९ आश्विन २०८१, बुधबार
,
Latest
विश्वका पाँच अनौठो जेलः कुनैमा कैदी राजाजस्तै बस्छन्, कतिपयमा कोठा किन्नु पर्ने इरानबाट मेरो जीवन ‘ठूलो खतरा’ मा छ– ट्रम्प पूर्वसभामुख अग्नि सापकोटाविरुद्धको मुद्दामा आज फैसला आउला ? साल्ट ट्रेडिङको सहकार्यमा नेपाली जुत्ताको सुपथ मूल्य पसल मलयालम अभिनेता सिद्दिकीविरुद्ध पक्राउ पुर्जी जारी सुनको मूल्यले १ लाख ६० हजार नाघ्यो मन्त्री राणा र अमेरिकी उपमन्त्री वासबीच भेटवार्ता हेटौँडा कुलेखानी सिस्नेरी हुँदै काठमाडौँ जाने सडक पुन: सञ्चालन बहिरा विद्यार्थीको भविष्य कोर्दै बहिरा शिक्षिका गौतम युएई दिराम र मलेसियन रिङ्गेटको भाउ घट्यो, अन्य विदेशी मुद्राको कति छ विनिमय दर?
तपाईं के खोज्दै हुनुहुन्छ ?

सीमा विवादको वार्ता कोभिड महामारी सकिनासाथ: भारत



अ+ अ-

भारतीय सरकारका प्रवक्ताले सडक निर्माणलाई लिएर नेपाल सरकारले २७ वैशाखमा जारी गरेको वक्तव्यप्रति ध्यानाकर्षण भएको जानकारी गराउँदै दुवै मुलुक कोरोनाभाइरसको महामारीबाट निवृत्त हुनासाथ परराष्ट्र मन्त्री स्तरमा वार्ता हुने जानकारी गराएका छन् ।

‘यस्ता विवादको समाधानका लागि परराष्ट मन्त्री स्तरीय संयन्त्र बनेको छ, हामी छिटै वार्ताको मिति निर्धारण गर्छौं’ भारतीय सरकारका प्रवक्ताले भने भन्दै भारतीय मिडिया सेन्टरले जानकारी गराएको छ ।
प्रवक्ताले पत्रकारको प्रश्नको जबाफ दिंदै भने, ‘हाम्रो उत्तराखण्ड राज्यमा पर्ने पिथोरागढ खण्डको यो सडक भारतीय भूमिमै बनेको हो, पहिलेको बाटोलाई नै पछ्याउँदै यसको निर्माण भएको हो, यसबाट कैलाश मानसरोवर जाने यात्रु र व्यापारीले लाभ लिनेछन् ।’ प्रवक्ताले जतिपनि सीमासम्बन्धी विवाद छन् सबै दुवै पक्षबाट बनेको संयन्त्रले निवारण गर्ने पनि स्मरण गराएका छन् ।