६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

बजेटका प्राथमिकता प्रस्ताव, कृषि, स्वास्थ्य, पूर्वाधार निर्माण र राेजगारी सिर्जना

बजेटका प्राथमिकता प्रस्ताव, कृषि, स्वास्थ्य, पूर्वाधार निर्माण र राेजगारी सिर्जना
अ+ अ-

काठमाडाैंः सरकारले आगामी आर्थिक बर्ष २०७७/२०७८ को बजेट कोरोना भाइरस महामारीबाट श्रृजना भएका बहुपक्षीय समस्या समाधानको साथै स्वास्थ्यको पूर्वाधार विकासमा केन्द्रीत गर्ने भएको छ ।

अर्थमन्त्री डा युवराज खतिवडाले आइतबार संघीय संसदका दुवै सदनमा आर्थिक बर्ष २०७७/ २०७८ को विनियाेजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धी प्रस्ताव प्रस्तुत गर्दै पछिल्लो समयमा उत्पन्न भएको बहुपक्षीय समस्या समाधान र स्वास्थ्यका पूर्वाधार विकासमा बजेटलाई केन्द्रीत गरिने बताउनुभएको हो ।

कोरोना रोगको संक्रमणको जोखिम न्यूनीकरणका लागि सरकारले चालेका कदमबाट शिथिल भएको आर्थिक गतिविधिलाई नया विश्वास र जागरणका साथ क्रियाशिल बनाउने गतिविधिलाई प्राथमिकता दिइने अर्थमन्त्री डा खतिवडाले बताउनुभयो । नागरिकको जीवनरक्षाका लागि गुणस्तरीय स्वास्थ्य सेवाका पुर्वाधार विस्तारलाई विशेष प्राथमिकता राखिनुको साथै विभिन्न किसिमका विपद्को सामाना गर्नका लागि विपद् पुर्व तयारी तर्फ पनि बजेटमा प्राथमिकता दिईने भएको छ ।

अर्थमन्त्री खतिवडाले भन्नुभयो “कोरोना रोगको संक्रमणको जोखिम न्यूनीकरणका लागि चालिएका कदमहरुबाट अर्थतन्त्रमा देखापरेको शिथिलताको अन्त्य गर्दे आर्थिक गतिविधिलाई नया विश्वास, जागरण , क्रियाशिलता र दु्रत गतिका साथ अघि बढाउने र स्थायीत्व सहितको उच्च आर्थिक वृद्धि दरको चरणमा शिघ्र प्रवेश गर्ने गरी अर्थतन्त्रलाई थप गतिशिल बनाउने तर्फ बजेट केन्द्रीत हुने छ ।”

सरकारले रोजगारी श्रृजना गर्नका लागि लागि कृषि तथा साना, घरेलु र सेवा क्षेत्रका कार्यक्रमलाई विशेष प्राथमिकता दिने भएको छ । त्यसैगरी स्वास्थ्य पुर्वाधार र विपद् पुर्वको तयारीमा पनि सरकारले ठूलो बजेट विनियोजन गर्ने भएको छ । अर्थमन्त्रीले गर्नुभएको बजेटको सिद्धान्त र प्राथमिकता सम्बन्धी प्रस्तावमा भनिएको छ “सामाजिक न्याय सहितको तिब्र आर्थिक विकास तथा सबै प्रकारका असमानताको अन्त्य गर्दै समाजवाद उन्मुख ,आत्मनिर्भर, उन्नतशिल, स्वतन्त्र र सम्मृद्ध अर्थतन्त्र निर्माण गर्ने तर्फ आगामी बर्षको बजेट निर्देशित हुने छ ।

संविधान प्रदत्त नागरिकका मौलिक हक कार्यान्वयन गर्न तर्जुमा गरिएका कानुनहरुको नागरिकले अनुभूत गर्ने गरि लागु गर्न बजेट केन्द्रीत हुनेछ । विकास सुशासन र सम्मृद्धिको यात्रामा र  हालसम्म हासिल भएका उपलब्धिलाई संस्थागत गर्दे कोरोनाको महामारीबाट नागरिकको जीवनरक्षा गर्न गुणस्तरीय एवं सर्वसुलभ स्वास्थ्य सेवा सुनिश्चित गरी लोककल्याणकारी राज्यको दायित्व निर्वाह गर्ने दृष्टिकोणबाट आगामी आर्थिक बर्षको बजेट तर्जुमा गरिने छ । भविश्यमा आउन सक्ने विपद्को पुर्व तयारी र व्यवस्थापन गर्ने कार्यतर्फ आगामी बर्षको बजेटले पर्याप्त ध्यान दिने छ । ”

अर्थतन्त्रलाई गतिशिल बनाउने, स्वास्थ्य पुर्वाधार तथा विपद् पुर्वको तयारीलाई प्राथमिकता राखेपनि मौलिक हक, राज्यका निर्देशक सिद्धान्त तथा १५ औ योजना र दीगो विकासका लक्ष्य हासिल गर्न तर्जुमा गरिएका राष्ट्रिय रणनीतिहरुलाई पनि  विशेष ध्यान दिईने मन्त्री खतिवडाले बताउनुभयो ।

उहाँले भन्नुभयो “नेपालको संविधानले परिकल्पना गरेको लोककल्याणकारी अवधारणा, समाजवाद उन्मुख आर्थिक प्रणालीको जग निर्माण गर्नुपर्ने जिम्मेवारी र दु्रत विकास प्रतिको जनआकांक्षालाई प्रमुख मार्गदर्शकको रुपमा लिएको छु ।

राज्यका निर्देशक सिद्धान्त नीति तथा दायित्व एवं नागरिकका मौलिक हकमा बनेका कानुनहरुबाट श्रृजित दायित्वहरुलाई बजेट तर्जुमाको आधारको रुपमा लिईने छ । वामपन्थीय चुनावी घोषणा पत्र, १५ औ योजनाले लिएका विकासका आवधिक एवं दिर्घकालिन लक्षहरु, मध्यम आय भएको मुलुकमा स्तरोन्तति हुने प्रतिवद्धता र दिगो विकास लक्ष्य हासिल गर्ने हाम्रा राष्ट्रिय रणनीति संगै विश्वव्यापी कोरोना महामारी संगै श्रृजना भएका नया चुनौतिहरुको सामना गर्ने तर्फ विशेष ध्यान दिनेछु ।”

सरकारले कोरोना प्रभावित क्षेत्रको पुनरुत्थान, आन्तरिक पर्यटन प्रर्वद्धन, हवाई पुर्वाधार निर्माण लगायतलाई प्राथमिकतामा राख्ने र अत्यावश्यक बाहेकका आयोजनामा बजेट खर्च नगर्ने रणनीति पनि लिने भएको छ । कर पालनालाई प्राथमिकता दिने, मुल्यवृद्धिलाई बाञ्छित सीमाभित्र राख्ने, वित्तिय प्रणालीलाई उत्पादनमुखी बनाउने,रोजगारी गुमाएकालाई रोजगारी दिने तथा कृषि क्रान्तिका लागि स्रोतसाधन परिचालन गर्ने गरि बजेटमा प्राथमिकता दिईने भएको छ ।