१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना News Polar धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति लागू News Polar सर्भेयर खटाउने प्रक्रियालाई पारदर्शी बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन’ प्रणाली, परीक्षण सुरु News Polar ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटीलाई News Polar अन्तर्राष्ट्रिय नतिजाका लागि खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्छः मन्त्री पोखरेल News Polar सङ्गीतको सङ्गम बन्यो नीर शाहको पलेँटी News Polar मुख्यमन्त्री शाहीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता News Polar नाला सफाइ गरी पानीको निकास खुलाइयो News Polar निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने News Polar ‘महिला आन्दोलनको सहखोजीः सन्धान सङ्ग्रह’ प्रकाशित News Polar वामआन्दोलनलाई बलियो बनाउने चाहना छः भण्डारी News Polar अध्यक्ष र कर्मचारीमाथी भएको दुर्व्यवहारबारे प्रेस काउन्सिलको ध्यानाकर्षण News Polar वर्षाले पाल्पाका सडक क्षतिग्रस्त, पुलसमेत जोखिममा News Polar प्रधानमन्त्री बर्नहमद्वारा बेलायतका लागि ‘विशेष’ योजना ल्याउन लागेको दावी News Polar मुख्यमन्त्री पाण्डेद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण News Polar छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर अझै सञ्चालन हुन सकेन News Polar हिमालय एअरलाइन्सको काठमाडौँ–सांघाई–काठमाडौँ सिधा उडान पुनः सञ्चालन News Polar लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य News Polar न्वागी पर्व मनाउँदै आठपहरिया News Polar किसान सूचीकरणमा उल्लेखनीय वृद्धि, करिब ३ लाख किसान थपिए

कोरोना मुक्त भयो नुवाकोट

कोरोना मुक्त भयो नुवाकोट
अ अ+ अ-

नुवाकोट । नुवाकोट जिल्ला आइतबारदेखि कोरोना सक्रमणमुक्त भएको छ । यसअघि सङ्क्रमित भएर उपचार गराउँदै आएका बेलकोटगढी नगरपालिका घर भएका दुई व्यक्ति आइतबार सङ्क्रमणबाट मुक्त भएसँगै जिल्ला पनि कोरोना मुक्त भएको हो । 

स्वास्थ्य कार्यालयका सूचना अधिकारी एवं खोप अधिकृत अमृत महर्जनले जिल्लामा यसअघि सङ्क्रमित भएका सबै निको भएको र नयाँ सङ्क्रमित थप नभएकोब बताउनुभयो ।  

कोरोनाको तेस्रो लहर जिल्लामा गत पुस २५ मा भित्रिएको थियो । भाइरस देखा परेको दुई महिनापछि नियन्त्रणमा आएको हो । जिल्लामा विसं २०७७ जेठ ११ मा ओखरपौवाका एक व्यक्तिमा भाइरसको सक्रमण देखा परेको थियो । पहिलो लहर विसं २०७७ फागुन २३ गतेदेखि सक्रमणमुक्त बनेको थियो ।

यसपछि विसं २०७७ चैत २४ मा दोस्रो लहर सुरु भएर गत पुस १४ सम्म कायम रहेको थियो । यसको दश दिनपछि पुनः पुस २५ गते कोरोनाको तेस्रो लहर भित्रिएको जिल्लामा पहिचान भएको थियो । आइतबारदेखि कोरोना मुक्त भएको स्वास्थ्य कार्यालयका प्रमुख (वरिष्ठ जनस्वास्थ्य प्रशासक) महेन्द्रध्वज अधिकारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार कोरोनाको पहिलो लहरमा एक, दोस्रो लहरमा  ५१ जनाको निधन भएको थियो भने तेस्रो लहरमा मृत्युदर शून्य रह्यो । हालसम्म जिल्लामा कोरोनाको कारण निधन हुनेको सङ्ख्या ५२ जना कायम छ ।

कोरोनाको पहिलो लहरमा एक हजार १४५ सङ्क्रमित पहिचान भएकोमा दोस्रो लहरमा सात हजार २४५ र तेस्रो लहरमा ९७३  थप भएका थिए । हालसम्म सङ्क्रमित हुने कूल सङ्ख्या जिल्लामा नौ हजार ३६३ पुगेपछि सङ्क्रमणमुक्त जिल्ला बनेको हो ।

कोरोनाबाट बच्न जिल्लावासीलाई अन्य जिल्लामा आउजाउ गर्दा सावधानी अपनाउन, बाहिरी जिल्लाबाट आउने व्यक्तिको स्वास्थ्यमा निगरानी गर्न, यसबाट बच्न सरकारले निःशुल्क उपलब्ध गराएको रोगविरुद्धको खोप लगाउन स्वास्थ्य कार्यालयका प्रमुख अधिकारीले आग्रह गर्नुभयो ।

“रसुवा जिल्ला पनि यसअघि नै कोरोना सङ्क्रमणमुक्त जिल्ला भइसकेकाले अब नुवाकोट र रसुवा दुवै जिल्लाले सावधान अपनाइ रोगको भाइरस भित्रन नदिन सजग हुनुपर्छ ।” उहाँले भन्नुभयो, “सङ्क्रमणमुक्त भएको समयमा रोगबाट बच्न स्वास्थ्य सुरक्षाको मपदण्डको पालना गर्न र रोगसँग मिल्दोजुल्दो लक्षण देखिएमा स्वास्थ्य परीक्षण गराई सतर्कता अपनाएमा सङ्क्रमणलाई परास्त गर्न सकिन्छ ।”

कोरोनालगायतका अन्य सरुवा रोगबाट बच्न स्वास्थ्य सुरक्षाको मापदण्डको पालनाअन्तर्गत घरबाट बाहिर सार्वजनिकस्थलमा आजजाउ गर्दा अनिवार्यरुपमा मास्क लगाउन, भौतिक दूरी कायम राख्न, साबुनपानीले राम्रोसँग हातधुन तथा स्यानिटाइजरको प्रयोग गर्न स्वास्थ्य कार्यालयले स्मरण गराएको छ ।

जिल्लामा कोरोना  रोक्न त्रिशूली अस्पतालमा पीसीआर प्रयोगशाला, अक्सिजन उद्योग, भेन्टिलेटर, आइसियु र एचडियुसहित आइसोलेसन वार्ड सञ्चालनमा ल्याइएको थियो । जिल्लाको त्रिशूली अस्पताल, खरानीटार अस्पताल र स्थानीयतहले करिब ५०० आइसोलेसन शय्यासमेत सञ्चालनमा ल्याएका थिए । त्यो अहिले पनि कायम नै राखिएको छ ।