४ असार २०८३, बिहीबार
,
Latest
राप्रपाको महाधिवेशन मंसिर २६–२८ मा, कार्यतालिका पारित सहकारी क्षेत्रमा कडाई बढ्यो, देशभरका संस्थाको विवरण अद्यावधिक गर्न मन्त्रालयको निर्देशन सडक दुर्घटना न्यूनीकरणका लागि विशेष योजना आवश्यकः मुख्यमन्त्री आचार्य अदालतले तोकेका समयसीमाभित्र फैसला कार्यान्वयन हुन्छ : मन्त्री गौतम बैंक तथा वित्तीय संस्थाका उच्च व्यवस्थापन नियुक्ति गर्दा विस्तृत विवरण अनिवार्य काठमाडौं महानगरको आगामी आवको बजेट २५ अर्ब ८८ करोड, पूर्वाधार विकासलाई उच्च प्राथमिकता (पूर्णपाठ) औद्योगिक क्षेत्रको महसुल विवाद निरुपण नहुँदासम्म विद्युत् लाइन नकाट्न उद्योग परिसङ्घकाे आग्रह शक्तिशाली बोर्डको अवधारणासहित किसानमैत्री नीति ल्याइनेः मन्त्री चौधरी श्रम मन्त्रालय र श्रम कार्यालयद्वारा फ्रन्टलाइन हस्पिटलको अनुगमन: एक हप्ताभित्र सामाजिक सुरक्षा कोषमा अनिवार्य आबद्ध… कृष्णबहादुर महरा सक्रिय राजनीतिबाट अलग
तपाईं के खोज्दै हुनुहुन्छ ?

सीमा विवादको वार्ता कोभिड महामारी सकिनासाथ: भारत



अ+ अ-

भारतीय सरकारका प्रवक्ताले सडक निर्माणलाई लिएर नेपाल सरकारले २७ वैशाखमा जारी गरेको वक्तव्यप्रति ध्यानाकर्षण भएको जानकारी गराउँदै दुवै मुलुक कोरोनाभाइरसको महामारीबाट निवृत्त हुनासाथ परराष्ट्र मन्त्री स्तरमा वार्ता हुने जानकारी गराएका छन् ।

‘यस्ता विवादको समाधानका लागि परराष्ट मन्त्री स्तरीय संयन्त्र बनेको छ, हामी छिटै वार्ताको मिति निर्धारण गर्छौं’ भारतीय सरकारका प्रवक्ताले भने भन्दै भारतीय मिडिया सेन्टरले जानकारी गराएको छ ।
प्रवक्ताले पत्रकारको प्रश्नको जबाफ दिंदै भने, ‘हाम्रो उत्तराखण्ड राज्यमा पर्ने पिथोरागढ खण्डको यो सडक भारतीय भूमिमै बनेको हो, पहिलेको बाटोलाई नै पछ्याउँदै यसको निर्माण भएको हो, यसबाट कैलाश मानसरोवर जाने यात्रु र व्यापारीले लाभ लिनेछन् ।’ प्रवक्ताले जतिपनि सीमासम्बन्धी विवाद छन् सबै दुवै पक्षबाट बनेको संयन्त्रले निवारण गर्ने पनि स्मरण गराएका छन् ।




भर्खरै