२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘खोजीखोजी खाउँ सिस्नो’



अ+ अ-

" सिस्नो खालास नि " अर्थात पिटाइ खालास नि भन्ने सुनेर हुर्केको पुस्ता हो मेरो । तर अहिले पो सिस्नो पिटाइ खान होइन रोग सँग लडन खाए पो हुने भन्ने थाहा भो

धेरैले सिस्नो खानेभन्दा "सजाय दिने वनस्पति "
भन्ने सोच्छन् । नेपालमा सिस्नोलाई गरीबीको अर्को नाम पनि भनिन्छ तर सिस्नो खान हुने एउटा उत्तम वनस्पति हो ।

हामीले निम्नकोटिको खाद्यको रूपमा राख्दै आएको सिस्नोको महŒव बेग्लै छ । अचेल नेपालका केही पाँचतारे होटलमा सिस्नोको सुप पाइन थालेको छ । एक कचौरा सिस्नोको सुपको रु.६००–७०० सम्म पर्छ । विदेशीले सिस्नोको सुप मीठो मानेर खान्छन् । नेपालमा चाहिं ‘सिस्नो’ खाने मान्छेलाई हेयको दृष्टिले हेरिन्छ । पहाडी भेगमा अहिले पनि धेरैको मुख्य खाना सिस्नो नै हो।

केही वैज्ञानिकका अनुसार सिस्नोको प्रयोग गर्दा शरीरमा संक्रमण गराउने केही रसायनको उपस्थिति कम हुन्छ । कतिपय आधुनिक प्राकृतिक चिकित्सकहरू बाथ र एलर्जीमा सिस्नोको प्रयोग गर्छन् ।
खाद्य सुरक्षाविद्हरूले सिस्नो लाभदायक वनस्पतिका रूपमा लिन्छन् । प्राचीनकालदेखि नै औषधीय गुणयुक्त वनस्पतिका रूपमा चिनिए पनि धेरैले यसबारे अझै थाहा पाएका छैनन्।

‘सिक्स एभिडेन्स–बेस्ड बेनिफिट्स अफ स्टिगिङ नेटल’ शीर्षकमा प्रकाशित अनुसन्धानमूलक आलेख (रियान रमन, हेल्थलाइन डटकम, २१ नोभेम्बर २०१८) ले सिस्नोमा भिटामिन ए, सी, के र बी पाइन्छ भनेर उल्लेख गरेको छ । त्यस्तै यसमा क्याल्सियम, आइरन, म्याग्नेसियम, फस्फोरस, पोटासियम र सोडियम लगायतका मिनरल्सहरू पनि पाइन्छन् ।

खोजीखोजी खाउँ सिस्नो (अरुणा उप्रेतीको फेसबुकबाट)