४ असार २०८३, बिहीबार
,
Latest
मनसुनजन्य विपद्मा शून्य मानवीय क्षतिको लक्ष्यः गृहमन्त्री गुरुङ मनसुन विपद्का लागि सरकारको उच्च सतर्कता, हेलिकप्टरसहित सबै स्रोत परिचालन हुने आगामी सातादेखि मनसुन प्रतिकार्यमा जुट्नुपर्नेछः प्रमुख कोईराला रास्वपा महाधिवेशनका प्रतिनिधि टुंग्याउने तयारी तीव्र, नयाँ नेतृत्व चयनको प्रक्रिया सुरु कानुन निर्माणको प्राथमिकताबारे श्रममन्त्री यादवसँग मन्त्री गौतमको छलफल सभामुख अर्यालसँग संयुक्त अरब इमिरेट्सका राजदूतको शिष्टाचार भेट विद्युत् परियोजनामा पारदर्शिता बढाउन सूचनापाटी राख्न ऊर्जा मन्त्रीको सुझाव निकुञ्ज घुम्न आउने आन्तरिक पर्यटक बढे अधिकार सम्पन्न यातायात प्राधिकरण गठन नभएसम्म सुधार सम्भव छैन ई–पासपोर्ट खरिद प्रकरण: अनुसन्धानको लागि पूर्व परराष्ट्रमन्त्री आरजुलाई पत्र
तपाईं के खोज्दै हुनुहुन्छ ?

६ लाख नेपाली स्वदेश फर्किने



अ+ अ-

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण विश्वभर फैलिएसँगै त्यहाँ रहेका नेपालीहरुले स्वदेश फर्किने इच्छा देखाएका छन् । सरकारले त्यसलाई अध्ययन गरिरहेको भन्दै अहिलेसम्म करिव ६ लाख नेपाली स्वदेश फर्किने तयारीमा रहेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।

नेपालका दूतावासहरु, गैरआवासीय नेपाली संघ, लगायतका संयन्त्रहरुमार्फत संकलन गरिएको तथ्यांकअनुसार झण्डै ६ लाख स्वदेश फर्किन चाहेको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिएका छन् । सोमबार राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिको बैठकमा मन्त्री ज्ञवालीले सो जानकारी गराएका हुन् । उनले युएईले नेपाली फिर्ता पठाउनका लागि विमान ल्याउने अनुमति समेत माग गरेको बताए ।

‘भारतबाट २ लाख ५० हजार र भारत बाहेकका मुलुकबाट ३ लाख २३ हजार ५३० नेपाल फर्किन चाहिरहेको तथ्यांक संकलन भएको छ’, उनले भने । त्यसमध्ये पनि २ लाख १० हजार नेपालीलाई तत्काल स्वदेश ल्याउनुपर्ने देखिएको छ । मन्त्री ज्ञवालीले भारतले रेल संचालन गर्ने निर्णय गरेसँगै त्यसको गम्भिर असर नेपालमा पर्ने समेत स्पष्ट पारे । खुला सीमाका कारण अहिले पनि लुकिछिपी नेपालीहरु घर फर्किएका छन् । र, उनीहरुमा कोरोना संक्रमण पनि देखिएको छ ।