२० मंसिर २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सडकमा बेवारिसे सुटकेसभित्र भेटियो महिलाको शव



अ+ अ-

रौतहट । रौतहटको गौरमा सडक किनारामा राखिएको सुटकेशभित्र एक महिलाको शव फेला परेको छ ।

गौर नगरपालिकाको वडा नं. ९ मुडवलवा गेटनजिकै सडक किनारमा सुटकेशभित्र महिलाको शव भेटिएको हो ।

गएराति बेवारिसे अवस्थामा सडक किनारमा डोरीले बाँधिएको सुटकेस फेला परेको थियो । जिल्ला प्रहरी कार्यालय रौतहटको टोलीले आज बिहान सो सुटकेस खोलेर हेर्दा अन्दाजी ३० वर्षीया एक महिलाको शव भेटिएको हो ।

सुटकेसभित्र कोचेर राखेको अवस्थामा शव फेला परेको डिएसपी राजन कार्कीले जानकारी दिनुभयो । महिलाको पहिचान खुलेको छैन ।

प्रहरीले मुचुल्कापछि शवलाई प्रादेशिक अस्पताल गौरमा पठाएको छ । घटनाका बारेमा थप अनुसन्धान गर्न प्रहरीले घटनास्थल नजिकै रहेको एक विद्यालयको सीसीटीभी जाँच गरिरहेको छ । घटनाको अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।