३ भाद्र २०८३, बुधबार
,
Latest
कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना नेपाल प्रहरी र राष्ट्रिय वाणिज्य बैंकबीच कर्जासम्बन्धी समझदारीपत्रमा हस्ताक्षर सङ्घीय संसदका दुवै सदनको बैठक बस्दै बर्डफ्लू सङ्क्रमण : काभ्रेमा ९० हजार पन्क्षी नष्ट प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूको निर्वाह भत्ता र व्यावसायिक दक्षतालगायत विषयमा छलफल खोलाले बगाएका चारमध्ये दुई बालिका अझै बेपत्ता लागुऔषधसहित दुई जना पक्राउ जापानको चिबामा कीर्तिमानी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या १३ पुग्यो कङ्गोमा तीव्रगतिमा फैलिँदै इबोला, नियन्त्रण चुनौतीपूर्णः डब्लुएचओ जर्मनीमा ३२ वर्षअघि अमेरिकी पर्यटकको हत्या गरेको ८१ वर्षीय वृद्धद्वारा स्वीकारोक्ति
तपाईं के खोज्दै हुनुहुन्छ ?

सीसीआरसी र प्रिमियर उपाधि नजिक



अ+ अ-

क्यापिटल कलेज एन्ड रिसर्च सेन्टर (सीसीआरसी) र प्रिमियर आईबी कन्टिनम स्कुल ग्लोबल हुप फेस्टअन्तर्गत अन्तरकलेज प्लस टु छात्र बास्केटबल प्रतियोगितामा बिहीबार फाइनलमा प्रवेश गरेका छन् ।
सानागाउँस्थित रोयल स्पोर्ट्स सेन्ट्रलको हलमा भएको पहिलो सेमिफाइनलमा सीसीआरसीले जेभियर इन्टरनेसनल कलेजलाई ७९–७५ ले पराजित ग¥यो । सीसीआरसीको जितमा तुसार महर्जनले ३० अंक योगदान गरे ।
सीसीआरसीले तेश्रो र चौथो क्वाटरमा पुनारगमन गर्दै जित सुनिश्चित गर्यो । सीसीआरसीले तेश्रोमा २२–२० र चौथोमा २२–१५ स्कोर गरेको थियो । सीसीआरसी पहिलोमा १७–१९ र दोश्रोमा १८–२१ ले पछि परेको थियो ।
आरुस श्रेष्ठको २४ अंक सहयोगमा प्रिमियरले ग्रिनफिल्ड नेसनल कलेजलाई ८८–७९ ले हरायो । पहिलो क्वाटरमा २७–१२ को अग्रता लिएको प्रिमियर दोश्रोमा १८–२६ ले पछि पर्यो । तेश्रो क्वाटरमा प्रिमियरले पुनः २४–१५ को अग्रता बनाउदै समग्रमा ६९–५३ ले अगाडि रह्यो । ग्रिनफिल्डले चौथो क्वाटरमा २६–१९ को अग्रता लिएपनि जितका लागि पर्याप्त भएन ।
फाइनल शुक्रबार हुनेछ । अबाइड ग्लोबल एजुकेसन कन्सल्टेन्सी प्रा.लि. को आयोजना, रोयल स्पोर्ट्स सेन्ट्रल र चोकोफलको सहयोगमा भइरहेको प्रतियोगिताको विजेताले २५ हजार र उपविजेताले १० हजार नगद पुरस्कार पाउने छन् । ‘मोस्ट भेलुएबल प्लेयर’ लाई ५ हजार नगदबाट पुरस्कृत गरिने छ ।