काठमाडौँ । नक्कली शैक्षिक प्रमाणपत्र बनाएर बिक्री गर्ने कार्यमा संलग्न भएको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा चितवनको कालिका नगरपालिका–५ पदमपुरका हरिप्रसाद कँडेल रहेका छन् ।
उनलाई रुपन्देही प्रहरीले प्रहरीले पक्राउ गरेको हो । कँडेल रास्वपाको बागमती प्रदेश प्रशिक्षण विभाग संयोजक हुन् ।
प्रहरीका अनुसार कँडेललाई चितवनबाट बुधबार पक्राउ गरी रुपन्देही लगिएको छ ।
कँडेलमाथि नक्कली शैक्षिक प्रमाणपत्र बनाएको कसुरमा प्रहरीले अनुसन्धान सुरु गरेको छ ।
रुपन्देही प्रहरीले गत साउन ३० गते ठूलो मात्रामा त्रिभुवन विश्वविद्यालयसहित समेतको गरी विभिन्न शैक्षिक संस्थाका नक्कली प्रमाणपत्रसहित भारतको कानपुर नौबस्तीका २५ वर्षीय अभिषेक यादवलाई पक्राउ गरी अनुसन्धान थालेको थियो ।
यादवको बयानका आधारमा कँडेललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।










