६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

अदालती करुणाका लागि प्रसिद्ध ‘सबैभन्दा राम्रो’ न्यायाधीशको ८८ वर्षको उमेरमा निधन

अदालती करुणाका लागि प्रसिद्ध ‘सबैभन्दा राम्रो’ न्यायाधीशको ८८ वर्षको उमेरमा निधन
अ+ अ-

एजेन्सी । अदालतमा आफ्नो सहानुभूति र विनम्र व्यवहारका कारण इन्टरनेटमा चर्चित भएका अमेरिकी न्यायाधीश फ्रान्क क्याप्रियोको ८८ वर्षको उमेरमा निधन भएको उहाँको परिवारले सामाजिक सञ्जालमार्फत घोषणा गरेको छ ।

सेवानिवृत्त रोड आइल्यान्ड न्यायाधीश क्याप्रियोले सन् २०२३ मा अवकास लिनुअघि करिब चार दशकसम्म बेन्चमा सेवा गर्नुभएको थियो । साना कानूनी उल्लङ्घनहरूमा उहाँको सहानुभूतिपूर्ण दृष्टिकोणले उहाँलाई विशेष बनाएको थियो ।

“प्यानक्रिएटिक क्यान्सरसँग लामो र साहसी सङ्घर्षपछि परिवार र साथीहरूको घेरामा मेरा पिता न्यायाधीश फ्रान्क क्याप्रियोको निधन भएको समाचार साझा गर्दा म गहिरो दुःखी छु”, उहाँका छोरा डेभिड क्याप्रियोले बुधबार न्यायाधीशको इन्स्टाग्राम खातामा पोस्ट गरिएको भिडियोमा भन्नुभयो ।

उहाँको परिवारले जारी गरेको विज्ञप्तिमा क्याप्रियो ‘गहिरो करुणा, नम्रता र मानवतामा अटुट विश्वासका कारण संसारभर प्रिय बन्नुभएको’ र ‘मानवताको उत्कृष्ट उदाहरण’ हुनुभएको उल्लेख छ ।

मङ्गलबार, अस्पतालको शय्याबाट स्वास्थ्यमा ‘गम्भीर समस्या’ आएको भन्दै उहाँले प्रार्थना माग्दै भिडियो पनि पोस्ट गर्नुभएको थियो ।

सन् २००० मा सुरु भएको उहाँको कोर्टरुम रियालिटी टिभी कार्यक्रम ‘क्याच इन प्रोभिडेन्स’ मा ट्राफिक उल्लङ्घन र पार्किङ टिकटसँग जुधिरहेका व्यक्तिप्रति उहाँले देखाएको दयालु व्यवहारलाई दर्शाइएको थियो ।

सो कार्यक्रमका क्लिपहरू सामाजिक सञ्जालमा भाइरल भए । त्यहाँ प्रायः उहाँले सङ्घर्षरत परिवारहरूको जरिवाना खारेज गरेको वा बालबालिकाहरूलाई आफ्ना आमाबाबुको सजाय निर्णयमा सहभागी हुन दिएको देखिन्थ्यो ।

उहाँले सामाजिक सञ्जालमा लाखौँ अनुयायी प्राप्त गर्नुभयो । तिनीहरूले उहाँलाई ‘संसारको सबैभन्दा राम्रो न्यायाधीश’ भनेर सम्बोधन गरे ।

क्याप्रियोले ‘कम्प्यासन इन द कोर्टः लाइफ–चेन्जिङ स्टोरिज फ्रम अमेरिकाज नाइसेस्ट जज’ शीर्षकमा आत्मकथा पनि प्रकाशित गर्नुभएको थियो ।

सन् १९३६ मा जन्मिएका क्याप्रियो प्रोभिडेन्स, रोड आइल्यान्डमा हुर्किनुभएको थियो । आफ्नो प्रारम्भिक जीवनमा उहाँले जुत्ता पालिस गर्ने र पत्रिका वितरण गर्ने जस्ता काम गर्नुभएको थियो ।

बोस्टनको सफोक युनिभर्सिटी स्कुल अफ लमा अध्ययन गर्दा उहाँ दिनमा स्कुल शिक्षकको रूपमा काम गर्नुहुन्थ्यो । अन्ततः सन् १९८५ देखि २०२३ सम्म प्रोभिडेन्स नगरपालिका अदालतको मुख्य न्यायाधीशको रूपमा सेवा गर्नुभयो ।

रोड आइल्यान्डका गभर्नर डान म्याकीले क्याप्रियोलाई ‘न्यायविद मात्र नभई सहानुभूतिका प्रतीक’ भन्दै प्रशंसा गर्नुभयो । उहाँले भन्नुभयो, “उहाँले हामीलाई जब न्याय मानवतासँग मिसिन्छ, तब असाधारण सम्भावनाहरू खुल्छन् भनेर देखाउनुभयो ।”

गभर्नरले न्यायाधीशको सम्झनामा राज्यको झण्डा आधा झुण्ड्याउने आदेश पनि दिनुभएको छ ।

उहाँको परिवारले भनेको छ, “उहाँलाई एक सम्मानित न्यायाधीश मात्र नभई मायालु पति, बुबा, हजुरबुबा र साथीका रूपमा पनि सधैँ सम्झिनेछौँ ।”