५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपाका स्थानीय नेता र जनप्रतिनिधिबीच कुटाकुट



अ+ अ-

कालिकोट । पलाँता गाउँपालिकामा वडा अध्यक्ष र सत्तारुढ दल नेकपाकाका गाउँपालिका अध्यक्ष र  गाउँपालिका अध्यक्ष र वडा अध्यक्षबीच कुटाकुट भएको छ। गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर बम र पलाँता गाउँपालिका वडा नं. १ का वडा अध्यक्ष मानबहादुर भण्डारी र नेकपा पलाँता गाउँपालिका अध्यक्ष बिष्णु रोकायाबीच शनिबार कुटाकुट भएको हो।  पार्टी अध्यक्ष रोकाया र वडा अध्यक्ष भण्डारीको आक्रमणमा परी गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर बम र उनकी पत्नी गोरीकला बम घाइते भएका छन्। पलाँता गाउँपालिका वडा नं २ राडुनेटाबाट खिन छलाँहा जाने सडक निर्माणका लागि गाउँपालिका अध्यक्ष बम डोजर लिएर राडुनेटा गएका थिए। सडक निर्माणको विषयमा विवाद भएपछि उनीहरुबीच कुटाकुट भएको इलाका प्रहरी चौकी थिर्पुले जनाएको छ। इलाका प्रहरी चौकी थिर्पुका अनुसार पलाँता गाउँपालिका २ को ग्रामिण सडक योजनामा गाउँपालिका अध्यक्षको अर्कै मत पार्टी अध्यक्ष र वडा अध्यक्षको अर्कै मत हुँदा विवाद भएको थियो। 

विवादका क्रममा वडा अध्यक्ष भण्डारीले गाउँपालिका अध्यक्ष बममाथि ढुंगा प्रहार दुवै पक्षबीच कुटाकुट भएको हो। बिहान ११ बजेतिर गाउँमा उपभोक्ता गठन सम्बन्धि छलफल भइरहेको बेला वडा अध्यक्षले गाउँपालिका अध्यक्षमाथि एक्कासी आक्रमण गरेका हुन्। वडा अध्यक्षलगायतको टोलीले गरेको आक्रमणमा परी गाउँपालिका अध्यक्ष बम, उनी श्रीमति र भतिजा सामान्य घाइते भएका छन्। घाइतेको स्वास्थ्य चौकी राडुनेटामा उपचार भइरहेको जिल्ला प्रहरी प्रमुख डिएसपी श्यामबाबु ओलियाले बताए। उनले भने, दुवै पक्षबीच थप थप झडप हुनसक्ने आशंकामा इलाका प्रहरी चौकी थिर्पुको टोली र जिल्लाबाट नेपाल प्रहरी र सशस्त्र प्रहरीका इन्सपेक्टरको नेतृत्वमा दुई  टोली पलाँता पठाइएको छ। 

पार्टीगत विवादले कुटाकुट
कुटाकुट गर्ने गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर बम, वडा अध्यक्ष मानबहादुर भण्डारी पनि नेकपाबाटै उम्मेदवार भएर निर्वाचित भएका हुन्। गाउँपालिका केन्द्रको विवादबाट सुरु भएको विवाद अहिलेसम्म पनि जारी छ। भण्डारी वडा नं. १ मा वडा अध्यक्ष निर्वाचित भएपछि गाउँपालिका उपाअध्यक्ष दाना न्यौपानेलाई साथमा लिएर बहुसंख्याक जनप्रतिनिधिसहित गाउँपालिका अध्यक्षविरुद्ध उत्रिएका थिए। उनीहरु गाउँपालिकाको केन्द्र राडुनेटा बनाउने पक्षमा थिए भने गाँँउपालिका अध्यक्षको चाहाना थिर्पु थियो। 

विवाद चुलिँदै गएपछि दुवै पक्षले भनेजस्तो नभएर सहमतिमा लोहोडे केन्द्र तोकियो। तर त्यस ठाउँमा हालसम्म कुनै भौतिक संरचना निर्माण भएका छैनन्। तीन महिना अगाडी गाउँपालिका अध्यक्ष बमले आर्थिक अनियमितता गरेको र पार्टी हित विपरित काम गरेको भन्दै पलाँताका ९ जना नेकपाका जिल्ला कमिटी सदस्यसहितले कर्णाली प्रदेशका मुख्यमन्त्र तथा जिल्ला पार्टी इन्चार्ज महेन्द्रबहादुर शाही,  जिल्ला अध्यक्ष धनजित शाही र  सचिव नगिन्द्र शाहीसँग समक्ष उजुरी दिएका थिए। त्यस बिषयमा नेकपाले पार्टीका पाका नेता बिष्णु बिकको नेतृत्वमा तीन सदस्य छानबिन समिति बनायो। उक्त छानबिन समितिले कुनै प्रतिवेदन सार्वजानिक गरेको छैन।

एक अर्कोमा आरोप–प्रत्यारोप
गाउँपालिका अध्यक्ष बमले दुई वटा निजी डोजर किनेको गरेको, पलाँताको थिर्पुमा गाउँपालिकाको बजेटले करोडौँको घर बनाएको, योजना गोजीका मान्छेलाई दिएको लगायतका आरोप पार्टी अध्यक्ष रोकाया र वडा अध्यक्ष मानबहादुर भण्डारीले लगाएका छन्। वडा अध्यक्ष भण्डारीमाथि अर्को पक्षले विद्यालय व्यवस्थापन समितिको अध्यक्ष भएर विद्यार्थी खाजामा अनियमितता गरेको, वडा कार्यालय आफ्नै घरमा राखेर भाडा असुलेको, गाउँपालिकाको विकासविरुद्ध लागेको आरोप गाउँपालिका अध्यक्ष बम पक्षले लगाएको छ। 

यस्तै नेकपा पलाँता अध्यक्ष रोकायामाथि सहकारी मार्फत आर्थिक अनियमितता गरेका, आफ्नै पार्टीबाट प्रतिनिधित्व गरेको गाउँपालिका अध्यक्षविरुद्ध मोर्चाबन्दी गरेको लगायतका आरोप छन्। उनीहरुसँग सम्पर्क गर्न खोज्दा सबैका फोन अफ गरिएका छन्। यता नेकपा कालिकोटका पार्टी सचिव नगिन्द्र शाहीले रोडको बिषयमा बिबाद हुँदा दुई पक्षहरु बीच झडप भएको बताए। उनले विवादका विषयमा दुई पक्षसँग समन्वय गरेर थप विवाद नगर्न सल्ला दिएको जानकारी दिए। अन्नपुर्णपोष्ट दैनिक