२० मंसिर २०८२, शनिबार
,
Latest
नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय
तपाईं के खोज्दै हुनुहुन्छ ?

फुसको छानो हटाउने कार्यक्रम: रकम रोकिँदा लेखर्कका विपन्न परिवार समस्यामा



अ+ अ-

भोजपुर । फुसको छानो हटाउने कार्यक्रमको दोस्रो किस्ता वापतको रकम नपाउँदा यहाँस्थित टेम्केमैयुङ–९ लेखर्काका स्थानीयवासी समस्या परेका छन् । सम्झौता पश्चात् पहिलो किस्ताको रकम पाएका स्थानीयले अझैसम्म दोस्रो किस्ता पाएका छैनन् ।

सघन शहरी कार्यालयमार्फत रुपैँया ७५ हजार पाउने गरी सम्झौता गरेर छानो फेरेको भएपनि हालसम्म पनि दोस्रो किस्ताको रकम नपाएपछि थप समस्या भएको स्थानीयवासी हर्कराज विश्वकर्माले जानकारी दिनुभयो । “सम्झौता गरेर ऋणकाँढेर गरेर जसोतसो छानो फेरियो” उहाँले भन्नुभयो‘तर हालसम्म दोस्रो किस्ता पाएका छैनौं । अहिले साहुले गर्दा घर नै छाड्नु पर्ने अवस्था छ । समयमा रकम पाए सहज हुने थियो । ” जस्ताको छानो लगाएको एक वर्ष बढी समय हुँदा पनि दोश्रो किस्ताको रकम नआउँदा समस्या रहेको स्थानीयवासी विश्वकर्माले गुनासो गर्नुभयो ।

सम्झौता अनुसार पहिलो किस्ता लिएपछि छानो फेरेका वडाका १२५ परिवारले हालसम्म दोस्रो किस्ता वापतको रकम नपाएको वडाध्यक्ष नभराज माङ्गपाहाङ्गले जानकारी दिनुभयो स्थानीयको समस्याको बारेमा आफूले मन्त्रालयसम्म पुगेर जानकारी गराएको भएपनि सुनुवाइ नभएको उहाँले बताउनुभयो । “सम्झौता पश्चात लाभग्राही सूचीमा परेकाहरू सबैले ऋणपान गरेर छानो फेरेका छन्” उहाँले भन्नुभयो,“दोस्रो किस्ता वापतको रकम नपाउँदा गरिब तथा विपन्न परिवार समस्या भोगिरहेका छन्। मन्त्रालयमा गएर पनि जानकारी गराएको छु, । तर सुनुवाइ भएको छैन ।

लाभग्राहीले पहिलो किस्ता वापत रुपैँया ४५ हजार पाएको भए पनि दोस्रो किस्ता वापतको रुपैँया ३५ हजार अझै नपाएको उहाँको भनाइ छ । रासस