२७ आश्विन २०८३, मंगलवार Tuesday, October 13, 2026
२७ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar सुदूरपश्चिममा हट्यो ‘बजेट शून्यता’, प्रतिपक्षीको बहिष्कारबीच बजेट पारित News Polar कोलम्बियामा सरकारी सेनाको हवाई आक्रमण, किशोरीसहित चारको मृत्यु News Polar किष्ट क्यान्सर सेन्टर: प्यालिएटिभ केयर सेवाको एक वर्ष पुरा, क्यान्सरका बिरामीलाई निःशुल्क सेवा News Polar अपाङ्गता भएका व्यक्तिको राजनीतिक सहभागिता बढाउन ‘समावेश’ परियोजना सुरु News Polar नवदुर्गाको तेस्रो स्वरूप चन्द्रघण्टाको आराधना News Polar सुदूरपश्चिममा कांग्रेसको बहिष्कारबीच बजेटमाथि छलफल News Polar डा. कृष्णहरि बरालको शब्द र महेश खड्काको संगीतमा ‘दशैं आयो’ सार्वजनिक News Polar ३० हजार दर्शकको सहभागितामा सिद्धार्थ फुड फेस्टिभल सम्पन्न, प्रशन्ना पाण्डेको प्रस्तुति आकर्षण News Polar कांग्रेस महिला सहमहामन्त्रीमा प्रतिमा निर्वाचित News Polar अस्ट्रेलियामा वन्यजन्तु संरक्षणमा एआईको उपयोग बढ्दै News Polar विपद् जोखिम न्यूनीकरणलाई प्राथमिकता दिन राष्ट्रपति जर्दारीको आग्रह News Polar कांग्रेस महिला खुला केन्द्रीय सदस्यमा १५ जना निर्वाचित, विनिता खड्काको यथास्थितिमा राखिने News Polar मकवानपुरकाे कैलाशमा निःशुल्क स्वास्थ्य शिविर, ४९० जनाले लिए सेवा News Polar ऋण असुलीबाट समस्याग्रस्त १२ सहकारीका २३५ जनाले पाए रकम News Polar अर्थमन्त्री बैंकक प्रस्थान News Polar सुदूरपश्चिम रोयल्सको स्टे पार्टनरमा रोयल ट्युलिप काठमाडौं News Polar धनकुटामा २० व्यक्तिबाट रक्तदान News Polar भन्सार छलेर ल्याइएका सामान बरामद News Polar बाजुराका मतदाताको नामावली अद्यावधिक News Polar ओमानमाथि नेपालको ११३ रनको शानदार जित

नेदरल्याण्ड्सकी कस्र्टेन वेसेल्स मधेश युनाइटेडमा अनुबन्ध

नेदरल्याण्ड्सकी कस्र्टेन वेसेल्स मधेश युनाइटेडमा अनुबन्ध
अ अ+ अ-

वत्सालय एभरेष्ट महिला भलिबल लिग (इडब्लुभिएल) को दोस्रो संस्करणका लागि मधेश युनाइटेडले नेदरल्याण्ड्सकी प्रतिभाशाली आउट साईड हिटर कस्र्टेन वेसेल्सलाई अनुबन्ध गरेको छ । मधेशले वेसेल्सलाई तेस्रो विदेशी खेलाडीको रुपमा घोषणा गरेको हो । यसअघि मधेश युनाईटेडले नेदरल्याण्ड्स कै रोमी भिनस्ट्रा र डानिक आर्डेमाको नाम घोषणा गरिसकेको छ ।

१८६ सेन्टिमिटर अग्ली वेसेल्सको स्पाइक पहुँच ३०० सेमी र ब्लक पहुँच २९३ सेमी रहेको छ । २६ वर्षीय वेसेल्स आफ्नो बहुमुखी क्षमता, दमदार आक्रमण र स्थिर बचाउका कारण विश्वभर चर्चित हुँदैछिन् । वेसेल्सले भलिबल करिअरको सुरुवात घरेलु क्लब ‘एलएसभी लपर्सुम’ बाट गरिन् । त्यसपछि उनले ‘आरटीसी ग्रोनिङ्गेन’ हुँदै प्रतिष्ठित प्रशिक्षण केन्द्र ‘ट्यालेन्ट टिम’ पापेन्डल सम्मको यात्रा तय गरिन् । त्यहीँबाट उनको खेल कौशलको राष्ट्रिय स्तरमा ध्यानाआकर्षण भयो र केही वर्षपछि नेदरल्याण्ड्सको सबैभन्दा सफल क्लबमध्ये एक ‘स्लिड्रेच्ट स्पोर्टमा’ अनुबन्धित भइन् ।

स्लिड्रेच्ट स्पोर्टमा रहँदा उनले राष्ट्रिय उपाधि जितिन् र युरोपियन प्रतियोगितामा समेत आफ्नो दमदार प्रदर्शन देखाइन्। हाल उनी सुडोसा–डेस्टो क्लबमा खेल्दै उत्कृष्ट प्रदर्शन गरिरहेकी छिन्। वेसेल्सले नेदरल्याण्ड्सको यु–१९ र यु–२० राष्ट्रिय टोलीका लागि युरोपियन तथा विश्व च्याम्पियनसिपमा प्रतिनिधित्व गरेकी छन्।

उनलाई मधेश युनाईटेड टिममा अनुबन्ध गर्न पाउँदा मधेश युनाइटेड टिम धेरै नै हर्षित रहेको छ। वेसेल्सको फुर्तिलो स्पाईक र ब्लक क्षमताले खेल मदानमा प्रभावशाली उपस्थिती देखाउने टोलीको विश्वास रहेको छ। अन्तर्राष्ट्रिय स्तरको अनुभवले टोलीको लागि उन्ले आक्रमक र रणनीतिमूलक खेल खेल्नेछ्न् भन्ने टोलिको अपेक्ष्या रहेको छ ।

एभरेष्ट महिला भलिबल लिगको हिस्सा हुन पाउँदा र विशेषगरी मधेश युनाईटेडमा सामेल हुन पाउँदा वेसेल्सले आफु निकै उत्साहित भएको बताएकी छन्। नेपालमा उनको सहभागिताले आफ्नो करिअरलाई नयाँ आयाम दिने र यो प्रतियोगिताले नेपाली महिला भलिबलको स्तर उकास्न र युवा खेलाडीलाई प्रेरित गर्ने अवसर मिल्ने उनी बताउछिन्।

मधेश युनाईटेडको तिनै जना विदेशी खेलाडीहरु नेदरल्याण्ड्स कै रहेको छ। यस्लाई नेदरल्याण्ड्स र नेपाल बीचको खेलकुद आदान–प्रदानको महत्त्वपूर्ण पहलका रूपमा हेरिएको छ ।

मधेश युनाइटेडको मार्की खेलाडी निरुता ठगुन्ना रहेकी छिन भने टिमको ब्रान्ड एम्बेसडरमा मोडल तथा अभिनेत्री नीति शाह रहेकी छिन्।

ईन्फिनिटी ड्रिम्सको आयोजनामा वात्सल्य एभरेष्ट महिला भलिबल लिग (इडब्लुभि) को दोस्रो संस्करण आगामी भदौ २० देखि २८ गतेसम्म (सेप्टेम्बर ५–१३) पोखरामा हुनेछ ।

मधेश युनाइटेड टिम 

खेलाडी : निरुता ठगुन्ना (मार्की), आरती सुबेदी, कोपिला राणा , सरस्वती कटेल , उषा बिस्ट, बबिता बोहोरा, बसन्ती साउद , स्नेहा ठगुन्ना
प्रशिक्षकः कोपिला उप्रेती
ब्रान्ड एम्बेसडर : नीति शाह