५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

अन्नपूर्णका पशुमा कृत्रिम गर्भाधान



अ+ अ-

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका किसानले पालेका गाईभैसीलाई ‘हिट सिङक्रोनाइजेशन’ (मौसमी कृत्रिम गर्भाधान) गराउन थालिएको छ ।

हिट सिङक्रोनाइजेशन पशुहरुको हिटलाई एउटै चक्र (समय)मा ल्याएर प्रजनन् प्रभावकारी र व्यवस्थित गर्ने आधुनिक प्रविधि हो । यस बिधि मार्फत् औषधिको प्रयोग गरेर एउटा समूहमा रहेका सबै आमा पशुहरुको हिट वा उत्सर्जन चक्रलाई एउटै समयमा ल्याइन्छ ।

अन्नपूर्ण गाउँपालिकाको पशु सेवा शाखाका नायव पशु सेवा प्राविधिक प्रकाश जिसीले वडा नम्बर ८ राम्चेका किसानले गरेको गाईमा गरिएको मौसमी कृत्रिम गर्भाधान सफल भएपछि पालिकाभर विस्तार गरिएको जानकारी दिनुभयो ।

“आर्थिक वर्ष २०८१/८२ मा ८, ६ र ५ नम्बर वडाका करिब ७० वटा गाईभैसीलाई यो बिधीबाट कृतिम गर्भाधान गराइएको छ,” उहाँले भन्नुभयो “आर्थिक वर्ष २०८२/८३ मा चार सय देखि पाँच सय गाईभैसीलाई हिट सिङक्रोनाइजेशन बिधीबाट गर्भाधान गराउने लक्ष्य छ ।”

चैत/बैशाखको समयमा पाडापाठी र बाच्छाबाच्छी जन्मने गरेर गाईभैसीमा कृतिम गर्भाधान गराइएको छ । मौसमी कृत्रिम गर्भाधानबाट एउटै समयमा जन्मिएका पाडापाडी, बाच्चाबाच्छीको पालन–पोषण, खोप र व्यवस्थापन गर्न सजिलो भएको छ ।

पशुको प्रजनन् दर बढ्ने, समय र श्रमको बचत हुने, दूग्ध र मासु उत्पादन नियमित र योजनावद्ध हुने भएकाले यो कार्यक्रमलाई प्राथमिकता र निरन्तरता दिएको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले बताउनुभयो ।

आर्थिक वर्ष २०८० /८१ रु दुई लाख बजेट रहेको यो कार्यक्रमका लागि २०८१ /८२ मा रु सात लाख बिनियोजन भएको थियो । २०८२ /८३ मा कृतिम गर्भाधान कार्यक्रमका लागि रु। पाँच लाख बिनियोजन भएको छ ।

म्याग्दीमा पहिलो पटक अन्नपूर्ण गाउँपालिकामा पशुमा मौसमी कृतिम गर्भाधान गराइएको हो । यसलाई गाउँपालिकाले सिर्जनशिल र नमुना काम भएको दावी गरेको छ । रासस