७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar आज देशैभर कांग्रेसको पालिका अधिवेशन News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन

‘पचास वर्षपछि जग्गाधनी प्रमाण पुर्जा’

‘पचास वर्षपछि जग्गाधनी प्रमाण पुर्जा’
अ+ अ-

धुलिखेल । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–८ का ८३ वर्षीया जयकुमारी तामाङ आफूले खेती गर्दै आएको जग्गाको लालपुर्जा हातमा प्राप्त हुँदा निकै खुसी हुनुहुन्छ । यसअघि रसिदको भरमा जग्गा भोगचलन गर्दै आएको अवस्थामा ५० वर्षपछि बल्ल जग्गाधनी प्रमाणपुर्जा पाउँदा धेरै खुसी लागेको उहाँले सुनाउनुभयो ।

पहिलोपटक जग्गाधनी प्रमाणपुर्जा हात पर्दा वडा नं ८ का ८० वर्षीय कुलबहादुर श्रेष्ठको मुहारमा पनि हर्ष छाएको छ । विसं २०३२ मा भएको नापीका क्रममा तत्कालीन दुई गाउँपञ्चायतबीच सिमाना विवादका कारण नापजाँच रोकिएपछि उहाँ पुर्जा पाउनबाट वञ्चित हुनुहुन्थ्यो । त्यसको ५० वर्षपछि आफूलगायतले जग्गाधनी प्रमाणपुर्जा प्राप्त गरेको श्रेष्ठले बताउनुभयो ।

जग्गाको भोगलचन गर्दै आए पनि आवश्यक परेको बेलामा किनबेच, व्यापार–व्यवसाय र बैङ्किङ कारोबारका लागि कुनै पनि काममा प्रयोग गर्न नपाएर समस्या व्यहोर्दै आएकामा अब चाहेको काम गर्नका लागि बाटो खुलेको भन्दे उहाँ खुसी हुनुहुन्छ ।

वडा नं ७ फलाँटे पीपलटारका ८२ वर्षीय गोपिकृष्ण उप्रेतीले आफूले कमाई खाइपाइ गर्दै आएको भए पनि जग्गाधनीपुर्जा आफ्नो हातमा नहुँदा निकै निराश लाग्ने गरेकामा बल्ल पुर्जा हात परेपछि खुसी लागेको बताउनुभयो । उहाँले भन्नुभयो,“पुर्जा नपाउँदा कुनै कारोबार पनि गर्न पाइएन । काम गर्न सक्ने उमेर भएको बेला पुर्जा भएको भए भैँसीपालन गरेर धेरै आम्दानी गर्न सकिन्थ्यो, त्यो बेला पाइएन । ठिकै छ ढिलै भए पनि पुर्जा पाइयो खुसी छु ।”

साबिक फलाँटे गाउँपञ्चायत हालको भुम्लु गाउँपालिका–७ फलाँटेका ७८ वर्षीय तोरणबहादुर क्षेत्रीले आफूले जस्तै अब बाँकी सबै नागरिकले पनि छिट्टै पुर्जा पाएको हेर्ने रहर सुनाउनुभयो । उहाँका अनुसार तत्कालीन फलाँटे गाउँपञ्चायत र भुम्लुटार गाउँपञ्चायत गाभेर पीपलटार गाविस बनेको थियो । त्यही बेलामा ९२०३२ सालमा० नापी सुरु हुँदा सीमाको विषयलाई लिएर दुई पक्षबीच भएको विवादका कारण लामो समयसम्म पुर्जा पाउन सकिएन । “धेरै वर्षपछि जनप्रतिनिधिको सक्रियतामा पुर्जा पाउँदा निकै खुसी लागेको छ । अब बाँकी नागरिकले पनि चाँडै पुर्जा पाए गाउँभरि नै हर्ष हुन्थ्यो”, क्षेत्रीले भन्नुभयो ।

भुम्लु गाउँपालिका–७ बाट १७६ र वडा नं ८ बाट २०३ जनाले पहिलोपटक जग्गाधनी प्रमाण पुर्जा प्राप्त गरेका छन् । वडा नं ८ का वडाअध्यक्ष मोतिलाल तामाङले विगतमा विभिन्न समयमा प्रयास भए पनि विविध कारणले अगाडि नबढेको काम ०८१ सालदेखि सुरु भई हालै सम्पन्न भएको बताउनुभयो ।

गाउँपालिका अध्यक्ष प्रेमबहादुर भुजेलले आफूहरूको निकै महेनतका कारण आधा शताब्दीपछि बल्ल भुम्लुका वडा नं ७ र ८ का नागरिकले जग्गाधनी प्रमाण पुर्जा पाएको बताउनुभयो । “विसं २०३२ देखि पुर्जाविहीन नागरिकलाई ५० वर्षपछि पुर्जा उपलब्ध गराउन सफल भएका छौँ”, उहाँले भन्नुभयो, “यो दिन ल्याउनका लागि सबैको भूमिका उत्तिकै उल्लेखनीय रह्यो । सबैलाई धन्यावाद ।”

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव केदारनाथ शर्मा र नापी विभागका महानिर्देशक प्रकाश जोशीले तत्कालीन समयमा सीमा विवादका कारण रोकिएको काम सबैको साझा प्रयासबाट सफल भएको सुनाउनुभयो । अब बाँकी नागरिकलाई पनि चाँडै पुर्जा वितरण गरिने उहाँरूको भनाइ छ ।

हालसम्म भुम्लुबाट करिब एक हजार ५०० भन्दा बढी आवेदन परेकामा करिब ४०० जग्गाधनी प्रमाणपुर्जा बनिसकेको जनाइएको छ ।  यसका लागि नापी विभागबाट यहाँ नापी कार्यालय स्थापना गरी दुईवटा टोलीमार्फत भइरहेको छ । त्यसरी अगाडि बढेको कामले पूर्णता पाएसँगै मङ्गलबार नापी विभाग र भुम्लु गाउँपालिकाको संयुक्त आयोजनामा जग्गाधनी प्रमाणपुर्जा वितरण गरिएको हो ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीबाट त्यहाँका पुर्जाविहीन नागरिकलाई जग्गाधनी प्रमाणपुर्जा वितरण गरिएको हो । अब बाँकी काम निरन्तर जारी रहेको गाउँपालिकाले जनाएको छ । रासस