२० मंसिर २०८२, शनिबार
,
Latest
चितवनले पोखरालाई दियो १२१ रनको लक्ष्य दक्षिण अफ्रिकाको छात्रावासमा गोली चल्दा ११ जनाको मृत्यु दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता
तपाईं के खोज्दै हुनुहुन्छ ?

अन्नपूर्णका पशुमा कृत्रिम गर्भाधान



अ+ अ-

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका किसानले पालेका गाईभैसीलाई ‘हिट सिङक्रोनाइजेशन’ (मौसमी कृत्रिम गर्भाधान) गराउन थालिएको छ ।

हिट सिङक्रोनाइजेशन पशुहरुको हिटलाई एउटै चक्र (समय)मा ल्याएर प्रजनन् प्रभावकारी र व्यवस्थित गर्ने आधुनिक प्रविधि हो । यस बिधि मार्फत् औषधिको प्रयोग गरेर एउटा समूहमा रहेका सबै आमा पशुहरुको हिट वा उत्सर्जन चक्रलाई एउटै समयमा ल्याइन्छ ।

अन्नपूर्ण गाउँपालिकाको पशु सेवा शाखाका नायव पशु सेवा प्राविधिक प्रकाश जिसीले वडा नम्बर ८ राम्चेका किसानले गरेको गाईमा गरिएको मौसमी कृत्रिम गर्भाधान सफल भएपछि पालिकाभर विस्तार गरिएको जानकारी दिनुभयो ।

“आर्थिक वर्ष २०८१/८२ मा ८, ६ र ५ नम्बर वडाका करिब ७० वटा गाईभैसीलाई यो बिधीबाट कृतिम गर्भाधान गराइएको छ,” उहाँले भन्नुभयो “आर्थिक वर्ष २०८२/८३ मा चार सय देखि पाँच सय गाईभैसीलाई हिट सिङक्रोनाइजेशन बिधीबाट गर्भाधान गराउने लक्ष्य छ ।”

चैत/बैशाखको समयमा पाडापाठी र बाच्छाबाच्छी जन्मने गरेर गाईभैसीमा कृतिम गर्भाधान गराइएको छ । मौसमी कृत्रिम गर्भाधानबाट एउटै समयमा जन्मिएका पाडापाडी, बाच्चाबाच्छीको पालन–पोषण, खोप र व्यवस्थापन गर्न सजिलो भएको छ ।

पशुको प्रजनन् दर बढ्ने, समय र श्रमको बचत हुने, दूग्ध र मासु उत्पादन नियमित र योजनावद्ध हुने भएकाले यो कार्यक्रमलाई प्राथमिकता र निरन्तरता दिएको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले बताउनुभयो ।

आर्थिक वर्ष २०८० /८१ रु दुई लाख बजेट रहेको यो कार्यक्रमका लागि २०८१ /८२ मा रु सात लाख बिनियोजन भएको थियो । २०८२ /८३ मा कृतिम गर्भाधान कार्यक्रमका लागि रु। पाँच लाख बिनियोजन भएको छ ।

म्याग्दीमा पहिलो पटक अन्नपूर्ण गाउँपालिकामा पशुमा मौसमी कृतिम गर्भाधान गराइएको हो । यसलाई गाउँपालिकाले सिर्जनशिल र नमुना काम भएको दावी गरेको छ । रासस