६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

स्थानीय सरकारको पहल : रामप्रसादराईमा वृद्धवृद्धाको घरदैलोमा भत्ता

स्थानीय सरकारको पहल : रामप्रसादराईमा वृद्धवृद्धाको घरदैलोमा भत्ता
अ+ अ-

भोजपुर । नागरिकको सहजताका लागि रामप्रसादराई गाउँपालिकाले वडास्तरमै भत्ता वितरण सुरू गरेको छ । गाउँपालिका केन्द्रमा रहेको बैंकसम्म आउन वृद्धवृद्धा तथा असक्त नागरिकलाई समस्या भएपछि गाउँपालिकाले वडास्तरबाट सेवा दिन थालेको हो ।

भौगोलिक विकटताका कारण गाउँपालिकासम्म आउन कठिन भएपछि गाउँपालिकाले घुम्ती शिविरमार्फत सेवा प्रदान गरिरहेको गाउँपालिका अध्यक्ष थामबहादुर राईले जानकारी दिनुभयो । एकीकृत घुम्ती शिविरमार्फत राष्ट्रिय परिचयपत्र नवीकरण र स्वास्थ्य जाँच सेवा पनि सञ्चालन भइरहेको अध्यक्ष राईले बताउनुभयो ।

“हामीले नागरिकको सहजताका लागि शिविरमार्फत सेवा प्रदान गर्दै आएका छौँ, भौगोलिक विकटताका कारण नागरिकलाई सेवा लिन गाउँपालिकासम्म आउन समस्या छ । स्थानीय सरकारको सेवा जनताको घरदैलोसम्म पुर्याउने लक्ष्यले घुम्ती शिविरबाट सेवा दिइएका हौँ”, अध्यक्ष राईले भन्नुभयो ।

साउनमै भत्ता वितरण हुनुपर्ने भए पनि गाउँपालिकामा रहेको बैंकको शाखाले जनशक्ति व्यवस्थापन गर्न ढिलाइ गर्दा वितरणमा केही ढिला भएको उहाँको भनाइ छ । सहज रूपमा वडामा भत्ता पाएपछि वृद्धवृद्धा तथा असक्त नागरिक खुसी भएका छन् ।

आफ्नै घरछेउबाट भत्ता लिन पाउँदा हर्षित भएको वडा नं ३ भुल्केका होमबहादुर विश्वकर्माले बताउनुभयो । भत्ता लिन गाउँपालिका केन्द्रसम्म पुग्न धेरै सास्ती हुने गरेको उहाँको भनाइ छ । “वडाबाटै भत्ता पाउँदा सहजता भएको छ, बुढेसकालको ज्यान हिँडेर जान समस्या छ । गाडीमा जाँदा पनि धेरै खर्च हुन्थ्यो”, उहाँले भन्नुभयो ।

स्वास्थ्य शिविरसहित जनप्रतिनिधि आफैँ आएर वडामै भत्ता दिएकोप्रति डम्बरकुमारी खत्रीले खुसी प्रकट गर्नुभयो । गाउँपालिकाले वृद्धवृद्धा तथा असक्तलाई सहज हुनेगरी काम गरेको उहाँको भनाइ छ । घर पायकमै भत्ता पाउँदा आफूलाई स्थानीय सरकार भएको अनुभूति भएको उहाँ बताउनुहुन्छ ।

आठ वडामध्ये हालसम्म वडा नं १ ओख्रेमा एक सय ४१ जनालाई सामाजिक सुरक्षा भत्ता, १४ जनालाई राष्ट्रिय परिचयपत्र, वडा नं २ धोद्लेखानीमा ७२ जनालाई सामाजिक सुरक्षा भत्ता, चार जनालाई राष्ट्रिय परिचयपत्र र वडा नं ३ भुल्केमा एक सय ३१ जनालाई सामाजिक सुरक्षा भत्ता वितरण र ३५ जनाको राष्ट्रिय परिचयपत्र बनाइएको छ । गाउँपालिकाका अनुसार अन्य वडामा पनि क्रमश: वितरण गरेर भदौ ११ गते वडा नं ८ खोक्सिकमा शिविर सम्पन्न हुनेछ । रासस