६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

वातावरणीय संरक्षण साझा जिम्मेवारी

वातावरणीय संरक्षण साझा जिम्मेवारी
अ+ अ-

काभ्रेपलाञ्चोक । युलेन्स एजुकेशन फाउण्डेशन  स्थापना भएको २० वर्ष पूरा भएको अवसरमा फाउण्डेशन र बनेपा नगरपालिकाको संयुक्त पहलमा शुक्रबार काभ्रेपलाञ्चोक जिल्लाको नालास्थित काशी भन्ज्याङ क्षेत्रमा बृहत् वृक्षरोपण कार्यक्रम सम्पन्न भएको छ ।

बनेपाको वडा नं ३ मा अवस्थित सार्वजनिक जग्गा र युलेन्स एजुकेशन फाउण्डेशनको निजी स्वामित्वमा रहेको करिब ४०० रोपनी जग्गामा करिब दशहजार बिरुवा रोपिएको कार्यक्रममा स्थानीयवासी, विद्यार्थी, शिक्षक, सरोकारवाला निकायका प्रतिनिधि तथा सरोकारवाला निकायका अधिकारीसहित करिब एकहजार जना सहभागी थिए ।

कार्यक्रममा प्रमुख अतिथि परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले वातावरणीय संरक्षणलाई सबैको साझा जिम्मेवारी जनाउँदै युवालाई प्रकृति संरक्षणमा सक्रिय बनाउन यस्तो अभियान महत्वपूर्ण हुने बताउनुभयो । उहाँले नेपाल सरकारले जलवायु परिवर्तन न्यूनीकरणका लागि बृहत् वृक्षारोपण अभियान अघि सारेको उल्लेख गर्दै वातावरणीय सचेतनामा यस्ता कार्यक्रमहरू टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

त्यस्तै, वन तथा वातावरणमन्त्री माननीय ऐनबहादुर शाही ठकुरीले नेपालले सन् २०४५ सम्म शून्य उत्सर्जनको लक्ष्य राखेको स्मरण गर्दै सरकारले मात्र नभई सबै पक्षको सहकार्य आवश्यक पर्ने बताउनुभयो । कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारी, बागमती प्रदेशका सामाजिक विकासमन्त्री कञ्चनचन्द्र वादे श्रेष्ठलगायत विशिष्ट अतिथिको पनि सहभागिता रहेको थियो ।

युलेन्स एजुकेशन फाउन्डेशनका ट«िस्ट हेमसागर बरालले नेपाल सरकारको जलवायु प्रतिबद्धतासँग सहकार्य गर्दै सगरमाथा संवादद्वारा अघि सारिएको २० वर्षे वृक्षारोपण अभियानलाई समर्थन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको जानकारी दिनुभयो ।

कार्यक्रममा बनेपा नगरपालिकाका नगरप्रमुख शान्ति रत्न शाक्यले युवाको सक्रिय सहभागितालाई उच्च प्रशंसा गर्दै वातावरणीय संरक्षणमा दीर्घकालीन सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

फाउण्डेशन र नगरपालिकाले संयुक्त रूपमा रोपिएका बिरुवाको दीर्घकालीन संरक्षण र व्यवस्थापन गर्ने बताएका छन् । रासस