२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस् टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

कालापानी क्षेत्रमा सीमा सुरक्षाका लागि सशस्त्र प्रहरी



अ+ अ-

दार्चुला । सरकारले कालापानी क्षेत्रमा सीमा सुरक्षाका लागि सशस्त्र प्रहरी राख्ने भएको छ। व्यास गाउँपालिका–१ मा पर्ने गागा क्षेत्रमा पहिलोपटक सशस्त्र प्रहरीको बीओपी स्थापना हुन लागेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ५० गुल्म दार्चुलाका गुल्मपति डम्मरबहादुर बिष्टले जानकारी दिए। भारतले नेपाली भूमि अतिक्रमण गरेको दार्चुलाको त्यही माथिल्लो क्षेत्रमा वर्षौदेखी सरकारको उपस्थिति शून्य छ। कालापानी नजिकै स्थापना गर्ने निर्णय भएर पनि कार्यान्वयन हुन सकेको थिएन। उनले भने, ‘बीओपी स्थापनाका लागि आवश्यक बन्दोबस्तीका सामग्री, खाद्यान्न, भौतिक संरचनालगायत व्यवस्थापन भइसकेको छ।’ सशस्त्र प्रहरीको बीओपी तत्काल गाउँपालिका–१ छाङरुमा राख्ने गरी सबै तयारी पूरा भएको गुल्मपति बिष्टले बताए। छाङरु गाउँभन्दा केही तल पर्ने गागा क्षेत्रमा स्थायी संरचना निर्माण नहुँदासम्म सशस्त्र प्रहरीको बीओपी छाङरुका एक स्थानीयको घरमा भाडामा बस्ने उनले जानकारी दिए।

सशस्त्र प्रहरीले सीमा क्षेत्रमा हुने अवैध गतिविधि, सीमा रक्षा, ओखेटो पहार ओसार पसार, मानव बेचबिखनलगायत गतिविधि पूर्णरूपमा नियन्त्रण एवं न्यूनीकरण गर्ने उनको भनाइ छ। सो क्षेत्रमा नेपाल प्रहरी चौकी छ तर ६ महिना मात्रै उनीहरू त्यहाँ बस्ने गरेका छन्। नेपाल प्रहरीले सीमा सुरक्षाको काम गर्दैन। ‘विगतदेखि ६ महिना मात्रै राज्यको उपस्थिति रहँदै आएको दार्चुलाको उत्तरी सीमा क्षेत्रमा बाह्रै महिना उपस्थिति हुनेगरी अबको एक सातामै सशस्त्र प्रहरीको बीओपी स्थापना हुन्छ’, गुल्मपति बिष्टले भने।

‘दार्चुलाको उत्तरी क्षेत्र व्यासको गागामा बीओपी स्थापना गर्न संगठन प्रमुख र ७ नम्बर बाहिनीपति लागिपरेको छ,’ गुल्मपति बिष्टले भने। सदरमुकामबाट ९० किमि दूरीमा छ। गत बुधबार सेनाको हेलिकप्टरमार्फत सशस्त्र प्रहरीलाई त्यहाँ लाने तयारी भइरहेको छ। गागादेखि कालापानी क्षेत्र १७ किलोमिटर दूरीमा पर्छ। त्रिदेशीय सीमा क्षेत्रमा राज्यको उपस्थिति गराउनुपर्ने अनुभूति सरकारलाई भएकाले विओपी राख्न लागिएको प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले बताए। ‘हामी छाङरुमा राज्यको उपस्थिति गराउनुपर्छ भन्ने कुरामा प्रस्ट छौं।’

कांग्रेसका नेता दिलेन्द्रप्रसाद बडूले भने, ‘प्रधानमन्त्रीले हाम्रो कुरा सुन्नु भएन, हाम्रो कुरा नसुन्दा दार्चुलाको कालापानी भारतले आफ्नो कब्जामा लिएको हो।’ अन्नपुर्णपोष्ट दैनिक