४ असार २०८३, बिहीबार
,
Latest
प्रहरी पोसाक खरिदमा ठूलो परिवर्तन, अब टेन्डर हटाएर नगद दिने तयारी राप्रपाको महाधिवेशन मंसिर २६–२८ मा, कार्यतालिका पारित सहकारी क्षेत्रमा कडाई बढ्यो, देशभरका संस्थाको विवरण अद्यावधिक गर्न मन्त्रालयको निर्देशन सडक दुर्घटना न्यूनीकरणका लागि विशेष योजना आवश्यकः मुख्यमन्त्री आचार्य अदालतले तोकेका समयसीमाभित्र फैसला कार्यान्वयन हुन्छ : मन्त्री गौतम बैंक तथा वित्तीय संस्थाका उच्च व्यवस्थापन नियुक्ति गर्दा विस्तृत विवरण अनिवार्य काठमाडौं महानगरको आगामी आवको बजेट २५ अर्ब ८८ करोड, पूर्वाधार विकासलाई उच्च प्राथमिकता (पूर्णपाठ) औद्योगिक क्षेत्रको महसुल विवाद निरुपण नहुँदासम्म विद्युत् लाइन नकाट्न उद्योग परिसङ्घकाे आग्रह शक्तिशाली बोर्डको अवधारणासहित किसानमैत्री नीति ल्याइनेः मन्त्री चौधरी श्रम मन्त्रालय र श्रम कार्यालयद्वारा फ्रन्टलाइन हस्पिटलको अनुगमन: एक हप्ताभित्र सामाजिक सुरक्षा कोषमा अनिवार्य आबद्ध…
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारलाई गगन थापाको प्रश्न – पश्चाताप मात्रै गर्ने की प्रतिवाद गर्ने ?



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका युवानेता तथा सांसद गगनकुमार थापाले सिमानाका बारेमा सरकारले पश्चाताप मात्रै गर्ने की प्रतिवाद गर्ने भनेर प्रश्न गर्नुभएको छ ।

प्रतिनिधि सभाको बैठकमा बोल्दै उहाँले नेपाली भूमिमा भारतले सडक निर्माण गरेकोप्रति निन्दा र भत्सर्ना गर्दै त्यसको प्रतिवाद गर्न आग्रह गर्नुभएको छ ।

उहाँले भारतको दादागिरी र त्यसमा चीनको न्यायोको प्रतिरोध गर्न सारा नेपालीलाई लिएर सिंगो नेपाली काँग्रेस सवैभन्दा अगाडी रहने पनि बताउनुभयो । केही समय अगाडी रक्षा तथा उपप्रधानमन्त्री ईश्वर पोखरेलले त्यस क्षेत्रको भ्रमण गर्दा पनि केही थाहा नपाएजस्तो गरेकोप्रति उहाँले आक्रोश व्यक्त गर्नुभयो ।

काँग्रेस नेता थापाले त्यस भ्रमणलाई तिर्थयात्रा थियो ? भनेर प्रश्न पनि गर्नुभएको छ ।