले भोगेको गहिरो क्षति कृषिमन्त्री डा परियार र राजदूत चेन सङबीच भेटवार्ता सुनकोशीको फोक्सिङटार अस्थायी बेलिब्रिज जडानको काम सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेप्से परिसूचक १८ अङ्कले घट्यो



अ+ अ-

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १८ दशमलव शून्य दुई अङ्कले घटेर दुई हजार ७३९ दशमलव ९५ को बिन्दुमा कायम भएको छ । परिसूचक शून्य दशमलव ६५ प्रतिशतले घटेको हो ।

आज ३२३ कम्पनीको एक करोड ४० लाख नौ हजार ७०८ कित्ता शेयर ५८ हजार १०५ पटक खरिदबिक्री हुँदा रू छ अर्ब ५४ करोड ८६ लाख ३८ हजार ३३५ दशमलव ९२ को कारोबार भएको छ ।

उत्पादन तथा प्रशोधन समूह शून्य दशमलव १५ प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ । बैंकिङ शून्य दशमलव ८८, विकास बैंक एक दशमलव ६९, वित्त शून्य दशमलव ५३, होटल तथा पर्यटन शून्य दशमलव ६८ र जलविद्युत् एक दशमलव १९ प्रतिशतले घटेको छ ।

त्यस्तै, लगानी शून्य दशमलव ७८, जीवन बिमा शून्य दशमलव ४४, लघुवित्त शून्य दशमलव १५, म्युचुअल फण्ड शून्य दशमलव १६, निर्जीवन बिमा शून्य दशमलव ५०, व्यापार शून्य दशमलव १९ र अन्य समूह शून्य दशमलव १० प्रतिशतले घटेको छ ।

विकास हाइड्रोपावर कम्पनी लिमिटेडको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ । सबैभन्दा बढी नारायणी डेभलपमेन्ट बैंक लिमिटेडको शेयर मूल्य सात दशमलव २९ प्रतिशतले घटेको छ ।

कारोबार रकम र शेयर सङ्ख्याका आधारमा आज सबैभन्दा बढी हिमालयन डिस्टिलरी लिमिटेडको रू एक अर्ब ७५ करोड ७९ लाख ३० हजार ३८६ बराबरको १२ लाख ७४ हजार २२५ कित्ता शेयर किनबेच भएको छ ।