१५ भाद्र २०८३, सोमबार
,
Latest
बुद्धशान्ति गाउँपालिकाद्वारा उद्धार कोषमा रु ३२ लाख ५५ हजार सहयोग भोटेकोशी बाढीः सम्पर्कविहीनको खोज तथा उद्धार तीव्र भोटेकोशी बाढीः गोरखामा थप सात शव व्यवस्थापन सूचना दिने नाममा पीडितका आँखामा आँशु नथपौँ लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीहरूद्वारा पारिश्रमिकबाट बाढीपीडितलाई सहयोग वर्षाैँसम्म ठेक्का अलपत्र पार्ने प्रवृत्तिको अन्त्य गर्छाैँः मुख्यमन्त्री भट्ट प्रधानमन्त्री दैवी प्रकोप कोषमा सहयोग संकलन जारी बाढी प्रभावित क्षेत्रका अधिकांश स्थानमा विद्युत् र सञ्चार सेवा पुनःस्थापना बाढी प्रभावितको उद्धार र पुनर्स्थापनाका लागि सिप्रदी र भोटेकोशी पावरद्वारा ५ करोड १ लाख सहयोग जलविद्युत् आयोजनामा खोज तथा उद्धार जारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजनीतिक दलहरुभित्र विकृति, विसंगति फस्टायोः पूर्वराष्ट्रपति भण्डारी



अ+ अ-

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलहरुभित्र विकृति, विसंगति फस्टाएको बताउनुभएको छ ।

बिहीवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले राजनीतिमा रहेको विकृतिलाई समाधान गर्न राजनीतिक दलहरुले नसकेको बताउनु भयो । उहाँले सरकारले सुशासन प्रवद्र्धन गर्न नसकेको बताउँदै राजनीतिक दल अहिलेको प्रणालीअनुसार अघि बढ्न नसकेको बताउनु भयो ।

संसद अहिले निरीह थलो भएको बताउनु भयो । उहाँले कानूनहरु समयानुकुल कस्तो बनाउनुपर्ने भन्नेकुरामा ध्यानपूर्वक अध्ययन नै नभएको जिकिर गर्नुभयो । ठूला दलहरु आफैँले अहिलेको संविधानमा प्रश्न उठाएर संविधान संशोधन गर्ने सहमति गरेपनि संविधानमा के अभाव रह्यो, के आवश्यकता छ भनेर छलफल हुन नसकेको बताउनु भयो ।

पूर्वराष्ट्रपति भण्डारीले भन्नुभयो, ‘राजनीतिक दलहरुभित्र विकृति, विसंगति फस्टाएको छ । त्यो पनि फस्टाइरहेको छ । त्यसलाई समाधान गर्न सकिरहेका छैनन् । सुशासन प्रवद्र्धन गर्न सकिरहेका छैनन् । राजनीतिक दल एउटा प्रणालीमा जसरी जानुपर्ने हो, त्यो जान सकेको छैन । राज्यका संयन्त्रहरु पनि जुन प्रणालीमा सञ्चालन हुनुपर्ने हो त्यो हुन सकिरहेको छैन । अहिले संसदीय अभ्यासको कुरा गर्दा संसद नै एउटा निरिह थलो भएर बसिरहेको छ । कानूनहरु समयानुकुल कस्तो बनाउनुपर्ने भन्नेकुरामा ध्यानपूर्वक अध्ययन गरिरहेको छैन । ठूला दलहरु आफैँले अहिलेको संविधानमा प्रश्न उठाए । र संविधान संशोधन गर्नुपर्छ भनेर सहमति गरेका छन् तर पनि संविधानमा के अभाव रह्यो, के आवश्यकता छ भनेर छलफल हुन सकिरहेको छैन । कुनै व्यक्तिलाई केही आरोप लाग्यो आरोप लगोको छ, पुष्टि भएको छैन, उ बोल्न पाउँदैन, निलम्वित भइहाल्छ, के यही हो न्याय ? कसैले आरोप लगायो भन्दैमा जनप्रतिनिधिहरु निलम्वनमा परिहाल्ने व्यवस्था कस्तो लोकतन्त्र हो ? कुनै आरोप पुष्टि नहुन्जेलसम्म निलम्वनमा पार्नु राम्रो होइन ।’

पूर्वराष्ट्रपति भण्डारीले शिक्षा सम्बन्धी समस्या नेपालमा ठूलो समस्या रहेको बताउनु भयो ।