१० भाद्र २०८३, बुधबार
,
Latest
रसुवा बाढीको कारण हिमपहिरो, लेन्दे खोलामा चौध महिनाभित्र दुई पटक भीषण बाढी रसुवा–नुवाकोटमा मात्रै सञ्चालनमा रहेका ३५९ मेगावाट र निर्माणाधीन ३९५ मेगावाटका आयोजना प्रभावित भारत, चीन र विश्व बैंकले सोधे– ‘कस्तो सहयोग कहाँ पठाऊँ? रसुवा बाढीमा घाइते २५ जनाको काठमाडौंका विभिन्न अस्पतालमा उपचार रसुवा बाढीपछि ८ बैंकका २६ कर्मचारी सम्पर्कविहीन रसुवामा आएको बाढी भूकम्पपछि खसेको हिमपहिरोका कारण हुनसक्ने प्रारम्भिक अनुमान प्रहरी सुरक्षित भए मात्रै नागरिक सुरक्षितः प्रहरी महानिरीक्षक कार्की भोटेकोशी बाढीपछि प्रतिनिधिसभाको कार्यसूची हटाइयो, उद्धारमा जुट्न सभामुखको आग्रह रसुवाको बाढीः उद्धार गरी ल्याएका १३ जनाको काठमाडौँमा उपचार हुँदै राहत र उद्धारका लागि सरकारले राष्ट्रिय र अन्तरराष्ट्रियस्तरमा समन्वय गरिरहेको छ : परराष्ट्रमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

लिपुलेक व्यापार मार्ग सहमति खारेज गर्न राप्रपाको माग



अ+ अ-

काठमाडौं। भारत र चीनबीच हालै लिपुलेक हुँदै व्यापारिक मार्ग खोल्ने सहमति भएको घटनाप्रति राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले कडा आपत्ति जनाएको छ।

अध्यक्ष लिङ्देनले नेपाल सरकारलाई पूर्ण रूपमा उपेक्षा गर्दै दुई देशबीच भएको यो सहमति नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डता र राष्ट्रिय हितमाथि गम्भीर प्रहार भएको ठहर  गरेका छन्।

पार्टीको विज्ञप्तिमा लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्र नेपालका अविभाज्य अंग भएको ऐतिहासिक प्रमाण, नक्सा र सन्धि–सम्झौताले पुष्टि गर्ने भन्दै छलफल नगरी व्यापार मार्ग खोल्ने निर्णय असम्मानजनक र अन्तर्राष्ट्रिय कानुनविपरीत भएको उल्लेख छ।

राप्रपाले नेपाल सरकारले तत्काल भारत र चीनसँग उच्चस्तरीय कूटनीतिक पहल गरेर सहमति खारेज गर्नुपर्ने माग गर्दै नेपाली भूमि र स्वाधीनतामाथि कुनै अतिक्रमण स्वीकार्य नहुने स्पष्ट सन्देश दिन आग्रह गरेको छ।

यस मुद्दामा सरकारलाई समर्थन गर्ने राप्रपाले राष्ट्रियता सम्बन्धी प्रश्नमा दलहरूबीच राष्ट्रिय सहमति कायम गर्न पनि जोड दिएको छ।